Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » जामुनखाडी सिमसार क्षेत्रमा बाढी कृतिम घटना सम्बन्धि अभ्यास
    समाचार

    जामुनखाडी सिमसार क्षेत्रमा बाढी कृतिम घटना सम्बन्धि अभ्यास

    कनकाई खबरBy कनकाई खबर२०७९ जेष्ठ २४, मंगलवार ०५:४८ गते2 Mins Read

    कनकाई खबर \ झापाको कनकाईस्थित जामुनखाडी सिमसार तथा पर्यटकीय क्षेत्रमा बाढी कृतिम घटना सम्बन्धि अभ्यास गरिएको छ ।


    झापामा बाढीको उच्च जोखिम भएका क्षेत्रहरुलाई मध्यनजर राख्दै सरोकारवाला निकाय र सुरक्षा कर्मीहरुको सहभागीतामा बाढी कृतिम घटना सम्बन्धि अभ्यास गरिएको हो । कनकाई नगरपालिका–२ स्थित जामुनखाडी सिमसार क्षेत्रको पोखरीमा भएको विपद् व्यवस्थापन अभ्यासमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, रेडक्रस सोसाइटी, स्वास्थ्यकर्मी र प्रशासनिक निकायका अधिकृतहरू, जामुनवारी सामुदायिक वन समूहका अध्यक्ष लगायत पदाधिकारीहरु सहितको प्रत्यक्ष संलग्नता थियो । अभ्यासका क्रममा सुरक्षाकर्मी र रेडक्रस टोलीले बाढी आएपछिको उद्धार, स्वास्थ्योपचार र राहत वितरणसम्मको नमुना कार्यक्रम प्रदर्शन गरेका थिए ।


    विपद् व्यवस्थापन समितिको बैठक बसेर सुरक्षाकर्मी परिचालन गरेको, बाढी पीडितले ‘बचाओ, बचाओ’ भन्दै चिच्याएको र गाउँलेले बाढी गाउँमा पसेर जनधन जोखिममा परेको भन्दै जिल्ला प्रशासन कार्यालयमा फोनमार्फत जानकारी दिएको विषयमा सो अवसरमा अभ्यास गरिएको थियो ।


    विपद्को परिस्थिति निम्तिएको बेला नेपाली सेना, सशस्त्र प्रहरी, नेपाली प्रहरी र रेडक्रसकर्मीले कसरी काम गर्नुपर्छ भनेर अभ्यासको आयोजना गरिएको जिल्ला विपद् व्यवस्थापन समितिका प्रमुख तथा प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बताए । सुरक्षाकर्मीहरूले बाढीका कारण डुबेको गाउँ र ज्यान जोखिममा परेका गाउँलेको अवस्था मात्र नभएर आपत्कालीन परिस्थतिमा गाडीका ट्युब, बासका चाङ, केराका थाम र प्लास्टिकका बोतलको सहारामा गरिने उद्धार कार्यको दुरुस्त अभ्यास गरेका थिए ।

    झापामा कनकाई, विरिङ, रतुवा, मेची, निन्दा, कमललगायत नदीमा आउने बाढीबाट वर्षेनी ठूलो मानवीय तथा भौतिक क्षति हुँदै आएको छ । ठूला तथा साना नदीहरूबाट आउने बाढीबाट पीडितलाई बचाउन अभ्यासले सरोकारवालाहरूलाई ऊर्जा र मनोबल बढाउने शिवसताक्षी नगरपालिकाका प्रमुख मेगाहाङ थोप्राले बताए । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका शिवसताक्षी नगरपालिकाका प्रमुख थोप्राले झापामा बाढीबाट मानवीय तथा भौतिक क्षति बढी हुने पालिकामा शिवसताक्षी पर्ने जनाउँदै विपद् व्यवस्थापनमा पालिकाले पर्याप्त बजेट छुट्याउने प्रतिबद्धता व्यक्त गरे ।


    जिल्ला विपद् व्यवस्थापन समितिका प्रमुख तथा प्रमुख जिल्ला अधिकारी रिजालको सभापतित्व एवम् सहायक प्रमुख जिल्ला अधिकारी रुद्रप्रसासद न्यौपानेको संचालन रहेको कार्यक्रममा स्वागत सहित औचित्यमाथि प्रकाश पार्दै नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले विपद् व्यवस्थापनमा स्थानीय पालिकाहरूको तयारी सन्तोषजनक नभएको गुनासो गर्दै उद्धार र राहतका लागि पालिकाहरूले कञ्जुस्याइँ गर्न नहुने धारणा राखेका थिए । कार्यक्रममा राजनीतिक दलका तर्फबाट राप्रपा झापाका अध्यक्ष केशव ओझाले विपदमा सबै एकजुट हुन अनुरोध गरे ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.