Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाई उद्योग वाणिज्य संघको नवनिर्वाचित समिति विवादमा, समाधानकालागि सर्वपक्षिय छलफल
    समाचार

    कनकाई उद्योग वाणिज्य संघको नवनिर्वाचित समिति विवादमा, समाधानकालागि सर्वपक्षिय छलफल

    कनकाई खबरBy कनकाई खबर२०७९ जेष्ठ २१, शनिबार १८:१९ गते2 Mins Read

    कनकाई खबर \ सपथ ग्रहणमा भएको ढिलासुस्तीका कारण कनकाई उद्योग वाणिज्य संघको नवनिर्वाचित समिति विवादमा परेको छ ।


    विवाद समाधानकालागि संघको निर्वाचन समितिले संस्थाका पुर्वअध्यक्षहरु, वर्तमान अध्यक्ष, सल्लाहकारसहित स्थानीय स्तरमा क्रियाशिल राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरुसँग भएको छलफलबाट सुझाव संकलन गरेको छ । प्राप्त सुझावका आधारमा निर्वाचन समितिले भोली आइतवार एक विशेष कार्यक्रमका विच आफ्नो साझा धारणा सार्वजनिक गर्ने निर्णय भएको बताइएको छ । निर्वाचन समितिले कनकाई उद्योग वाणिज्य संघको समसामयीक विषयमा के निर्णय गर्दैछ त भन्ने कनकाई खबरले राखेको जिज्ञासामा निर्वाचन आयुक्त प्रकाश चुडालले आइतवार नै सबै कुरा एकै पटक सार्वजनिक गर्ने बताए ।


    सबै कुरा कानुन र विधान हेरेर मात्रै पनि हुदैन व्यवहारिक पक्ष पनि हेर्नुपर्छ, हामीले सबैसँग सल्लाह गरेर उचित निकास दिन्छौ चुडालले भने । आफुहरुले निर्वाचन सकेको ३ दिनदेखि पटक पटक नयाँ कार्यसमितिलाई सपथ र पदस्थापनाका लागि अनुरोध गर्दागर्दै तोकिएको समय सिमाभन्दा दोब्बर समय यता आइसकेको समेत निर्वाचन संयोजक चुडालले जानकारी दिए ।

    राजनीतिक दलहरु विचको सहमतीय प्रणालीका आधारमा सर्वसम्मत रुपमा चयन भएको कार्यसमितिलाई निर्वाचन समितिले आफ्नो समय सिमा भित्र सपथ ग्रहण नगराएपछि समस्या जटिल बन्दै गएको हो । विधानत ४५ दिन भित्रमा निर्वाचनका सबै कार्यक्रम सम्पन्न गर्नु पर्ने जिम्मेवारी पाएको निर्वाचन समितिले करिव तीन महिना बितिसक्दा पनि आफ्नो जिम्मेवारी पूरा नगरेको भन्दै स्थानीय व्यवसायीहरुले वैधानिक रुपमा संस्था संचालन गर्ने वातावरण सिर्जना गर्न माग गरेका हुन् । उद्योगी व्यावसायीका समस्या समाधान नहुँदा दैनिक हुने काम कार्वाहीमा समेत यसको प्रभाव परेको भन्दै निर्वाचन समितिलाई मार्ग प्रसस्त गर्न भनि निवेदन दिइएको हो ।

    तर प्रारम्भिक चरणमा भएको गठन प्रक्रियादेखी हाल सम्म अवैधानिक रुपमा रहेको निर्वाचन समितिले राजनीतिक दलको आडमा रहेर ल्याउँन आँटेको निर्णय कस्तो हुने हो भन्दै स्थानीय व्यवसायी निर्णयको प्रतिक्षामा रहेको बताइएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.