Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाई छठको धुमधाम होली
    समाचार

    कनकाई छठको धुमधाम होली

    ramBy ram२०७५ चैत्र ६, बुधबार १२:०० गते2 Mins Read

    सुरुङ्गा \ चाडपर्वहरु विकृतिका रुपमा नभएर संस्कृति र संस्कार निर्माण गर्ने पर्वका रुपमा मनाउँनु पर्ने भन्दै कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले होली पर्वलाई सम्पूर्ण नेपालीहरुको साझा पर्वका रुपमा मनाउँनु पर्ने वताएका छन् ।
    कनकाई उद्योग वाणिज्य संघको सभा हलमा कनकाई छठ सेवा समाजले आयोजना गरेको एक विशेष होली मिलन कार्यक्रमलाई सम्वोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी समेत रहेका नगर प्रमुख पोखरेलले आँफूभित्र रहेका नराम्रा भावना र विचारलाई त्यागेर होली मिलन कार्यक्रमले सवै जातजातीहरुमा एकता र सद्भाव कायम गर्न सफल बनोस् भन्ने शुभकामना दिएका छन् ।
    कार्यक्रमका विशिष्ट अतिथी झापा गाउँपालिकाका अध्यक्ष जयनारायण शाहले कार्यक्रमको आयोजक संस्था कनकाई छठसेवा समाजले समाजमा रहेका सवै जातजातीहरुलाई एकै स्थानमा राखेर भव्य रुपमा सम्पन्न गरेको होली मिलन कार्यक्रमले समाजमा सकारात्मक सन्देश दिएको वताएका छन् । चाडपर्व मनाउँने क्रममा खर्चिलो र तडक भडक नगरीकन आ–आफ्नो संस्कृतिको संरक्षणका लागि सवैले सहज वनाएर अघि बढ्नु पर्ने तर्फ झापा गाउँपालिकाका अध्यक्ष शाहले जोड दिएका छन् ।

        सामाजिक क्षेत्रमा विभिन्न गतिविधी गर्दै आएको कनकाई छठ सेवा समाजको एकताका कारण यस क्षेत्रका अन्य संघ संस्था साथै अग्रज व्यक्तित्वहरुसँगको सहकार्यमा छोटो समयमा समाजले पाँच कठ्ठा जमीन खरीद गरी सकेकोले अव चाँडै सूर्य भगवानको मन्दिर स्थापना गरी सुविधा सम्पन्न एक सामुदायिक भवन निर्माण गर्ने योजनालाई समेत अघि बढाएको समाजका संस्थापक अध्यक्ष उपेन्द्र प्रधानले वताएका छन् ।

        स्वास्थ्यकर्मी समेत रहेका समाजका अध्यक्ष सामाजिक व्यक्तित्व सुरेन्द्र प्रधानको सभापतित्व रहेको कार्यक्रममा यस क्षेत्रका विभिन्न संघ संस्था साथै राजनीतिक दलका प्रमुख तथा प्रतिनिधीहरुले एकआपसमा रातो रङ्को टिका लगाएर सद्भाव प्रकट गरेका थिए । कार्यक्रमका संयोजक समाजका पूर्व सचिव शम्भु शाहले औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा समाजका उपाध्यक्ष विजयकुमार शर्माले स्वागत मन्तव्य राखेका थिए ।

     कार्यक्रममा कनकाई नगरपालिकाकी उपप्रमुख मन्जु प्रसाई, नौवटै वडाका वडाअध्यक्षहरु, कार्यपालिका सदस्य साथै परिषद सदस्यहरु, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधीहरु, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधीहरु, संचारकर्मी, सुरक्षाकर्मी, उद्योगी व्यवसायीहरुको बाक्लो उपस्थिती रहेको थियो ।

       महासचिव राजकुमार शाहले संचालन गरेको कार्यक्रममा कनकाई ३ का वडाअध्यक्ष रुद्रप्रसाद चिमरीया, नेपाली कांग्रेसका नेता देउकुमार थेवे , भगीरथ पोद्धार साथै शिवसतासीका नगर सभापति परशुराम ढुङ्गाना, कनकाई सामुदायिक वनका अध्यक्ष ख्याम ओली, राप्रपा कनकाई नगरका अध्यक्ष ज्योतीकुमार उप्रेती, समाजका वरिष्ठ सल्लाहकार जगतनारायण मण्डल लगायतले शुभकामना मन्तव्य राखेको समाजका पूर्व अध्यक्ष चन्दन शाहले वताएका छन् ।

    कमेन्टस्

    Author

    • ram
      ram
      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते

    जन्मभूमिलाई प्रवासी झापालीको ठूलो सहयोग : अन्तर्राष्ट्रिय झापाली समाजद्वारा कनकाईलाई ३० लाखको स्वास्थ्य उपकरण हस्तान्तरण

    २०८३ भाद्र २९, सोमबार २१:२१ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.