Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » चेम्बर अफ कमर्श झापा गाउँपालिकाको अध्यक्षमा अग्रवाल
    समाचार

    चेम्बर अफ कमर्श झापा गाउँपालिकाको अध्यक्षमा अग्रवाल

    कनकाई खबरBy कनकाई खबर२०७९ असार ५, आईतवार ०८:३४ गते2 Mins Read

    झापा गाउँपालिका \ झापा गाउँपालिकाका व्यवसायीयहरुको अग्रसरतामा चेम्बर अफ कमर्श झापा गाउँपालिका समिति गठन भएको छ । झापा गाउँपालिकाको झापा बजारमा शनिबार भएको व्यवसायीहरुको आम भेलाबाट समिति गठन गरिएको हो ।

    अग्रज व्यवसायी राजेन्द्रप्रसाद अग्रवाल (राजु)को अध्यक्षतामा झापा गाउँपालिका स्तरीय चेम्बर अफ कमर्श सर्वसम्मत रुपमा समिति गठन गरिएको हो । समितिको उपाध्यक्षमा लक्ष्मी गणेश र सचित्र वर्मन, सचिवमा मोहन मिश्र, सहसचिवमा पशुपति गणेश र कोषाध्यक्ष विकास अग्रवाल चुनिएका छन् । चेम्बर अफ कमर्श झापा गाउँपालिका समितिका सदस्यहरुमा दिलिप सिंह राजपुत, भरत राजवंशी, निर्मला खड्का, बसन्ती गणेश, मदन ओली, चन्द्रदेव यादव, बिष्णुप्रसाद गनगाईं, छत्र पाण्डे र केशव खत्री रहेका छन् ।

    नेपाल चेम्बर अफ कमर्शका केन्द्रीय सदस्य तथा चेम्बर अफ कमर्श झापाका अध्यक्ष ओमकृष्ण बिमलीको प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथि बिमलीले चेम्बरमा आवद्ध व्यवसायीहरुलाई शुभकामना दिँदै आवश्यक सहयोग र समन्वयका निम्ति केन्द्रीय समिति तयार रहेको प्रतिबद्धता व्यक्त गरेका थिए ।

    यस्तै, चेम्बर अफ कमर्श प्रदेश १ का उपाध्यक्ष सन्तोषकुमार अग्रवालले स्थानीय तहहरुमा चेम्बर गठन गर्नुको आवश्यकताबारे प्रकाश पारेका थिए । अर्का वक्ता कन्काई चेम्बर अफ कमर्शका अध्यक्ष मिनाल तिम्सिनाले भौगोलिक हिसाबमा मात्र नभई कार्यगत रुपमै व्यवसायीका हकहितका निम्ति कनकाई चेम्बर र झापा गाउँपालिका चेम्बर सगैँ अगाडि बढ्ने विश्वास दिलाए ।

    नवगठित झापा चेम्बरका अध्यक्ष अग्रवालले आफू व्यवसायीका पक्षमा अडिग रहेको र स्थानीय सरकारले बनाउने नीति निमार्णमा व्यवसायीका मुद्दा सम्बोधन गराउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

    पालिका स्तरीय चेम्बर गठन कार्यक्रमको सञ्चालन तथा सहजीकरण चेम्बर अफ कमर्श झापाका सचिव बिरोध सुबेदीले गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.