Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाईले नगर सभाको उद्घाटन सत्रमा विभिन्न ८ समिति गठन
    समाचार

    कनकाईले नगर सभाको उद्घाटन सत्रमा विभिन्न ८ समिति गठन

    कनकाई खबरBy कनकाई खबर२०७९ जेष्ठ १९, बिहीबार १७:१७ गते2 Mins Read

    कनकाई खबर \ झापाको कनकाई नगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधिहरुले आफ्नो कार्यकालको पहिलो नगर सभा सम्पन्न गरेका छन् । नगर सभाको उद्घाटन सत्रमा कार्यपालिकाले गठन गरेको विभिन्न समितिको अनुमोदन भएको छ ।


    कनकाई नगरपालिकाको ११ औं नगर सभाको रुपमा संचालन भएको यो पहिलो सत्रमा विभिन्न ८ वटा समिति गठन गरी अनुमोदन गरेको बताइएको छ । जस मध्ये कार्यपालिकाको विषयगत ५ वटा समिति रहेका छन् भने नगर सभा अन्तर्गतका ३ वटा विषयगत समिति गठन भएको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले बताएका छन् । समिति गठनसँगै विषयगत संयोजकसहित सदस्यहरु समेत सर्वसम्मत रुपमा चयन भएका छन् ।


    जसअनुसार उपप्रमुख आशा शिवाकोटीको संयोजकत्वमा रहने न्यायिक समितिको सदस्यमा नवलकिशोर दत्त र बलराम राई(प्रताप) रहेका छन् । नगर सभा विषयगत विभिन्न ३ वटा समिति अन्तर्गत सार्वजनिक लेखा समितिको संयोजकमा भगन टुडु र सदस्यहरुमा सुष्मा परियार, हरिकुमार राई, अरुणा सुव्वा रहेका छन् ।

    त्यस्तै सुशासन समितिको संयोजकमा सावित्रादेवी बर्देवा रहेकी छन् भने सदस्यहरुमा भक्तवहादुर विष्ट, सन्तोष सोरेन र डिल्लु उप्रेती चयन भए । त्यस्तै विधायन समितिको संयोजकमा निर्मला खडका पौडेल, सदस्यहरुमा क्रमशः शेषप्रसाद प्रसाईँ, निर्मल आङथोपो र राधाकुमारी विश्वकर्मा रहेका छन् ।

    कार्यपालिकाको विषयगत ५ वटा समिति अन्तर्गतको सार्वजनिक लेखा तथा क्षमता विकास समितिको संयोजकमा लक्ष्मी कट्वाल चयन भएकी छन् भने सदस्यहरुमा कविता विक, दलवहादुर थापा र गोविन्द सुवेदी सर्वसम्मत भएका छन् । त्यस्तै आर्थिक विकास समितिको संयोजकमा कृष्णमाया भुजेल चयन भएकी छन् भने सदस्यहरुमा नरहरी थपलिया, मोहनप्रसाद संग्रौला र कल्पना विक रहेका छन् ।


    त्यस्तै सामाजिक विकास समितिको संयोजकमा नवलकिशोर दत्त, सदस्यहरुमा अर्जुनकुमार राजवंशी, गोविन्द कार्की र तारा दमाईँ सर्वसम्मत चयन भएका छन् । पूर्वाधार विकास समितिको संयोजकमा नरादेवी मगर चयन भएकी छन भने सदस्यहरुमा अनिलकुमार गोयल, नरमान श्रेष्ठ र मन्दिरा विक सर्वसम्मत रुपमा चयन भएका छन् । त्यस्तै वन, वातावरण तथा विपत व्यवस्थापन समितिको संयोजकमा चेता राई र सदस्यहरुमा बलभद्र ढुङ्गेल, कुमारी द्रौपदी गौतम र सुलभ भण्डारी सर्वसम्मत रुपमा चयन भएको बताइएको छ ।


    नगर प्रमुख पोखरेलको सभापतित्व रहेको कार्यक्रममा उपप्रमुख आशा शिवाकोटीले स्वागत तथा प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद न्यौपानेले सहजीकरण गरेका थिए । नगर सभाको दोस्रो सत्र आगामी असार ३ गतेका दिन कनकाईको नीति तथा कार्यक्रमसहित संचालन हुने बताइएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.