Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » शिवसताक्षीका नवनिर्वाचित जनप्रतिनिधिले पदभार ग्रहण, दमकल खरिदको पहिलो निर्णय
    राजनीति

    शिवसताक्षीका नवनिर्वाचित जनप्रतिनिधिले पदभार ग्रहण, दमकल खरिदको पहिलो निर्णय

    कनकाई खबरBy कनकाई खबर२०७९ जेष्ठ १२, बिहीबार १५:१९ गते2 Mins Read

    शिवसताक्षी \ शिवसताक्षी नगरपालिकामा नवनिर्वाचित नगरप्रमुख तथा उपप्रमुखले पदभार ग्रहण गरेका छन् ।


    आज शिवसताक्षी नगरपालिकाको कार्यकक्षमा नगरपालिकाका नगर प्रमुख मेगहाङ्ग थोप्रा (रोसन) र उपप्रमुख नरमाया कार्कीलाई प्रमुख प्रशासकीय अधिकृत प्रकाश चौधरीले पद भार ग्रहण गराएका हुन् । पदभार ग्रहण गर्दै नगरप्रमुख थोप्राले शिवसताक्षीको आवश्यकता र नगरबासीको चाहाना अनुसार यसै आ.व. भित्र सेवा दिन दमकल खरिदको निर्णय गरे ।


    त्यस्तै शिवसताक्षी नगरपालिकाका सवै नव निर्वाचित वडाध्यक्ष र सदस्यहरुलाई सपथ ग्रहण गराइएको थियो । कार्यक्रममा नगरप्रमुख थोप्राले वडाध्यक्षहरुलाई सकेसम्म आजै वडामा पदभार ग्रहण गरी जनताको काममा लाग्न आग्रह गरे । नगर तथा वडामा आउने कामहरुमा नगरबासीलाई सर्वशुलभ हुने वडाका कामहरु गर्न सम्पूर्ण कर्मचारीहरुलाई सुझाए ।


    नगरका खोलानालामा तटबन्धनका समस्या, कृषकलाई मलको समस्या, खानेपानीको समस्यालाई सम्बोधन गर्न लागी पर्ने उनको भनाई थियो । नगरमा रहेका विद्यालयहरुको भौतिक अवस्थामा सुधार भएपछि शिक्षाको गुणस्तरकालागि शिक्षकहरुलाई विभिन्न तालिम दिई गुणस्तरीय शिक्षा प्रदान गर्ने प्रतिबद्धता जनाए । उनले सबै वडाध्यक्षहरुलाई शासक होइन सेवक भएर काम गर्न आग्रह गरे ।

    कार्यक्रममा शिवसताक्षी नगरपालिका निर्वाचन अधिकृत मधु पोख्रेलले निर्वाचित जनप्रतिनिधिहरुलाई शुभकामना दिदै, ऐन कानूनको परिधिभित्र रहेर कार्य सम्पादन गर्न सुझाब दिए ।


    सोही अवसरमा शिवसताक्षी नगरपालिकाका निवर्तमान नगरप्रमुख चन्द्रकुमार शेर्मा, नगर उपप्रमुख भोजकुमारी नेपाल, नेकपा एमालेका प्रदेश कमिटी सचिवालय सदस्य राजिव घिमिरे, नेपाली कांग्रेसका नगर सभापति अशोक बस्नेत, नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष महेन्द्र भट्टराई, जनता समाजबादीका नगर सचिव पवन चाम्लिङ्ग लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको स्वागत प्रमुख प्रशाकीय अधिकृत प्रकाश चौधरीले गरेका थिए भने सञ्चालन प्रशासन प्रमुख डिल्ली नेपालले गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.