कनकाई खबर \ झापाको कनकाई नगरपालिका वडा नं. १ मा नेकपा एमालेको प्यानल नै निर्वाचित भएको छ ।
एमालेको वडाअध्यक्ष पदका उम्मेद्वार सुशिलकुमार पोखरेलसहित प्यानल निर्वाचित भएको हो । पोखरेलका निकतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका वडाअध्यक्षका उम्मेद्वार सूर्यकुमार थापाललाई २६७ मतान्तरले पछि पार्दै उनी निर्वाचित बनेका हुन् । पोखरेलले १२१६ मत प्राप्त गरेका छन् भने थापाले ९४९ मत प्राप्त गरेका थिए ।
त्यस्तै महिला सदस्यमा निर्वाचित निर्मला खड्काले १२१५, दलित महिला सदस्यमा निर्वाचित संजिता घतानी ल्वागुनले १२३२ मत , खुल्ला सदस्य तर्फका दलबहादुर थापाले ११८८ मत र हरिकुमार राईले १२३६ मत प्राप्त गर्दै निर्वाचित भएका छन् ।
कमेन्टस्