Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले उठायो पौने तीन करोड

    २०८३ आश्विन १९, सोमबार १८:२७ गते

    कांग्रेसको १५औँ महाधिवेशन: गगन थापाको राजनीतिक प्रतिवेदन, सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्मका २९ प्रस्ताव

    २०८३ आश्विन १८, आईतवार १६:११ गते

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » डिभिजन वन कार्यालय झापाले पर्यटकीय क्षेत्र सुकेडाँगीमा गर्यो वृक्षारोपण
    समाचार

    डिभिजन वन कार्यालय झापाले पर्यटकीय क्षेत्र सुकेडाँगीमा गर्यो वृक्षारोपण

    कनकाई खबरBy कनकाई खबर२०७९ जेष्ठ २२, आईतवार १२:५३ गते2 Mins Read

    कनकाई खबर \ “पृथ्वीको संरक्षण ः दिगो प्रकृतिमैत्री जीवन यापन” भन्ने मूल नाराका साथ डिभिजन वन कार्यालय झापाले यहाँको धार्मिक तथा पर्यटकीय क्षेत्र कनकाई—२, स्थित सुकेडाँगी सामुदायिक वन क्षेत्रमा वृक्षारोपण गरेको छ ।


    वातावरणको शुद्धताकालागि झापाका विभिन्न क्षेत्रमा वृक्षारोपण गर्दै आएको डिभिजन वन कार्यालयले विश्व वातावरण दिवसको अवसर पारेर सुकेडाँगी सामुदायिक वन समूहको समेत सहभागीतामा रुद्राक्षका २५ वटा विरुवा रोपण गरेको हो । वृक्षारोपणको शुभारम्भ गर्दै डिभिजनल वन अधिकृत युवराज मास्केले मानव जीवनको सृष्टि साथै मानिसको अस्तित्वसँगै जोडिएको पृथ्वीको संरक्षणकालागि वातावरणको शुद्धता अपरिहार्य रहेको बताएका छन् ।


    वातावरणको शुद्धताकालागि वृक्षारोपण नै एक मात्र विकल्प रहेको भन्दै डिभिजनल वन अधिकृत मास्केले मानिसले आफ्नो जीवनका हरेक क्षणलाई अवसरको रुपमा लिएर पृथ्वीको संरक्षणकालागि वृक्षरोपण गर्न अनुरोध गरे ।
    प्रकृतिले दिएका रुख बुट्टाहरुबाट हरेक किसिमका रोगको औषधिजन्य जडिबुटी बन्न सक्ने भएकाले डिभिजन वन कार्यालयको अगुवाईमा आफ्नो मातहतमा रहेका निकायहरुमा समेत विभिन्न प्रजातीका वोटविरुवा रोपण गर्ने कार्यलाई निरन्तरता दिँदै आएको अधिकृत मास्केले जानकारी दिए ।


    धार्मिक तथा पर्यटकीय क्षेत्रहरुमा वातावरणको शुद्धतालाई विशेष ध्यान दिनु पर्ने तर्फ जोड दिँदै डिभिजनल वन अधिकृत मास्केले सुकेडाँगी सामुदायिक वन समूहलाई दुई थान डस्वीन समेत वितरण गरे । डिभिजन वन कार्यालय झापाले प्रदान गरेको डस्विन सुकेडाँगी सामुदायिक वन समूहका तर्फबाट अध्यक्ष शान्ती उपाध्याय र सचिव गोमा निरौलाले ग्रहण गरेका थिए ।


    वृक्षारोपण कार्यक्रममा सहायक वन अधिकृतद्वय ओमनाथ भट्टराई र राजकुमार खत्री, कनकाई सब डिभिजन कार्यालय सुरुङ्गाका प्रमुख राजु खड्का लगायत अन्य कर्मचारीसहित सुकेडाँगी सामुदायिक वन समूहका पदाधिकारी तथा सदस्यहरुको समेत उल्लेख्य सहभागिता रहेको बताइएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले उठायो पौने तीन करोड

    २०८३ आश्विन १९, सोमबार १८:२७ गते

    कांग्रेसको १५औँ महाधिवेशन: गगन थापाको राजनीतिक प्रतिवेदन, सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्मका २९ प्रस्ताव

    २०८३ आश्विन १८, आईतवार १६:११ गते

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले उठायो पौने तीन करोड

    २०८३ आश्विन १९, सोमबार १८:२७ गते

    कांग्रेसको १५औँ महाधिवेशन: गगन थापाको राजनीतिक प्रतिवेदन, सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्मका २९ प्रस्ताव

    २०८३ आश्विन १८, आईतवार १६:११ गते

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.