Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » दोस्रो कार्यकालमा नगरवासीले थप परिवर्तनको महशुस गर्नेछन् ः नवनिर्वाचित नगर प्रमुख पोखरेल
    राजनीति

    दोस्रो कार्यकालमा नगरवासीले थप परिवर्तनको महशुस गर्नेछन् ः नवनिर्वाचित नगर प्रमुख पोखरेल

    कनकाई खबरBy कनकाई खबर२०७९ जेष्ठ ३, मंगलवार १८:३१ गते3 Mins Read

    कनकाई खबर \ झापाको कनकाई नगरपालिकाको प्रमुखमा राजेन्द्र पोखरेल पुन निर्वाचित भएका छन् ।

    नगर प्रमुखमा पोखरेलसँगै उपप्रमुख पदकालागि नेपाली कांग्रेसका तर्फबाट उम्मेद्वार बनेकी आशा शर्मा शिवाकोटी निर्वाचित भएकी छन् । दोस्रो कार्यकालकालागि निर्वाचित भएसँगै संक्षिप्त मन्तव्य राख्दै नवनिर्वाचित नगर प्रमुख पोखरेलले आगामी दिनमा सम्पूर्ण नगरवासीकै प्रमुखका रुपमा उभिएर कार्य सम्पादन गर्ने बताए । दोस्रो कार्यकालमा नगरवासीले थप परिवर्तनको महशुस गर्न सक्ने छन् भन्दै नवनिर्वाचित नगर प्रमुख पोखरेलले जनताको भावना सम्बोधन हुने बताए ।

    आफ्ना निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका रुद्रप्रसाद चिमरीयालाई २ हजार १२ मतको अन्तरले पछि पार्दै नेकपा एमालेका तर्फबाट उम्मेद्वारी बनेका पोखरेल कनकाई नगरपालिकाको प्रमुखमा पुन निर्वाचित भएका हुन् । नवनिर्वाचित नगर प्रमुख पोखरेलले ८ हजार ६ सय ७३ मत प्राप्त गरी विजयी बनेका छन् भने निकटतम प्रतिद्वन्दी कांग्रेसका चिमरीयाले ६ हजार ६ सय ६१ मत प्राप्त गरेका छन् ।


    मेयरको प्रत्यासीका रुपमा रहेका शेरवहादुर थापाले मतगणना स्थलमै गएर सर्वप्रथम नवनिर्वाचित नगर प्रमुखलाई फुलमाला लगाएर बधाई तथा शुभकामना व्यक्त गरे । थापाले आगामी दिनमा सबै पक्षलाई समेटेर सम्मानजनक व्यवहार गर्न समेत नवनिर्वाचित नगर प्रमुखलाई सुझाव दिए ।


    त्यस्तै उपप्रमुख पदकालागि नेपाली कांग्रेसका तर्फबाट उम्मेद्वार बनेकी आशा शर्मा शिवाकोटीले एमाले तर्फकी उपमेयरकी उम्मेद्वार मन्जु प्रसार्इँलाई १ हजार ८ सय ६८ मतको अन्तरले पछि पार्दै विजयी बनेकी छन् । नवनिर्वाचि उपप्रमुख शिवाकोटीले १० हजार ७ सय १३ मत प्राप्त गरी विजयी बनेकी हुन् भने निकटतम प्रतिद्वन्दी मन्जु प्रसाईँले ८ हजार ८ सय ४५ मत प्राप्त गरेकी छन् ।


    त्यस्तै प्रारम्भिक चरणमा निक्कै प्रतिस्पर्धामा पुगेर चर्चा कमाएका स्वतन्त्र तर्फका मेयरका उम्मेद्वार शेरवहादुर थापाले ५ हजार ६ सय ९१ मत प्राप्त गर्न सफल भएका छन् । कनकाईको नगर प्रमुखमा राप्रपाको तर्फबाट उम्मेद्वार बनेका श्यामसुन्दर ओलीले २ हजार २ सय पाँच मत प्राप्त गरेका छन् भने विवेकशिल साझा पार्टी तर्फका भिमप्रसाद अधिकारीले १ सय ८४ मत प्राप्त गरेका छन् । त्यस्तै स्वतन्त्र तर्फका देवीप्रसाद उप्रेतीले ११ मत प्राप्त गरेका छन् भने मौलिक जरोकिलो पाटीबाट टंका उप्रेतीले २० मत प्राप्त गर्न सफल भएको निर्वाचन आयुक्त दिपक कोइरालाले जानकारी दिएका छन् ।


    उपप्रमुख तर्फका अन्य उमेद्वारहरु राप्रपाकी सचित्रा खनालले १ हजार ६ सय ९५ मत प्राप्त गरेकी छन् भने नेकपा एकिकृत समाजवादीकी अम्बिका महत उप्रेतीले ६ सय २० मत, विवेकशिल साझा पार्टी तर्फकी अम्बिका चापागाईले १ सय १७ मत प्राप्त गर्न सफल भएकी थिइन् । त्यस्तै उन्नत लोकतन्त्र पार्टीका तर्फबाट विन्ध्या बराइलीले ७ मत र मौलिक जरो किलो पार्टीका तर्फबाट शान्ता दहालले १७ मत प्राप्त गर्न सफल भएको बताइएको छ ।


    मत गणनाको समापनसँग कनकाईको वडा नं.२ र ३ को समेत परिणाम सार्वजनिक गरिएको छ । प्राप्त मत परिणाम अनुसार वडा नं.२ को अध्यक्षमा बलराम राई(प्रताप) निर्वाचित भएका छन् । उनले ७९४ मत प्राप्त गरी आफ्ना निकट्तम प्रतिद्वन्दी स्वतन्त्र तर्र्फका उम्मेद्वार परशुराम गिरीलाई पराजित गरेका हुन् । गिरीले ७५१ मत प्राप्त गरेका थिए भने नेपाली कांग्रेस तर्फका उम्मेद्वार अर्जुन राईले ६४६ मत प्राप्त गरेका थिए ।

    त्यस्तै कनकाईको वडा नं.३ बाट एमाले तर्फका युवराज चम्लगाईँ वडाअध्यक्षमा निर्वाचित भएका छन् । उनले १५८० मत प्राप्त गरी विजयी भए भने निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका मिनकुमार प्रधानले १३६० मत प्राप्त गरे । त्यस्तै स्वतन्त्र तर्फका उम्मेद्वार युवराज संग्रौलाले १३०८ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ । त्यस्तै राप्रपा तर्फका हरिन्द्र कार्कीले ४७६ मत प्राप्त गर्दै गर्दा विवेकशिल साझा पार्टीले ८६ मत प्राप्त गरेको बताइएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.