Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    राज्यको मुख नहेरी कनकाई सामुदायिक वनले अत्याधुनिक तालिम भवन बनाउँदै

    २०८३ कार्तिक ३, सोमबार १०:०४ गते

    कनकाई खबरको यात्राः पत्रकारिताका चुनौती र अवसरहरू

    २०८३ आश्विन २८, बुधबार ११:२१ गते

    कनकाई खबर नवौं वर्षमा प्रवेश, आठ वर्षको निष्पक्ष यात्रा, अब नयाँ सङ्कल्प

    २०८३ आश्विन २८, बुधबार १०:२१ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » प्याब्सनको अध्यक्षमा टीकाराम पुरी निर्वाचित
    राष्ट्रिय

    प्याब्सनको अध्यक्षमा टीकाराम पुरी निर्वाचित

    ramBy ram२०७५ चैत्र १, शुक्रबार १४:५४ गते2 Mins Read

     काठमाण्डौ  \  निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) को १४औँ राष्ट्रिय महाधिवेशनबाट टीकाराम पुरी केन्द्रीय अध्यक्षमा सर्वसम्मत चयन भएका छन् ।
    वुधवार  सम्पन्न महाधिवेशनले पुरीलाई अध्यक्षमा चयन गरेको निर्वाचन कार्यदलका सदस्य लक्ष्य बहादुर के.सी. ले जानकारी दिए । नयाँ नेतृत्वका लागि पुरी र डिके ढुङ्गानाको समूहले मनोनयन दर्ता गरे पनि पूर्वअध्यक्षहरुको पहलमा सहमति भएको हो । बन्दसत्रमा प्याब्सनका पूर्वअध्यक्षहरु उमेश श्रेष्ठ, भोज बहादुर शाह लगायतले प्याब्सनमा सबैलाई समेट्नका लागि सहमति गरिएको बताए। विधान संशोधन गरी सहअध्यक्ष पद नयाँ सिर्जना गरी प्याब्सनमा सहमति गरिएको थियो । सहमति हुनुभन्दा अगाडि विधान संशोधन गरिएको थियो । अध्यक्षका अर्का प्रत्यासी ढुङ्गानालाई सहअध्यक्ष बनाइएको छ ।

       प्याब्सनको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र बानियाँ, खुला उपाध्यक्षमा गोपालप्रसाद आचार्य, ईश्वरबहादुर गुरुङ, टिआर ढकाल, दीपिका रिमाल थापा, कृष्णप्रसाद अधिकारी, टङ्क भट्टराई र भरतबाबु कँडेल निर्वाचित भएका छन् । यसैगरी महासचिवमा कुमार घिमिरे, उपमहासचिवमा आरबी कटुवाल र किशोर गौतम, कोषाध्यक्षमा सन्तोषमणि न्यौपाने निर्वाचित भए ।
    यस्तै सचिवमा मधु लोहनी, भीमसेन केसी, भुवनलाल श्रेष्ठ, सङ्गीता सिलवाल, मदनकुमार आचार्य, राजेशकुमार दास र शिव कार्की, सहकोषाध्यक्षमा मिनप्रसाद बञ्जाडे, ग्रेस श्रेष्ठ, आशा खड्का र गणेशबाबु पोखरेल रहेका छन् ।

       प्याब्सनको सल्लाहकारमा आशिष श्रेष्ठ र प्राज्ञिक सल्लाहकारमा राजकुमार महर्जन चयन भएका छन् । यस्तै प्रदेश उपाध्यक्षमा प्रदेश नं १ मा नारायणप्रसाद घिमिरे, प्रदेश नं २ मा गोपाल कार्की, प्रदेश नं ५ मा विष्णु पन्थी, कर्णाली प्रदेशमा बलदेव कँडेल, सुदूरपश्चिम प्रदेशमा जगवीर थापा निर्वाचित भएका छन् ।

      पूर्वअध्यक्ष शाहले प्रदेश नं ३ र ४ तथा केन्द्रीय सदस्यको कार्यदलबाट सर्वसम्मत गर्ने जानकारी गराए। कार्यदलका अर्का सदस्य राजेश खड्काले प्याब्सनलाई सहमति सहकार्यका रुपमा लैजान सर्वसम्मत गरिएको जानकारी गराए । कूल २४३८ प्रतिनिधि सहभागी महाधिवेशनको मङ्गलबार प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले उद्घाटन गरेका थिए । प्याब्सनमा २५ पदाधिकारी र ४४ केन्द्रीय सदस्य रहने व्यवस्था छ । ती पदका लागि कूल १०३ जनाले उम्मेदवारी दर्ता गराएका थिए ।

    कमेन्टस्

    Author

    • ram
      ram
      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    राज्यको मुख नहेरी कनकाई सामुदायिक वनले अत्याधुनिक तालिम भवन बनाउँदै

    २०८३ कार्तिक ३, सोमबार १०:०४ गते

    कनकाई नगरपालिकाकाे आर्थिक ऐन, २०८३का विषयहरू:

    २०८३ आश्विन २७, मंगलवार २३:५४ गते

    दसैँ मनाउन गाउँ फर्किनेको लर्को, २४ घण्टामा उपत्यकाबाट ५६ हजारभन्दा बढी बाहिरिए

    २०८३ आश्विन २७, मंगलवार १६:१५ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    राज्यको मुख नहेरी कनकाई सामुदायिक वनले अत्याधुनिक तालिम भवन बनाउँदै

    २०८३ कार्तिक ३, सोमबार १०:०४ गते

    कनकाई खबरको यात्राः पत्रकारिताका चुनौती र अवसरहरू

    २०८३ आश्विन २८, बुधबार ११:२१ गते

    कनकाई खबर नवौं वर्षमा प्रवेश, आठ वर्षको निष्पक्ष यात्रा, अब नयाँ सङ्कल्प

    २०८३ आश्विन २८, बुधबार १०:२१ गते

    कनकाई नगरपालिकाकाे आर्थिक ऐन, २०८३का विषयहरू:

    २०८३ आश्विन २७, मंगलवार २३:५४ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.