कनकाई खबर \ कनकाई नगरपालिकामा २० हजार ४ सय ७६ मत गणनाको परिणाम सार्वजनिक हुँदा एमाले तर्फ मेयरका उम्मेद्वार राजेन्द्र पोखरेललाई ६ हजार ७ सय ३६ मत प्राप्त भएको छ ।
पोखरेल नेपाली कांग्रेसका रुद्रप्रसाद चिमरीयालाई १ हजार ६ सय ७९ मतले पछि पार्दै अघि बढ्दैछन् । त्यस्तै स्वतन्त्र तर्फका शेरवहादुर थापासँग १ हजार ९ सय ४९ मतले सुर्यले अग्रता लिएको छ । उपमेयरमा रुख तर्फकी आशा शर्मा शिवाकोटीले सुर्य तर्फकी मन्जु प्रसाईसँग १ हजार ३ सय ३२ मतको अन्तरले अग्रता लिएकी छन् ।
हाल सम्ममा कनकाईको वडा नं. ४, ५, ६, ७, ८ र वडा नं.९ मा मत गणना सम्पन्न भइसकेको छ भने वडा नं. १, २ र ३ को गणना जारी रहेको बताइएको छ ।
प्रमुख तर्फ
सुर्य , राजेन्द्रकुमार पोखरेल ६७३६
रुख , रुद्रप्रसाद चिमरिया ५०५७
जेब्रा , शेर बहादुर थापा ४७८७
हलो , श्यामसुन्दर ओली १७६९
तराजु , भिमप्रसाद अधिकारी १४३
पुतली , देवीप्रसाद उप्रेती १
कम्प्युटर, टंका उप्रेती १८
उप प्रमुख तर्फ
सुर्य , मञ्जु प्रसाईं ६९३१
रुख , आशा शर्मा ८२६३
हलो , सचित्रा खनाल चुडाल १४१६
कलम , अम्बिका महत उप्रेती ५४७
तराजु , अम्बिका चापागाईं सुवेदी ९१
किताब , बिन्दिया बराइली ७
किबोर्डसहितको कम्प्युटर शान्ता दहाल १५
Kanakai khabar.com
वडाअध्यक्ष तर्फ वडा नं.३ मा ३९५८ मत गणना हुँदा
सुर्य ११६८
रुख ९३५
हलो ३६४
जेब्रा ९६२
तराजु ७६
kanakai khabar.com
वडाअध्यक्ष तर्फ वडा नं. १ मा ४०० मत गणना हुँदा
सुर्य १६२
रुख १२९
हलो ६५
हसिया हतौडा ९