Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » सुशासन, गरिवी विरुद्धको अभियान र पारदर्शिता अब कनकाईको प्राथमिक्ता
    समाचार

    सुशासन, गरिवी विरुद्धको अभियान र पारदर्शिता अब कनकाईको प्राथमिक्ता

    कनकाई खबरBy कनकाई खबर२०७९ जेष्ठ १५, आईतवार १६:१८ गते2 Mins Read

    कनकाई खबर / झापाको कनकाई नगरपालिकामा सुशासन, गरिवी विरुद्धको अभियान, पारदर्शिता साथै प्रजातान्त्रीक प्रक्रियालाई संस्थागत गर्ने विषयमा अबको प्राथमिक्ता रहने बताइएको छ ।

    गणतन्त्र दिवसको समेत अवसर पारेर कनकाई नगरपालिकाको कार्यपालिका बैठकले गरिवी विरुद्धको अभियान, सुशासन र पारदर्शिता अब कनकाईको प्राथमिक्तामा रहने निर्णय भएको बताइएको छ ।

    आगामी आर्थिक वर्षमा कनकाईमा बिपन्न बर्ग र समुदायकालागि बस्न नहुने घर जेजती छन् त्यसलाई अब संख्यामा होइन, बस्न नहुने कनकाईका सबै घरहरुलाई यो पाँच वर्ष भित्रमा पुनःनिर्माण गरी सुरक्षित बसोबासको व्यवस्था मिलाउँने कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले प्रतिवद्धता जनाएका छन् ।

    कनकाई नगरपालिका भित्र सिंचाई सुविधाको अतिआवश्यक्तालाई हेरेर आवश्यक्ता र अवस्थालाई मध्यनजर गर्दै बोरिङ गर्ने कृषककालागि यो दुई वर्षभित्रमा नगरवासी सबै कृषकलाई मोटर वितरण गरी सक्ने नगर प्रमुख पोखरेलले बताए ।

    कनकाईका सबै वडाअध्यक्षसहित जनप्रतिनिधिहरुलाई विशेष होसियारीका साथ कार्य सम्पादन गर्न निर्देशन गर्दै नगर प्रमुख पोखरेलले कनकाईलाई भ्रष्टचार मुक्त नगर निर्माणकालागि पारदर्शिता कायम राख्नु पर्नेमा जोड दिए ।

    कनकाईमा पुर्वाधार, कृषि, शिक्षा, पर्यटनको क्षेत्रमा काम भइरहेको साथै स्वास्थ्यका क्षेत्रमा १५ दिन भित्रमा केही परिवर्तन आउँने गरिको व्यवस्थापन गर्ने प्रतिवद्धता जनाइएको छ । बेरोजगार युवाहरुलाई स्वरोजगार बनाउँनकालागि समेत कनकाईले थप कार्यक्रम अघि बढाउँने बताइएको छ ।


    हाम्रो कनकाई राम्रो कनकाईसँगै उत्कृष्ट कनकाई नगरी निर्माणकालागि गणतन्त्र दिवसकै अवसरमा कनकाईका जनप्रतिनिधिहरुको तर्फबाट नगर प्रमुख पोखरेलले प्रतिवद्धता जनाएका छन् ।
    सरकारले ल्याएको भूमी व्यवस्थापन कार्यक्रम अनुसार कनकाई नगरका सबै वडाको टोल टोलमा रहेका ऐलानी जग्गा छुट्याउने काम सकिएको हुँदा आगामी तीन महिना भित्र भोगचलन गरिरहेका नागरिकहरुलाई धनीपुर्जा उपलब्ध गराउन भूमी आयोग समक्ष पत्राचार गर्ने निर्णय भएको कनकाई नगरपालिकाकी उपप्रमुख आशा शर्मा शिवाकोटीले बताएकी छन् । उपप्रमुख शिवाकोटीले गणतन्त्र दिवस नेपालको हकमा एउटा ऐतिहासिक दिन भएकाले यसै अवसरमा नवनिर्वाचित जनप्रतिनिधिहरुले सुशासन कायम गरेर अघि बढ्ने प्रण गर्नु पर्ने बताएकी छन् ।


    कनकाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद न्यौपानेबाट संचालन भएको गणतन्त्र दिवसको औपचारिक कार्यक्रमको अवसरमा कनकाई ६ का वडाअध्यक्ष दीर्घवहादुर थापा, कनकाई ८ की वडासदस्य रीता उप्रेती, राप्रपाका क्षेत्रीय अध्यक्ष नारायण पोखरेल, सुरुङ्गा जेसीजकी अध्यक्ष सुस्मा न्यौपाने उप्रेती लगायतले मुलुकमा गणतन्त्र प्राप्तीपछि सरकारका प्रतिनिधिहरुले जनताको आशा र भरोसा बन्नु पर्ने तर्फ जोड दिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.