Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » ‘ एसपीपी सम्झौताले जनताको हित गर्दैन ’ : स्थायी कमिटी सदस्य खरेल
    राजनीति

    ‘ एसपीपी सम्झौताले जनताको हित गर्दैन ’ : स्थायी कमिटी सदस्य खरेल

    कनकाई खबरBy कनकाई खबर२०७९ असार ३, शुक्रबार ०६:०४ गते2 Mins Read

    बिर्तामोड \ नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् झापा इञ्चार्ज अग्नि खरेलले ओली नेतृत्वको सरकारले एसपीपी सम्बन्धमा २०१९ मा कार्यदल नै बनाएको जानकारी गराउँदै कुटनीतिक दृष्टिले कार्यदल बनाउनु भनेकै अस्वीकार गर्नु हो भन्ने प्रष्ट्याएका छन् ।

    एमाले नेता खरेलले विर्तामोडमा पत्रकारहरुसँग कुराकानी गर्दै भनेका छन् ‘एसपीपी एमालेले अस्वीकार गरेको विषय हो, यस्तो सम्झौताले जनताको हित नगर्ने भएकाले यसलाई सम्झौता नगर्न’ सरकारको ध्यानाकर्षण गराउँछु ।

    एसपीपी सम्झौता राष्ट्रघाती हुने प्रष्ट पार्दै उनले गठबन्धन सरकारले आफूमाथिको दोष एमालेमाथि खन्याउने दुस्प्रयास गरेको पनि बताएका छन् । असंलग्न परराष्ट्र नीति र अन्तराष्ट्रिय सम्बन्धलाई नै तलमाथि हुने गरी सम्झौता तयारी गरेको गठबन्धन सरकारले राष्ट्रलाई कमजोर बनाउने खेल शुरु गरेको उनको आरोप छ ।

    पूर्व कानुनमन्त्री तथा पूर्व महान्यायाधिवक्तासमेत रहेका एमाले खरेलले प्रधानमन्त्री देउवाले स्पष्ट रुपमा जनतालाई एसपीपी सम्झौता गर्दिन भन्नुपर्छ । प्रधानमन्त्री अमेरिका जानुअघि जनताका सामु आश्वस्त हुने गरी प्रतिवद्धता गरेर मात्रै देश छोड्दा उनको भलो हुने खरेलको धारणा छ ।

    आम जनताले अस्वीकार गरिरहेको विषयलाई सरकारले गम्भीर रुपमा लिई अघि बढ्नुपर्ने खरेलको सूझाव छ । सोही क्रममा उनले संघीय सरकारले प्रदेश १ मा बजेट कटौती गरेर विकास नै अवरुद्ध गरेको बताएका छन् । उनले प्रदेश १ मा गठबन्धनका नेता, प्रतिनिधिसभा सदस्यहरु समेत रहेको संकेत गर्दै भने- ‘यहाँ एमाले मात्र होइन, सबै नेता कार्यकर्ता, सर्वसाधारण जनता रहेको हेक्का रहोस् । प्रदेश १ प्रति बक्रदृष्टि राख्नुपर्ने जरुरी छैन ।’

    अर्थमन्त्री जनार्दन शर्माप्रति टिप्पणी गर्दै करको दर घटबढमा आर्थिक अपराध गरेको दावी गरे । यसबारे अझै जनताले जवाफ खोजिरहेको भन्दै प्रधानमन्त्री र अर्थमन्त्रीले जवाफ दिनुपर्ने नेता खरेलको माग छ ।

    यस्तै, स्थानीय तह निर्वाचनमा झापा जिल्लाले प्राप्त गरेको परिणाम सन्तोषजनक रहेको उनको प्रतिक्रिया छ । ‘गठबन्धन र महागठबन्धनका बीच प्राप्त गरेको परिणाम एमालेका लागि सन्तोषजनक छ’ खरेलले भने- ‘गठबन्धन नभएको भए झापामा एमालेले १२ भन्दा बढी पालिकामा प्रमुख/उपप्रमुख जित्ने थियो ।’

    दुनियामा नभएको प्रतिपक्षी विरुद्धको गठबन्धनका कारण एमालेले परिणाममा थोरै क्षति व्यहोर्नु परे पनि जनमत राम्रो पाएको बताए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.