Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » शिवसताक्षीमा दशौं नगरसभा, कृषि, शिक्षा र स्वास्थ्यमा जोड
    समाचार

    शिवसताक्षीमा दशौं नगरसभा, कृषि, शिक्षा र स्वास्थ्यमा जोड

    कनकाई खबरBy कनकाई खबर२०७९ असार १०, शुक्रबार १३:४४ गते3 Mins Read

    शिवसताक्षी / शिवसताक्षी नगरपालिकामा आ.व. २०७९ \ ०८० का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ ।

    नगरकार्यपालिकाले कार्यलयमा दशौं नगर सभाको उद्घाटन गर्दै आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गरिएको हो । नीति तथा कार्यक्रममा आगामी वर्षमा कृषि, शिक्षा, स्वास्थ्यलाई विशेष प्राथमिकतामा राखिएको छ। शिवसताक्षी नगरबासी कृषिमा पेशामा धेरै भएको पनि नगरले आगामी बजेटमा कृषिलाई विशेष ध्यान दिएको पाएको छ ।

    नगरको दुई स्थान शिवगञ्ज र झिलझिलेमा कृषि उपज संकलन, विक्री कक्षा तथा भण्डार केन्द्र निर्माण गरी सञ्चालनको लागि अनुदानको व्यवस्था गरिने नीति तथा कार्यक्रममा समेटिएको छ । आमा र माटोको सुधार, भान्सा नै औषधालय अन्तगत प्राङ्गारिक मलको प्रयोग, अग्र्यानिक खेतीलाई प्रोत्साहन र सहयोग गर्ने तथा बढी विषादी प्रयोग गर्नेलाई निरुसाहित गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । विदेशबाट फर्किएका व्यक्तिहरु तथा बेरोजगार यूवाहरुलाई कृषि तथा पशु उद्यम प्रति प्रोत्साहन गर्न बैंक तथा सहकारी संस्थाहरुबाट न्यून व्याजदरमा ऋण उपलब्ध गराउने व्यवस्था मिलाइने छ ।

    त्यस्तै सिंचित क्षेत्रको विस्तार गरी उत्पादन बृद्धि गर्ने उद्देश्यले साना सिचाई मोटर जडान कार्यक्रम सञ्चालन गरिने छ । त्यसैगरी शिक्षा क्षेत्रलाई पनि आगामी वर्षको लागि विशेष प्याकेजद्वारा विद्यालयको शैक्षिक सुधार गर्ने समेत नीति तथा कार्यक्रममा समेटिएको छ । गएको पाँच वर्षमा भन्दा केही फरक तरिकाले शिक्षाका लागि स्मार्ट विद्यालय कार्यक्रम लागु गर्दै वर्षेनी छनोट परेका विद्यालयहरुलाई शिक्षाको गुणस्तर र विद्यालयमा विद्यार्थीलाई पढ्ने वातावरणमा निर्माण गर्न शिवसताक्षीका नगरप्रमुख मेगाहाङ्ग थोप्राले जानकारी दिए ।

    त्यसका लागि नगरले नीति तथा कार्यक्रममा नै समेटिएको उनको भनाई थियो । नगरका सबै विद्यालयहरुलाई एकरुपता दिदै एउटै कलरको रंगरोगन गर्ने, विद्यालय पूर्वाधारलाई बाल मैत्री बनाइने, शिक्षण सिकाई प्रकृयालाई सूचना तथा संचार प्रविधिको उच्चम प्रयोग र प्रभावकारिता बनाइनलगायतका योनजाहरु नीति कार्यक्रममा समेटिएको नगरप्रमुख थोप्राको भनाई थियो ।

    नगरभित्रको स्वास्थ्य क्षेत्रको सुधार गर्दे नगरबासीका लागि शिवगञ्जमा १५ शैयाको आधारभुत अस्पतालनिर्माण कार्यलाई निरन्तरता दिई आगामी आर्थिक वर्षमा निर्माण कार्य सम्पन्नगरी सञ्चालनमा लाइने नीति तथा कार्यक्रम प्रस्तुतका क्रममा नगर उपप्रमुख नरमाया कार्कीले बताइन् ।

    दीर्घ रोगबाट पीडित भएका नगरबासीका लागि क्यान्सर, मुटु, मृगौला रोगीहरुलाई उपचारमा सहयोग मासिक ५ हजारका दरले उपलब्ध गराउने, सबै बालबालिकाको लागि खोपको सुनिश्चितता भई नगरलाई पूर्ण खोप सुचिश्चितताको रुपमा घोषणा गरिने नगर उपप्रमुख कार्कीको भनाई थियो । आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत भइसकेपछि वडाध्यक्ष तथा वडा सदस्यहरुले केही बुँदाहरु परिमार्जित गर्नु पर्नै सुझाब राखेका थिए । उक्त सुझावहरुलाई छलफलमा ल्याएर चाँडै पुर्ण बजेट सँगै प्रस्तुत गर्ने नगर प्रमुख थोप्राले जानकारी दिए।

    नीति तथा कार्यक्रममा समेटिएका कतिपय बुँदाहरुलाई परिमार्जन कानुनी आधार नरहेको भन्दै कार्यक्रम अधिकृत प्रकाश चौधरी र लेखा अधिकृत प्रकाश योङहाङले कानूनी आधारका बारेमा प्रष्ट्याएका थिए ।

    भोलीबाट प्रस्तुत नीति तथा कार्यक्रम माथि छलफल हुने नगरपालिकाले जनाएको छ भने, आगामी १६ गते मात्र पूर्ण बजेट प्रस्तुत हुने नगरपालिकाले जनाएको छ । नगरसभाको सञ्चालन प्रमुख प्रशासकीय अधिकृत इन्द्रबहादुर राइले गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.