काठमाडौं \ पेट्रोल र डिजेलमा गए राति १२ बजेदेखि लागू हुने गरि प्रतिलिटर १० रुपैयाँ मूल्य घटेको छ।
यस्तै मट्टितेलमा पनि १० रुपैयाँ घटाइएको छ। नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार निगम सञ्चालक समितिले १० रुपैयाँ मूल्य घटाउने निर्णय गरेको हो।
सरकारले कर समायोजन गरेर मूल्य घटाउने निर्णय गरेको थियो।
निगमका अनुसार अब पेट्रोलको मूल्य १ सय ७० रुपैयाँ प्रतिलिटर, डिजेलको १ सय ५३ रुपैयाँ र मट्टितेलको १ सय ५३ रुपैयाँ कायम भएको छ।
Author
-
कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।
View all posts