Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » वाल विकास शिक्षक तथा कर्मचारीले कनकाई नगरपालिकामा बुझाए ९ बुँदे ज्ञापन पत्र
    शिक्षा

    वाल विकास शिक्षक तथा कर्मचारीले कनकाई नगरपालिकामा बुझाए ९ बुँदे ज्ञापन पत्र

    कनकाई खबरBy कनकाई खबर२०७९ असार ८, बुधबार ०८:३१ गते3 Mins Read

    कनकाई खबर / झापाको कनकाई नगर क्षेत्रका सामुदायिक विद्यालयमा कार्यरत वाल विकास शिक्षक तथा कर्मचारीहरुले आफ्ना विभिन्न माग राख्दै कनकाई नगरपालिकामा नौ बुँदे ज्ञापन पत्र बुझाएका छन् ।


    नेपाल वालविकास शिक्षक कनकाईका अध्यक्ष टिकामाया गिरी साथै विद्यालय कर्मचारी परिषदका अध्यक्ष तीर्थराज ढुङ्गानाको संयुक्त हस्ताक्षर रहेको ज्ञापन पत्र कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेल र उपप्रमुख आशा शिवाकोटीलाई बmुझाइएको हो । न्युन वेतनमा काम गरिरहेका शिक्षक तथा कर्मचारीहरुले यस अघिदेखि नै आफ्ना सेवा सुविधाकालागि संघीय सरकारसँग समेत निरन्तर संघर्ष गरीरहेको बताइएको छ ।

    निरन्तर रुपमा सरकारको ध्यान केन्द्रित गरिरहेको भएता पनि अन्य सबै सेवाका कर्मचारीको तलवभत्ता वृद्धि हुँदा वालविकासका शिक्षक तथा कर्मचारीका विषयमा सरकार मौन रहेको भन्दै स्थानीय सरकार समक्ष ज्ञापन पत्र बुझाइएको वालविकास शिक्षक कनकाई नगर अध्यक्ष टिकामाया गिरीले बताएकी छन् । हाल सम्म खाईपाई आएको सेवा सुविधालाई मध्यनजर गर्दा वर्तमान अवस्थाको महङ्गीका कारण दैनिक जीवन कष्टकर बन्दै गएकाले स्थानीय सरकारबाट यसको सम्बोधन हुनु पर्ने भन्दै ज्ञापन पत्र बुझाइएको बताइएको छ ।


    ज्ञापन पत्रमा शिक्षाकालागि न्युनतम २० प्रतिशत बजेट व्यवस्थापन गर्नुपर्ने, विद्यालय कर्मचारी तथा वालविकास शिक्षकहरुका समस्यालाई प्रदेश तथा संघीय सरकार समक्ष आवश्यक पहल गरिदिनुपर्ने माग राखिएका छन् । त्यस्तै लेखापालको हकमा लेखा सहायक पाँचौं तह सरहको सेवासुविधा, वालविकास शिक्षकको सवालमा प्रावि शिक्षक सरह तथा कार्यालय सहयोगीको सवालमा निजामती कार्यालय सहयोगी सरह तलव भत्ताको व्यवस्थाकालागि माग गरिएको छ । त्यस्तै कर्मचारी संचयकोष तथा विमाको व्यवस्था, अवकास प्राप्त वालविकास शिक्षक तथा कर्मचारीकालागि न्यायोचित उपदानको व्यवस्था गरिनु पर्ने माग राखिएको छ । त्यस्तै दरबन्दी कायम गरी सामान्य प्रक्रियाबाट स्थायीको प्रक्रिया अघि बढाउँनु पर्ने, नगरपालिकाका कर्मचारी सरहको सेवा सुविधा उपलव्ध गराउँनु पर्ने रहेका छन् । त्यस्तै प्रविधिमैत्री शिक्षण सिकाईलाई प्रभावकारी बनाउँनु पर्ने साथै कनकाईको शैक्षिक लक्ष्य प्राप्तीकालागि समयानुकुल व्यवस्था मिलाउँन ज्ञापन पत्र मार्फत स्थानीय सरकारलाई अनुरोध गरिएको वालविकास शिक्षक झापाकी उपाध्यक्ष लक्ष्मी नेपालले जानकारी दिएकी छन् ।


    वालविकास तर्फका शिक्षक तथा कर्मचारीहरुको ब्यापक उपस्थिती रहेको कार्यक्रममा ज्ञापन पत्र ग्रहण गर्दै कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले वालविकास तर्फका शिक्षक तथा कर्मचारीहरुकालागि स्थानीय सरकारको स्रोत तथा साधनले भ्याए सम्म सहयोग गरिरहेको र आउँदा दिनमा समेत आवश्यक्ता अनुसार गर्दै जाने बताएका छन् । स्थानीय सरकारले सवै वर्ग, समुदाय र क्षेत्रलाई सन्तुलित रुपमा बजेटको व्यवस्थापन गर्नु पर्ने भएकाले कनकाईलाई शिक्षाको हब बनाउँने अभियानको योजना अनुरुप केही प्राथमिक्तामा भने अवश्य रहेको कनकाई नगरपालिकाका प्रमुख पोखरेलले प्रष्ट पारेका छन् ।

    कनकाई नगरपालिकाकी उपप्रमुख आशा शिवाकोटीले आफ्नो जिम्मेवारीमा कर्तव्यनिष्ठ भएर अघि बढ्न सहभागी सबैलाई अनुरोध गर्दै कनकाईको शैक्षिक स्तर वृद्धिकालागि नगरपालिका समेत गम्भिर भएको बताएकी छन् । वालविकास तर्फका विद्यालय कर्मचारी परिषद कनकाईका अध्यक्ष तीर्थराज ढुङ्गानाको सभापतित्व रहेको कार्यक्रममा नेपाल शिक्षक संगठन कनकाईका अध्यक्ष गोपीकृष्ण भट्टराई, शिक्षक महासंघ कनकाईकी अध्यक्ष सारदा पाठक, शिक्षा शाखा कनकाईका प्रमुख पिताम्बर गौतम, विद्यालय कर्मचारी संघ झापाका अध्यक्ष चन्द्रप्रसाद प्रसाईँ, शिक्षक तपन मण्डल लगायतले सम्बोधन गरेको कार्यक्रममा शिक्षिका रीता निरौलाले स्वागत मन्तव्यसहितको कविता वाचन गरेकी थिइन । कार्यक्रमको संचालन वालविकास शिक्षक कनकाई नगर अध्यक्ष टिकामाया गिरीले गरेकी थिइन् ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.