कनकाई खबर / झापाको दमकमा प्रधान कार्यालय रहेको मेची बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले कनकाई माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत साक्षी विश्वकर्माको अभिभावकत्व ग्रहण गरेको छ ।
सहकारीले विश्वकर्मालाई कक्षा १२ सम्म अध्ययन गराउने जिम्मा लिदै अभिभावकत्व ग्रहण गरेको हो । एक कार्यक्रमका बीच संस्थाको कनकाई सेवा केन्द्रले विश्वकर्मालाई पाठ्य पुस्तक लगायत शैक्षिक सामाग्रीको ब्याग हस्तान्तरण गर्दै अभिभावकत्व ग्रहण गरेको छ । संस्थाले हालसम्म सहकारी सदस्यका छोराछोरीहरुमध्येबाट आर्थिक अवस्था कमजोर भएका विपन्न परीवारका झापा र मोरङ्ग गरी २४ जना छात्र छात्राहरुलाई अभिभावकत्व ग्रहण गरी पढाईरहेको बनताइएको छ ।
यसका साथै बालबचत कर्ता वालवालिकाहरुको चौतर्फी विकासकालागि हरेक वर्ष वादविवाद, चित्रकला, कविता, निबन्ध लेखन, हाजिरी जवाफ जस्ता कार्यक्रमहरु प्रतियोगितात्मक रुपमा आयोजना गर्ने, बाल शैक्षिक भ्रमणहरु आयोजना गर्ने जस्ता गतिविधी गर्ने गरेको कनकाई सेवा केन्द्रका प्रमुख चिरञ्जिवी संग्रौलाले जानकारी दिए ।