Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाई उद्योग वाणिज्य संघको नेतृत्व अन्यौलमा, निर्वाचन समितिले दियो राजीनामा
    राजनीति

    कनकाई उद्योग वाणिज्य संघको नेतृत्व अन्यौलमा, निर्वाचन समितिले दियो राजीनामा

    कनकाई खबरBy कनकाई खबर२०७९ जेष्ठ २२, आईतवार ०६:४२ गते3 Mins Read

    कनकाई खबर \ कनकाई उद्योग वाणिज्य संघको २०७८ फागुन २० गतेको वार्षिक साधारण सभाबाट गठन भएको निर्वाचन समितिले निर्वाचनको कार्यक्रम सम्पन्न नगरी राजीनामा दिएको छ ।


    निर्वाचन समितिले अहिले भर्खरै संघको कार्यालयमा पत्रकार भेटघाट मार्फत प्रेस विज्ञप्ती सार्वजनिक गर्दै संघको विधानमा रहेको परिच्छेद ८ को दफा ४३ को (ज) बमोजिम निर्णयमा पुगी आजैका मितिबाट लागु हुनेगरी निर्वाचन समितिबाट संयुक्त रुपमा राजीनामा दिएको जनाएको छ । निर्वाचन समितिका संयोजक प्रेमप्रसाद चुडाल, सदस्यद्वय लिलाप्रसाद भेट्वाल र त्रिलोचन उप्रेतीले संयुक्त रुपमा हस्ताक्षर गरेको प्रेस विज्ञप्ती मार्फत राजीनामा दिएको जनाइएको छ ।


    निर्वाचन समितिले आफ्नो जिम्मेवारीबाट राजीनामा दिएसँगै कनकाई उद्योग वाणिज्य संघको नेतृत्व अब अन्यौलमा परेको छ । निर्वाचनको कार्य सम्पन्न गर्न कार्यसमितिसँग सहयोग माग गर्दा परिच्छेद ८ को दफा ४३ को (छ) अनुसार निर्वाचन समितिलाई सहयोग प्राप्त नभएका कारण निर्वाचनको प्रक्रिया पूरा हुन नसकेको निर्वाचन समितिले प्रेस विज्ञप्ती मार्फत जानकारी गराएको छ । संघको सर्वोच्च अंगका रुपमा रहेको आम उद्योगी व्यवसायीहरुको विशेष साधारण सभाले यसको छिनोफानो गर्नु पर्ने भएको छ ।


    विवाद समाधानकालागि यस अघि संघको निर्वाचन समितिले संस्थाका पुर्वअध्यक्षहरु, वर्तमान अध्यक्ष, सल्लाहकारसहित स्थानीय स्तरमा क्रियाशिल राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरुसँग भएको छलफलबाट सुझाव संकलन गरेको थियो ।


    प्रारम्भिक चरणबाटै निर्वाचन समितिको गठन प्रक्रियादेखी हाल सम्म पनि समितिको वैधतामाथि प्रश्न चिन्ह खडा हुँदै आएको बताइएको छ । त्यस्तै नवनिर्वाचित अध्यक्षबाट समेत निर्वाचन समितिको मान हानी हुने गरी सपथ ग्रहण, प्रमाणपत्र तथा पदभार समेत नलिई आँफू खुशी अध्यक्षको हैसियतबाट विभिन्न संघसंस्थामा उपस्थित जनाई शुभकामना दिने जस्ता कार्यहरु भएको साथै संघका सदस्यहरुले निवेदन पेश गरेको प्रमाणका आधारमा निर्वाचन समितिले आइतवारका दिन सरोकारवालाहरुको सुझाव संकलन गरेको हो ।

    प्राप्त सुझावका आधारमा निर्वाचन समितिले आज संघको कार्यालयमा पत्रकार भेटघाट मार्फत प्रेस विज्ञप्ती जारी गर्दै निर्वाचन समितिको निर्णयलाई प्रेस विज्ञप्ती मार्फत जानकारी गराउँदै राजीनामा दिएको हो । आफुहरुले निर्वाचन सम्पन्न भए लगत्तै पटक पटक नयाँ कार्यसमितिलाई सपथ र पदस्थापनाका लागि अनुरोध गर्दागर्दै पनि तोकिएको समय सिमा नाघिसकेका कारण विधानत राजीनामा दिनुपरेको निर्वाचन समितिका संयोजक चुडालले जनाएका छन् ।


    राजनीतिक दलहरु विचको सहमतीय प्रणालीका आधारमा सर्वसम्मत रुपमा चयन भएको कार्यसमितिलाई निर्वाचन समितिले आफ्नो समय सिमा भित्र सपथ ग्रहण नगराएपछि समस्या जटिल बन्दै गएको थियो । संघको विधान अनुसार ४५ दिन भित्रमा निर्वाचनका सबै कार्यक्रम सम्पन्न गर्नु पर्ने जिम्मेवारी पाएको निर्वाचन समितिले करिव तीन महिना बितिसक्दा पनि आफ्नो जिम्मेवारी पूरा नगरेको भन्दै स्थानीय व्यवसायीहरुले वैधानिक रुपमा संस्था संचालन गर्ने वातावरण सिर्जना गर्न माग गर्दै निर्वाचन समितिलाई निवेदन दिएका थिए । उद्योगी व्यावसायीका समस्या समाधान नहुँदा दैनिक हुने काम कार्वाहीमा समेत यसको प्रभाव परेको भन्दै निर्वाचन समितिलाई मार्ग प्रसस्त गर्न भनि निवेदन दिइएको जनाइएको छ । जसबाट उत्पन्न विषम परिस्थितीका कारण निर्वाचन समितिले वातावरण सहज बनाउँन सार्वजनिक रुपमा राजीनामा दिएको जनाइएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.