Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाईका जनप्रतिनिधिले सपथ लिए , शासक नभएर जनताको सेवक बन्ने प्रतिवद्धता
    राजनीति

    कनकाईका जनप्रतिनिधिले सपथ लिए , शासक नभएर जनताको सेवक बन्ने प्रतिवद्धता

    कनकाई खबरBy कनकाई खबर२०७९ जेष्ठ ९, सोमबार १७:०९ गते3 Mins Read

    कनकाई खबर \ स्थानीय तह निर्वाचनमा झापाको कनकाई नगरपालिकाबाट निर्वाचित जनप्रतिनिधिहरुलाई आज एक कार्यक्रमका विच प्रमाण पत्र वितरण साथै सपथ ग्रहण गराइएको छ ।


    कनकाई नगरपालिकास्थित निर्वाचन आयुक्त दिपक कोइरालाले नवनिर्वाचित नगर प्रमुख राजेन्द्र पोखरेल , उपप्रमुख आशा शर्मा शिवाकोटीसहित कनकाईका नौ वटै वडाका वडाअध्यक्ष र अन्य सबै निर्वाचित सदस्यहरु गरी ४७ जना जनप्रतिनिधिलाई प्रमाण पत्र वितरण गर्दै सपथ खुवाएका छन् ।


    नवनिर्वाचित नगर प्रमुख पोखरेलले जिल्ला अदालत झापाको सभाहलमा झापाका मुख्य निर्वाचन अधिकृत गिरिराज गौतमबाट सपथ लिएका थिए । निर्वाचनको मत परिणाम प्राप्त भइसकेका झापाका पालिका प्रमुखहरुलाई एकै साथ मुख्य निर्वाचन अधिकृत गौतमले पद तथा गोपनियताको सपथ गराएका थिए । यसैगरी कनकाईमा नवनिर्वाचित नगर प्रमुख पोखरेलले उपप्रमुख आशा शर्मा शिवाकोटीसहित सम्पूर्ण वडाअध्यक्ष र सदस्यहरुलाई सपथ खुवाएका थिए ।


    कनकाई नगरपालिका प्रमुखमा नेकपा एमालेका तर्फबाट निर्वाचित पोखरेलले दोस्रो कार्यकालको जिम्मेवारी प्राप्त गरेका हुन् । पदभार ग्रहण गर्दै नगर प्रमुख पोखरेलले कनकाईको समृद्धिकालागि स्रोत साधनले समुन्नत बनाएर अघि बढ्ने प्रतिवद्धता जनाएका छन् । आगामी कार्यकालमा नयाँ चिन्तनका साथ अघि बढ्ने योजना रहेको बताउँदै नवनिर्वाचित नगर प्रमुख पोखरेलले सरकारबाट आएको बजेटमा मात्र सिमित नरही नगरवासीको ईच्छाअनुसार कार्य सम्पादन गर्नकालागि नगरको स्रोत साधनलाई थप व्यवस्थित बनाउँने बताए । सम्पूर्ण राजनीतिक दलहरुको सल्लाह र सुझावलाई सम्पत्तिका रुपमा ग्रहण गर्दै आगामी दिनमा कनकाईको २० वर्षे रणनीतिक योजनाका आधारमा पाँच वर्षे आवधिक योजनाको कार्यक्रम सम्पन्न भइसकेको नगर प्रमुख पोखरेलले जानकारी दिए । आगामी दिनमा योजना तर्जुमा गर्दा सबै राजनीतिक दलहरुसँग सहकार्य गरेर अघि बढ्ने समेत नगर प्रमुख पोखरेलले प्रतिवद्धता जनाएका छन् । कनकाई नगरको समृद्धिकालागि आम नगरवासी विच एकआपसको सहमति साथै एकताको आवश्यक रहेको भन्दै नगर प्रमुख पोखरेलले सबैलाई सकारात्मक साथै रचनात्मक सल्लाह सुझावकालागि आह्वान गरेका छन् । आँफु जनताको सेवा गर्न आएको सेवक भएको बताउँदै नगर प्रमुख पोखरेलले आगामी दिनमा कृषि, शिक्षा, स्वास्थ्य,पर्यटन लगायतका क्षेत्रमा प्राथमिक्ताका साथ अघि बढ्ने प्रतिवद्धता जनाएका छन् ।

    कनकाई नगरपालिकाकी नवनिर्वाचित उपप्रमुख आशा शर्मा शिवाकोटीले आगामी दिनमा न्याय सम्पादनको क्षेत्रलाई छिटो, छरितो र पारदर्शी बनाउँने प्रतिवद्धता व्यक्त गरेकी छन् । शिक्षालाई पहिलो प्राथमिक्तामा राखेर कार्य सम्पादन गर्ने बताउँदै उपप्रमुख शिवाकोटीले निवर्तमान उपप्रमखसँग सहकार्य गरेर कार्य सम्पादन गर्ने बताएकी छन् ।


    कनकाई नगरका निर्वाचन आयुक्त दिपक कोइरालाले निर्वाचित जनप्रतिनिधिहरुले अब ५ गियरको स्पिडमा अघि बढ्नु पर्ने तर्फ जोड दिँदै परम्परागत शैलिमा एक÷ दुई गियरको स्पिडले मात्र अब लक्ष्यमा पुग्न नसकिने बताए । निर्वाचित सम्पूर्ण जनप्रतिनिधिले शासक होइन जनताको सेवक बनेर अघि बढ्न निर्वाचन आयुक्त कोइरालाले अनुरोध गरे ।
    कनकाई नगरपालिाकाका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद न्यौपानेले स्वागत तथा कर्मचारी लक्ष्मीप्रसाद अधिकारीले संचालन गरेको कार्यक्रममा प्रमुख अतिथिका रुपमा रहनुभएका प्रदेश सभा सदस्य हीराकुमार थापा, नवनिर्वाचित उपप्रमुख आशा शर्मा शिवाकोटी, निवर्तमान उपप्रमुख मन्जु प्रसाईँ, नगर प्रमुख, उपप्रमुखका प्रत्यासी उम्मेद्वारहरु, निवर्तमान नगरप्रवक्ता गोविन्द पौडेल साथै स्थानीय स्तरका क्रियाशिल राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरुले निर्वाचित सम्पूर्ण जनप्रतिनिधिहरुको कार्यकाल सफलताको कामना गरेका छन। ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.