काठमाडौं \ महिना दिन अघि आइतबार सार्वजनिक विदा दिंदै कार्यलय समय हेरफेर गरेको सरकारले आजबाट त्यो निर्णय खारेज गर्दै पुरानै कार्यलय समय लागु गरेको छ ।
अब हप्तामा शुक्रबार आधा दिन विदा र शनिवार सार्वजनिक विदा लागु हुनेछ । यसैगरी कार्यलय समय हाललाई विहान १० देखि साँझ ५ बजेलाई कायम गरिएको छ । गृह मन्त्रालयले एक सुचना जारी गर्दै गत जेठ २३ गतेको मन्त्रिपरिषदले आइतबारे विदा र कार्यलय समय हेरफेरको निर्णय खारेज भएको जनाएको छ । मन्त्रालयका अनुसार २०७९ साल असार १ गते देखि कात्तिक १५ गतेसम्म माघ १६ गते देखि चैत मसान्तसम्म कार्यलय समय विहान १० देखि साँझ ५ बजेसम्म हुने जनाइएको छ ।
त्यस्तै कात्तिक १६ देखि माघ १५ सम्म विहान १० देखि साँभ्m ४ सम्म कार्यलय समय तोकिएको छ । यी दुवै अवधीमा शुक्रबार भने कार्यलय समय विहान १० देखि अपरान्ह ३ बजेसम्म हुने मन्त्रालयले जनाएको छ ।