Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते

    जेई खोप अभियानः ७३ प्रतिशत लक्ष्य पूरा गर्दै कनकाई नगरपालिका जिल्लामा चौथो स्थानमा, गौरीगञ्ज पहिलो

    २०८३ आश्विन १५, बिहीबार ००:१८ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » नगर बाल संजालको वृक्षारोपण सहितको सरसफाई कार्यक्रम सम्पन्न
    समाचार

    नगर बाल संजालको वृक्षारोपण सहितको सरसफाई कार्यक्रम सम्पन्न

    कनकाई खबरBy कनकाई खबर२०७९ जेष्ठ २२, आईतवार १६:१४ गते2 Mins Read

    कनकाई खबर / विश्व वातावरण दिवसको अवसरमा कनकाई नगर वाल संजालले वृक्षारोपण साथै सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।
    “सुनिश्चित बालमैत्री बानी व्यवहार, सुखी र समृद्ध कनकाईको आधार” भन्ने मूल नारालाई आत्मासाथ गर्दै अघि बढेको नगर वाल संजालले कनकाई नगरपालिका परिसरमा विभिन्न प्रजातीका वृक्ष रोपण गरेको बताइएको छ ।
    मानव जीवनसँग प्रत्यक्ष सरोकार राख्ने विषयमा प्रसस्त ज्ञान नहुँदा विशेष गरी वालवालिका नै त्यसको सिकार बन्ने भएकाले यस तर्फ स्थानीय सरकारको समेत ध्यान केन्द्रित गर्ने उद्येश्यले नगर वाल संजालले कनकाई नगरपालिकाको परिसरमा कार्यक्रम केन्द्रित गरेको संजालका नगर अध्यक्ष अभिशेक मिश्रले जानकारी दिए । स्थानीय सरकारका रुपमा रहेको कनकाई नगरपालिकाका प्रमुख साथै सम्पूर्ण जनप्रतिनिधिहरुलाई नगर क्षेत्रको वातावरण हरियाली राख्ने कार्यलाई प्राथमिक्ताका साथ अघि बढाउँन अनुरोध गर्दै नगर वाल संजालका अध्यक्ष मिश्रले वातावरण शुद्धताको अभियान संचालन गर्न कुनै दिवस पर्खनु नपर्ने बताएका छन् ।

    वातावरणको शुद्धताकालागि वृक्षारोपण गर्न सबै सचेत नागरिकलाई प्रेरित गर्ने उद्येश्यले नगर वाल संजालले विश्व वातावरण दिवसका अवसरमा सामाजिक संजाल मार्फत विशेष कार्यक्रम बनाएर सचेतना समेत जगाएको संजालका नगर सचिव सार्थक निरौलाले जानकारी दिए ।

    वालवालिकाको हक साथै अधिकारलाई सुनिश्चित गर्दै वालमैत्री नगर निर्माणको अभियानमा लागेको कनकाई नगर वाल संजाल स्थापना कालदेखि नै समाज रुपान्तरणमा अन्य सामाजिक संघसंस्थाहरु सरह नै क्रियाशिल रहेको संजालका नगर सचिव निरौला बताउँछन् ।

    कनकाई नगर वाल संजालका अध्यक्ष अभिशेक मिश्रको सभापतित्वमा सम्पन्न सरसफाई सहितको वृक्षारोपण कार्यक्रममा संजालका सदस्य अनुप भट्टराईले स्वागतसहित कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए । कार्यक्रमको संचालन सचिव सार्थक निरौलाले गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते

    जेई खोप अभियानः ७३ प्रतिशत लक्ष्य पूरा गर्दै कनकाई नगरपालिका जिल्लामा चौथो स्थानमा, गौरीगञ्ज पहिलो

    २०८३ आश्विन १५, बिहीबार ००:१८ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते

    जेई खोप अभियानः ७३ प्रतिशत लक्ष्य पूरा गर्दै कनकाई नगरपालिका जिल्लामा चौथो स्थानमा, गौरीगञ्ज पहिलो

    २०८३ आश्विन १५, बिहीबार ००:१८ गते

    असल बुहारी सहित २३ जनालाई सम्मान गर्दै ज्येष्ठ नागरिक संघ कनकाईको अधिवेशन सहितको साधारण सभा सम्पन्न

    २०८३ आश्विन १३, मंगलवार ११:४३ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.