Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » विपी र पुष्पलालको सालिक एकै ठाउँमा
    समाचार

    विपी र पुष्पलालको सालिक एकै ठाउँमा

    कनकाई खबरBy कनकाई खबर२०७९ असार ७, मंगलवार १५:२६ गते2 Mins Read

    मेचीनगर \ काँकरभिट्टास्थित विपी पुष्पलाल बाटिका परिसरमा नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठ र नेपालका प्रथम जन निर्वाचित प्रधानमन्त्री तथा नेपाली र हिन्दी भाषाका साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाको पूर्ण कदको सालिक र गेट स्थापना भएपछि आन्तरिक पर्यटकको चहलपहल बढेको छ ।

    विपी पुष्पलाल बाटिक सहिद स्मृति प्रतिष्ठानले विपी पुष्पलाल वाटिका परिसरमा विपी पुष्पलाल बाटिका सहिद स्मृति प्रतिष्ठानले प्रवेशद्वार र परिसरमा गेट तथा दुईजना नेताको सालिक एकै ठाउँमा निर्माण गरेको छ ।

    मेचीनगरको प्रमुख व्यपारिक काँकरभिट्टामा रहेको विपी पुष्पलाल वाटिका परिसरमा प्रदेश, स्थानीय र वडा सरकारले समन्वय गर्दै आकर्षक वाटिका निर्माण गरेपछि गुलजार बनेको हो । वाटिकाको संरक्षण गर्दै पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न १ नम्बर प्रदेश, मेचीनगर नगरपालिका र मेचीनगर ६ नम्बर वडा कार्यालयको करीव ६८ लाख रुपैयाँ लागतमा वाटिकाभित्र विभिन्न प्रकारका संरचना, बगैंजा, बस्ने स्थानसहित दुईजना नेताको पूर्णकदको सालिक निर्माण गरेको प्रतिष्ठानका सचिव नरेन्द्रप्रकाश सिटौलाको भनाई छ ।

    प्रतिष्ठान परिसरमा विभिन्न प्रकारका पंक्षीहरु समेत छन् । ती पंक्षीले समेत आन्तरिक पर्यटकको मन लोभ्याउने तथा काँकरभिट्टाहुँदै पश्चिम नेपालका विभिन्न स्थानसम्म जाने यात्रुहरु समय विताउन पनि दिनभरजसो यहि वाटिका आउने र घुम्ने गरेको सचिव सिटौलाको भनाई छ । विक्रम सम्वत १९७१ साल भाद्र २४ गते जन्मिनु भएका विश्वेश्वरप्रसाद कोइराला को निधन २०३९ साउन ६ गते भएको थियो । यसैगरी पुष्पलालको जन्म विक्रम सम्वत १९८१ असार १५ गते भएको थियो । पुष्पलालको निधन ७ साउन २०३५ सालमा भारतमै भयो ।

    मेचीनगर नगरपालिका वडानम्बर ६ को कार्यालयसँग रहेको वाटिका परिसरमा थप अन्य संरचना बन्न थालेपछि आन्तरिक पर्यटकको चाप ह्वात्तै बढेको प्रतिष्ठानका सचिवको भनाई छ । पहिले हिँड्न डर लाग्ने यो क्षेत्रमा अहिले सार्वजनिक बिदाका दिन दुईदेखि तीन सय र अन्य बेला सयको हाराहारीमा आगन्तुक देखिन थालेको प्रतिष्ठानले जनाएको छ । रौनक बढेसँगै नजिकै रहेका होटल र चियापसल व्यवसाय सञ्चालनमा आउन थालेको प्रतिष्ठानले जनाएको छ । वाटिका क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न मेचीनगर नगरपालिकाले योजना अगाडि बढाएको नगरपालिकाले जनाएको छ ।

    धेरै वर्षअघिदेखि उजाड डाँडोमा वृक्षारोपण गरी विपी पुष्पलाल शहीद स्मृति बाटिका नामाकरण गरिएको थियो । उक्त वाटिकामा पुष्पलाल श्रेष्ठ र बीपी कोइरालाको प्रतिमा निर्माण गर्ने योजना रहेको थियो । ढिलै भए पनि योजना सफल भएको छ । अब केहि दिनमा वाटिका परिसरमा निर्माण गरिएको प्रतिमाहरुको अनावरण हुदैंछ । सालिक र सालिक राख्ने फाउण्डेसनमा मात्र १४ लाख रुपैयाँ वढि खर्च भएको सचिव सिटौला बताउँछन् । ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.