कनकाई खबर \ किरात राई यायोक्खा कनकाई नगर समितिको अध्यक्षमा अर्जुन राई सर्वसम्मत चयन भएका छन् ।

यायोक्खा कनकाईले सुरुङ्गा खानेपानीको सभा हलमा सम्पन्न गरेको तेस्रो अधिवेशनसहितको दशौं साधारण सभाले अर्जुन राईको अध्यक्षतामा १५ सदस्यीय नगर समिति सर्वसम्मत चयन गरेको हो । कनकाईको वडा नं.२ निवासी राई यस अघि सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस तर्फ वडाअध्यक्षका प्रत्यासी हुन् ।
सर्वसम्मत समितिको उपाध्यक्षमा वडा नं.३ बाट मनकुमार राई, सचिवमा वडा नं.८ बाट बालचन्द्र राई(राजन), सहसचिवमा वडा नं.७ बाट सर्वधन राई, कोषाध्यक्षमा वडा नं.३ बाट निर्मला राई सर्वसम्मत रुपमा चयन भएका छन् ।
त्यस्तै समितिको सदस्यहरुमा क्रमशः वडा नं.१ बाट टिकाराम राई, वडा नं.२ बाट लालवहादुर राई , मनिता राई र कमल देवान, वडा नं.३ बाट उमा राई, वडा नं.४ बाट लोकेन्द्र राई, वडा नं.५ बाट समोयल राई, वडा नं.८ बाट अनिता राई र उर्मिला राई, वडा नं.९ बाट धनकुमार राई चयन भएका छन् । सर्वसम्मत चयन भएका पदाधिकारीसहित कार्यसमितिका सदस्यहरुलाई जिल्ला कार्य समितिका सदस्य गणेश राईले सपथ ग्रहण गराए ।

सोही अवसरमा समितिका निवर्तमान अध्यक्ष हिरण्य राईको संयोजकत्वमा ११ सदस्यीय सल्लाहकार समिति सर्वसम्मत चयन भएको छ । अन्य सदस्यहरुमा क्रमशः निवर्तमान सचिव दिवस राई, सोभित राई, ऋषि राई, ईन्द्रवहादुर राई, हेमन्त राई, सीताराम राई, सुर्यवहादुर राई, लालवहादुर राई, नरवहादुर राई र विश्वनाथ राई रहेका छन् । अध्यक्ष हिरण्य राईको सभापतित्व एवम् किरात राई यायोक्खा जिल्ला समिति झापाका सदस्य गणेश राईको प्रमुख आतिथ्य रहेको कार्यक्रममा कनकाईका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई विशेष सम्मान गरिएको संस्थाका अध्यक्ष हिरण्य राईले जानकारी दिएका छन् ।
कार्यक्रममा सहभागी भएका सम्मानित जनप्रतिनिधिहरुमा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेल, उपप्रमुख आशा शर्मा शिवाकोटी, कनकाई २ का वडाअध्यक्ष बलराम राई(प्रताप) , वडा नं.५ का वडाअध्यक्ष कृष्णवहादुर राई, कार्यपालिका सदस्य कृष्णमाया भुजेल, कनकाई १ का वडासदस्य हरिकुमार राई, वडासदस्य भगन टुडु रहेका छन् भने संस्थाका सल्लाहकार ऋषि राई र पुर्व नृत्य टोली संयोजक मनिता राईलाई समेत सम्मान गरिएको छ ।
संस्थाका सचिव दिवस राईको संचालन तथा सहसचिव बालचन्द्र राईले स्वागत गरेको कार्यक्रममा संस्थाका अध्यक्ष हिरण्य राईले संस्थाको प्रगति विवरण साथै कोषाध्यक्ष निर्मला राईले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेल, उपप्रमुख आशा शर्मा शिवाकोटी, नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद झापाका अध्यक्ष भरत श्रेष्ठ, कनकाई २ का वडाअध्यक्ष बलराम राई, वडा नं.५ का अध्यक्ष कृष्णवहादुर राई लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमका अवसरमा सहभागी भएका अतिथीहरुलाई संस्थाले किरात राजा यलम्बरको तस्विर अंकित मायाको चिनो प्रदान गरेको थियो ।