Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते

    कनकाई नगर प्रमुख पोखरेललाई मातृ शोक, मंगलबार दिउँसो १ बजे दाहसंस्कार गरिने

    २०८३ जेष्ठ १८, सोमबार २२:०० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » प्याब्सनको अध्यक्षमा टीकाराम पुरी निर्वाचित
    राष्ट्रिय

    प्याब्सनको अध्यक्षमा टीकाराम पुरी निर्वाचित

    ramBy ram२०७५ चैत्र १, शुक्रबार १४:५४ गते2 Mins Read

     काठमाण्डौ  \  निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) को १४औँ राष्ट्रिय महाधिवेशनबाट टीकाराम पुरी केन्द्रीय अध्यक्षमा सर्वसम्मत चयन भएका छन् ।
    वुधवार  सम्पन्न महाधिवेशनले पुरीलाई अध्यक्षमा चयन गरेको निर्वाचन कार्यदलका सदस्य लक्ष्य बहादुर के.सी. ले जानकारी दिए । नयाँ नेतृत्वका लागि पुरी र डिके ढुङ्गानाको समूहले मनोनयन दर्ता गरे पनि पूर्वअध्यक्षहरुको पहलमा सहमति भएको हो । बन्दसत्रमा प्याब्सनका पूर्वअध्यक्षहरु उमेश श्रेष्ठ, भोज बहादुर शाह लगायतले प्याब्सनमा सबैलाई समेट्नका लागि सहमति गरिएको बताए। विधान संशोधन गरी सहअध्यक्ष पद नयाँ सिर्जना गरी प्याब्सनमा सहमति गरिएको थियो । सहमति हुनुभन्दा अगाडि विधान संशोधन गरिएको थियो । अध्यक्षका अर्का प्रत्यासी ढुङ्गानालाई सहअध्यक्ष बनाइएको छ ।

       प्याब्सनको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र बानियाँ, खुला उपाध्यक्षमा गोपालप्रसाद आचार्य, ईश्वरबहादुर गुरुङ, टिआर ढकाल, दीपिका रिमाल थापा, कृष्णप्रसाद अधिकारी, टङ्क भट्टराई र भरतबाबु कँडेल निर्वाचित भएका छन् । यसैगरी महासचिवमा कुमार घिमिरे, उपमहासचिवमा आरबी कटुवाल र किशोर गौतम, कोषाध्यक्षमा सन्तोषमणि न्यौपाने निर्वाचित भए ।
    यस्तै सचिवमा मधु लोहनी, भीमसेन केसी, भुवनलाल श्रेष्ठ, सङ्गीता सिलवाल, मदनकुमार आचार्य, राजेशकुमार दास र शिव कार्की, सहकोषाध्यक्षमा मिनप्रसाद बञ्जाडे, ग्रेस श्रेष्ठ, आशा खड्का र गणेशबाबु पोखरेल रहेका छन् ।

       प्याब्सनको सल्लाहकारमा आशिष श्रेष्ठ र प्राज्ञिक सल्लाहकारमा राजकुमार महर्जन चयन भएका छन् । यस्तै प्रदेश उपाध्यक्षमा प्रदेश नं १ मा नारायणप्रसाद घिमिरे, प्रदेश नं २ मा गोपाल कार्की, प्रदेश नं ५ मा विष्णु पन्थी, कर्णाली प्रदेशमा बलदेव कँडेल, सुदूरपश्चिम प्रदेशमा जगवीर थापा निर्वाचित भएका छन् ।

      पूर्वअध्यक्ष शाहले प्रदेश नं ३ र ४ तथा केन्द्रीय सदस्यको कार्यदलबाट सर्वसम्मत गर्ने जानकारी गराए। कार्यदलका अर्का सदस्य राजेश खड्काले प्याब्सनलाई सहमति सहकार्यका रुपमा लैजान सर्वसम्मत गरिएको जानकारी गराए । कूल २४३८ प्रतिनिधि सहभागी महाधिवेशनको मङ्गलबार प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले उद्घाटन गरेका थिए । प्याब्सनमा २५ पदाधिकारी र ४४ केन्द्रीय सदस्य रहने व्यवस्था छ । ती पदका लागि कूल १०३ जनाले उम्मेदवारी दर्ता गराएका थिए ।

    कमेन्टस्

    Author

    • ram
      ram

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते

    कनकाई नगर प्रमुख पोखरेललाई मातृ शोक, मंगलबार दिउँसो १ बजे दाहसंस्कार गरिने

    २०८३ जेष्ठ १८, सोमबार २२:०० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते

    कनकाई नगर प्रमुख पोखरेललाई मातृ शोक, मंगलबार दिउँसो १ बजे दाहसंस्कार गरिने

    २०८३ जेष्ठ १८, सोमबार २२:०० गते

    एकाएक सांसदको प्रश्नको उत्तर दिन रोष्ट्रममा पुगेका प्रधानमन्त्री बालेनले दिए ७ सांसदका प्रश्नको जवाफ (पूर्णपाठ)

    २०८३ जेष्ठ १७, आईतवार १६:३८ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.