Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    द भ्वाइस अफ किड्स- को सेमीफाइनलमा कनकाईका सत्कार,आज बेलुका ८ः२५ बजेसम्म भोटिङ खुल्ला

    २०८३ श्रावण २२, शुक्रबार १५:१८ गते

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » प्रजापति सामुदायिक वनले कृषकलाई निशुल्क हलो वितरण
    आर्थिक

    प्रजापति सामुदायिक वनले कृषकलाई निशुल्क हलो वितरण

    कनकाई खबरBy कनकाई खबर२०७९ असार ८, बुधबार १७:११ गते2 Mins Read

    कनकाई खबर \ झापाको कनकाई—१ स्थित प्रजापति सामुदायिक वन समूहले आफ्ना उपभोक्ता कृषकहरुलाई हलो वितरण गरेको छ ।


    करीव ७ सय घरधुरी भएको वन समूहले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत २९ जना कृषकहरुलाई एक कार्यक्रमका विच हलो वितरण गरेको समूहका कार्यवाहक अध्यक्ष दलबहादुर विश्वकर्माले बताए । हलो वितरण लगायत कृषकहरुकालागि थप नयाँ कार्यक्रमका साथ आगामी वर्षमा समेत निरन्तरता दिँदै जाने कार्यवाहक अध्यक्ष विश्वकर्माले जानकारी दिए ।

    कृषि पेशामा कृषकहरुको आकर्षण बढाउँदै परम्परागत खेती प्रणालीमा प्रोत्साहन गर्ने उद्येश्यका साथ वन समूको टोलीले विशेष अनुगमन गरी घरमा जोत्ने राँगा÷गोरु भएका कृषकहरुलाई तयारी हलो निशुल्क वितरण गरेको बताइएको छ ।


    वन समूहका उपभोक्ता कृषकहरुलाई कार्यक्रमका प्रमुख अतिथीका रुपमा रहेका कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले हलो वितरण गरेका हुन् । हलो वितरण गर्दै नगरप्रमुख पोखरेलले कृषि कर्ममा हलो र गोरुको प्रयोग हुँदा ईन्धनको खपत कम हुनेभएपछि राष्ट्रिय पुँजीको संरक्षण गर्दै देशको व्यापार घाटा थोरै भएपनि न्युनीकरण गर्न सामुदायिक वन समूहले खेलेको भूमिकाप्रति खुशी व्यक्त गर्नुभएको छ । नगर प्रमुख पोखरेलले सामुदायिक वन समूहसँग साझेदारीमा विभिन्न कार्यक्रम संचालन गर्दै आएको भएपनि आगामी दिनमा समेत साझेदारीका कार्यक्रमलाई निरन्तरता दिँदै जाने बताए ।

    कृषि क्षेत्रमा वढदो यान्त्रिकरण भएपनि प्रजापति सामुदायिक वन समूहको उपभोक्ता विचमा भने परम्परागत रुपमा राँगा गोरुबाट समेत कृषि कार्य गर्ने परम्परा यथावत रहेको सोही वन समूहका निर्वाचित अध्यक्ष एवम् हाल कनकाई १ का वडाअध्यक्ष सुशिलकुमार पोखरेल बताउँछन् । पछिल्लो समय ईन्धनको वढ्दो मुल्यका कारण समेत कृषकहरु राँगा गोरुबाटै जोतेर खेती गर्ने क्रम बढेर गएपछि वन समूहले आफ्ना उपभोक्ता कृषकलाई हलो वितरणको कार्यक्रम ल्याएको बताइएको छ ।

    वन समूहका कार्यवाहक अध्यक्ष दलबहादुर विश्वकर्माको सभापतित्व एवम् सचिव गोमा खबास अधिकारीले संचालन गरेको हलो वितरण कार्यक्रममा वन समूहका सल्लाहकार शिक्षासेवी ताराकुमार खनाल, कृषक भवानीशंकर ढकाल, प्रजापति सामाजिक युवा क्लवका अध्यक्ष किरण सुवेदी लगायतले वन समूहले कृषकलाई लक्षित गरेर ल्याएको कार्यक्रमबाट कृषिमा निर्भर भएका कृषकहरुमा उत्प्रेरणा जागेको बताए । हलोका साथै वन समूहले कृषकहरुकालागि आगामी दिनमा जुवाको पनि व्यवस्था गर्नु पर्नेमा जोड दिइएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    द भ्वाइस अफ किड्स- को सेमीफाइनलमा कनकाईका सत्कार,आज बेलुका ८ः२५ बजेसम्म भोटिङ खुल्ला

    २०८३ श्रावण २२, शुक्रबार १५:१८ गते

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    द भ्वाइस अफ किड्स- को सेमीफाइनलमा कनकाईका सत्कार,आज बेलुका ८ः२५ बजेसम्म भोटिङ खुल्ला

    २०८३ श्रावण २२, शुक्रबार १५:१८ गते

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.