Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाईमा कृषि तथा पशुपक्षी कार्यक्रमलाई प्राथमिक्ता दिँदै ७३ करोड ८५ लाखको बजेट प्रस्तुत
    आर्थिक

    कनकाईमा कृषि तथा पशुपक्षी कार्यक्रमलाई प्राथमिक्ता दिँदै ७३ करोड ८५ लाखको बजेट प्रस्तुत

    कनकाई खबरBy कनकाई खबर२०७९ असार १०, शुक्रबार १३:१२ गते3 Mins Read

    कनकाई खबर / झापाको कनकाई नगरपालिकाले आ.व.२०७९ \ ८० का लागि चालु तथा पुँजीगत तर्फ कुल ७३ करोड ८५ लाख ६१ हजार ४ सय २० बराबरको सीमा भित्र रही वार्षिक बजेट प्रस्तुत गरेको छ ।


    कनकाई नगरपालिकाको बजेट तथा निती कार्यक्रम तर्जुमा समिति संयोजक समेत रहनुभएकी उपप्रमुख आशा शिवाकोटीले कनकाईको एघारौं नगर सभाको बैठकमा आ.व.२०७९÷८० कालागि पेश भएको वार्षिक बजेट सार्वजनिक गर्नुभएको हो । बजेट सार्वजनिक गर्दै नगर उपप्रमुख शिवाकोटीले कनकाईका नौ वटै वडाबाट छनौट हुने वडास्तरीय विभिन्न योजना तथा कार्यक्रमकालागि वडाको भौगोलिक तथा जनसंख्याको आधारमा बाँडफाँड हुने गरी जम्मा रु.९ करोड, ६ लाख, १३ हजार खर्च गर्नकालागि बजेट बिनियोजन गरेको बताइएको छ ।


    नगरपालिका, संघीय तथा प्रदेश सरकारको स्रोत र राजस्व बाँडफाँडबाट प्राप्त हुने रकम, वित्तीय समानीकरण अनुदान, समपूरक तथा स—शर्तमा उल्लेखीत कार्यक्रमका आधारमा तयार भएको बजेट कनकाई नगरपालिकाकी उपप्रमुख शिवाकोटीले प्रस्तुत गर्नुभएको हो ।


    बजेटमा संघिय सरकारबाट प्राप्त हुने १५ करोड ९ लाख रुपैँया अनुदान रकम, प्रदेश एक सरकारबाट प्राप्त अनुदान रकम ८२ लाख ९९ हजार, प्रदेश सरकारबाट प्राप्त मालपोतको राजस्व बाँडफाडबाट प्राप्त हुने १० करोड ३ लाख रकम, प्रदेश सरकारको सवारी कर र घरजग्गा रजिष्ट्रेशन बापत प्राप्त हुने २ करोड ९८ हजार, नगरपालिकाबाट प्राप्त आन्तरिक आयबाट प्राप्त हुने ८ करोड १५ लाख ३० हजार रकमलाई बिभिन्न शीर्षकमा बिनियोजन गरिएको नगर उपप्रमुख शिवाकोटीेले बताउँनुभयो ।


    कृषि तथा पशुपक्षी कार्यक्रमलाई प्राथमिक्तामा राखेको कनकाईले २ करोड २५ लाख रकम कृषि तथा पशुपक्षी कार्यक्रमकालागि बिनियोजन गरेको छ । यसैगरि शिक्षामा २ करोड ५ लाख, स्वास्थ्यमा १ करोड ५० लाख, खानेपानी र सरसफाईमा ५० लाख, वन वातवरण, सस्कृति तथा पर्यटनमा ३० लाख, खेलकुदमा ३५ लाख, महिला वालवालिका तथा लक्षित बर्ग र संस्थागत सहयोगमा २ करोड २२ लाख, विद्युत विस्तारमा ३५ लाख लगायत रहेको छ ।

    बजेटले कृषि तथा पशुपालन क्षेत्रको रुपान्तरणकालागि समयअनुकुल प्रविधिको प्रयोग बढाएर आधुनिकीकरण, विशिष्टिकरण तथा व्यवासायीकरण तर्फ प्राथमिक्ता दिएको पाइन्छ । स्वास्थ्य र शिक्षाको गुणस्तर वृद्धि, गरीव—भूमिहीन तथा अशक्तमैत्री कार्यक्रमहरु संचालन गर्दै अघि बढ्नु बजेटको प्राथमिक्ता रहेको बताइएको छ । आर्थिक तथा सामाजिक क्षेत्रमा समानुपातिक विकास साथै भौतिक पूर्वाधारको निर्माण तथा स्तर उन्नतीकालागि बजेटले प्राथमिक्ता दिएको छ । संस्थागत क्षमता विकास, सेवा प्रभावमा प्रभावकारीता साथै सुशासनमा अभिवृद्धिकालागि बजेटले प्राथमिक्ता दिएको पाइन्छ । त्यसैगरी लक्षित तथा विपन्न वर्गको सशक्तिकरण ,सुरक्षित आवास साथै क्षमता विकासका कार्यहरु समेत बजेटको प्राथमिक्तामा परेको बताइएको छ ।


    बजेटको प्राथमिक्तामा पर्यटकीय गन्तव्यहरुको उजागर गरी आर्थिक विकास साथै विपद् व्यवस्थापन तथा वातावरण संरक्षण समेत रहेको छ । कनकाईमा औधोगीकरण तथा युवा रोजगारीको अवसरमा वृद्धि गर्ने साथै उज्यालो हरित नगरी निर्माणलाई प्राथमिक्तामा राखेको बताइएको छ । त्यस्तै मजदुर मैत्री एवम् वालमैत्री सुन्दर नगर निर्माण गर्ने कार्यलाई बजेटले प्राथमिक्तामा राखेको कनकाई नगरपालिकाकी उपप्रमुख शिवाकोटीले बताउँनुभएको छ ।

    कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलको सभापतित्व एवम् नगर सभाका सदस्यहरु , कनकाई नगरपालिकाकी निवर्तमान उपप्रमुख मन्जु प्रसाईसहितको सहभागिता रहेको कार्यक्रमको कनकाईका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद न्यौपानेले सहजीकरण गर्नुभएको थियो ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.