Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाईमा तीस लाख राशीको अक्षयकोष स्थापना
    विचार

    कनकाईमा तीस लाख राशीको अक्षयकोष स्थापना

    कनकाई खबरBy कनकाई खबर२०७९ जेष्ठ २८, शनिबार १६:५४ गते3 Mins Read

    कनकाई खबर \ झापाको कनकाईमा तीस लाख राशीको अक्षयकोष स्थापना भएको छ ।

    कनकाई ६ निवासी ८९ वर्षिया समाजसेवी चिरञ्जीवी उप्रेती र श्रीमती ईश्वरादेवी उप्रेतीको नाममा अक्षयकोष स्थापना भएको हो । बार्षिक रुपमा विभिन्न चार विधामा उत्कृष्ट व्यक्तिलाई पुरस्कृत गर्ने उद्धेश्यले तीस लाख राशीको अक्षयकोष स्थापना गरेको बताइएको छ ।कनकाई ६ स्थित भवानी खानेपानीको सभा हलमा कोषका अध्यक्ष एकराज उप्रेतीको सभापतित्व एवम् कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलको प्रमुख आतिथ्य रहेको एक विशेष कार्यक्रमका विच अक्षय कोषको घोषणा गरिएको हो ।

    सभ्य, सुखी र सुन्दर समाजको निर्माणमा योगदान पुर्याउन, त्यस कार्यमा योगदान गर्ने व्यक्तिको सम्मान तथा प्रोत्साहन गर्दै समाजमा सकारात्मक सोच र मैत्रीपूर्ण भावनाको विकासमा रचनात्मक कार्य गर्ने उद्धेश्यले अक्षयकोषको स्थापना गरिएको कोषका प्रमुख संरक्षक चिरञ्जीवी उप्रेतीले जानकारी दिए । उप्रेतीले मानिस जन्मँदा र मृत्यु हुँदा नाङ्गै हुने भन्दै जीवनकालमा समाजका लागि योगदान गर्नु पर्नेमा जोड दिए ।

    कोषको रकमबाट कनकाई नगर क्षेत्रभित्रको सामुदायिक विद्यालयबाट उत्कृष्ट नतिजा हासिल गरी कक्षा १२ उत्तीर्ण गर्ने एक जना विद्यार्र्थी, भवानी खानेपानी तथा सरसफाई उपभोक्ताको कार्यक्षेत्रभित्र बसोबास गरेका एक जना असल बुहारी, कनकाई नगरपालिका भित्रका एक जना उत्कृष्ट कृषक र झापा भित्र रहेर पत्रकारितामा उत्कृष्ट योगदान गर्ने एक जना पत्रकारलाई जनही ५१ (एकाउन्न) हजार रुपैँयाका दरले पुरस्कृत गरिने कोषका अध्यक्ष एकराज उप्रेतीले बताउँनुभयो । हरेक बर्ष भवानी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको साधारण सभाको दिन पुरस्कार वितरण गरिने कोषका अध्यक्ष उप्रेतीले जानकारी दिए । कोषको प्रमुख संरक्षकका रुपमा भवानी खानेपानीका अध्यक्ष समेत रहेका चिरञ्जीवी र ईश्वरादेवी उप्रेती रहेका छन् । त्यस्तै कोष व्यवस्थापन समितिको अध्यक्षमा एकराज उप्रेती साथै सदस्यहरुमा क्रमशः सुवासचन्द्र उप्रेती, कल्पना उप्रेती, डा.आयुष उप्रेती, हरि शिवाकोटी, बालकृष्ण सिटौला र सदस्य सचिवमा भरतकुमार थपलिया रहेका छन् ।

    कार्यक्रममा बोल्दै कनकाई वडा नम्बर ६ का वडाअध्यक्ष दीर्घबहादुर थापाले कोषका प्रमुख संरक्षक चिरञ्जीवी उप्रेतीले समाजमा पुर्याएको योगदानको चर्चा गरे । वडाअध्यक्ष थापाले सुखी र समृद्ध समाजको निर्माणमा उप्रेतीको सकारात्मक सोचले ठूलो भूमिका खेल्नुका साथै उहाँले गरेका कार्यले कनकाईको विकासमा महत्वपूर्ण योगदान पुर्याएको बताए । समाजसेवी उप्रेतीमा रहेको सकारात्मक सोचकै कारण ८९ बर्षको उमेरमा समेत उप्रेती स्वस्थ्य र हँसिलो रहेको भन्दै प्रशंसा गरे ।

    कनकाई नगरपालिकाकी उपप्रमुख आशा शर्मा शिवाकोटीले उप्रेती परिवार पहिलादेखि नै सामाजिक कार्यमा संलग्न रहँदै आएको र अहिले अक्षयकोष स्थापना गरी थप पुण्यको काम गरेको बताएकी छन् । । शिवाकोटीले समृद्ध परिवारका लागि सुसंस्कृति बुहारीको ठूलो योगदान हुने र उत्कृष्ट बुहारीलाई पुरस्कृत गर्ने गरी अक्षयकोषको स्थापना भएको भन्दै खुशी व्यक्त गरिन् । उपप्रमुख शिवाकोटीले कोषका संरक्षकद्वय उप्रेतीको दीर्घ जीवनको समेत कामना गरेकी छन् ।

    कनकाई नगरपालिकाका नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले उप्रेती परिवारको यो कार्यले कनकाईको विकासमा थप मद्दत पुग्ने विश्वास व्यक्त गर्दै यो कोष कनकाईको उत्कृष्ट बन्न सकोस भन्ने शुभकामना व्यक्त गरे । नगर प्रमुख पोखरेलले भविष्यमा कोषले अन्य विधामा समेत पुरस्कार वितरण गरोस् भन्ने शुभेच्छा समेत प्रकट गरे । पत्रकार राम निरौलाले संचालन गरेको कार्यक्रममा नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीले अक्षयकोष स्थापना गर्ने उप्रेती परिवारको पुण्य कार्यको प्रशंसा गरे ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.