Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » झापाका तीन वडामा ‘बागी’ विजयी
    राजनीति

    झापाका तीन वडामा ‘बागी’ विजयी

    कनकाई खबरBy कनकाई खबर२०७९ जेष्ठ ३, मंगलवार ०३:०० गते2 Mins Read

    बिर्तामोड \ झापाका तीन वडामा ‘बागी’ उम्मेदवार विजयी भएका छन् । गौरादह नगरपालिका ३, झापा गाउँपालिका ३ र बाह्रदशी गाउँपालिका ४ मा ‘बागी’ उम्मेदवारहरू विजयी भएका हुन् । गौरादह ३ को वडाध्यक्षमा एमालेका ‘बागी’ दिलिपकुमार भण्डारी विजयी भएका हुन् । उनले एमालेका गजेन्द्रप्रसाद घिमिरेलाई झण्डै दोब्बर मतान्तरले पराजित गर्दै वडाध्यक्षमा जित हासिल गरे ।

    ‘जेब्रा’ चुनाव चिह्न लिएर लडेका भण्डारीले १ हजार ९४ मत पाए भने निकटतम प्रतिस्पर्धी घिमिरेले ५ सय ८६ मत मात्र पाए । घिमिरे यसअघिका पनि वडाध्यक्ष हुन् । योपल्ट पार्टीबाट वडाध्यक्षको टिकटका लागि लामो प्रयास र लबिङ गरेपनि पार्टीले पुनः घिमिरेलाई नै टिकट दिएपछि भण्डारी बागी उम्मेदवार उठेका थिए ।

    जिल्लाको झापा गाउँपालिका ३ को वडाध्यक्षमा पनि ‘बागी’ उम्मेदवार विजयी भएका छन् । नेपाली कांग्रेसका बागी सुवासलाल गणेश वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनले निकटतम प्रतिस्पर्धीहरू एमालेका खड्गनारायण राजवंशी र कांग्रेसका भागिरथप्रसाद गणेशलाई पराजित गरे । सुवासलाल कांग्रेसका क्रियाशील कार्यकर्ता हुन् । पार्टीबाट उम्मेदवार छनोटका क्रममा भएको ‘भोटिङ’ मा पनि सुवासलालको नाम पहिलो नम्बरमा आएको थियो । तर कांग्रेस गाउँ सभापति सागिरथप्रसाद गणेशले आफ्ना दाजु भागिरथप्रसादलाई वडाध्यक्षको टिकट दिने निर्णय गरेपछि सुवासलाल बागी उम्मेदवार उठेका थिए । ‘भुईँकटर’ चुनाव चिह्न लिएर वडाध्यक्षमा निर्वाचित सुवासलालले ९५५ मत प्राप्त गरे । निकटमत् प्रतिस्पर्धी एमालेका खड्गनारायणले ६ सय ६३ र कांग्रेसका भागिरथले ५ सय ५९ मत मात्र प्राप्त गरे।

    यस्तै बाह्रदशी गाउँपालिका ४ मा कांग्रेसका ‘बागी’ उम्मेदवार विजयी भएका छन् । उक्त वडामा बागीको प्यानल नै विजयी भएको हो । कांग्रेसका पुराना क्रियाशील महताव आलमले पार्टीबाट टिकट नपाएपछि बागी उम्मेदवारी दिएका थिए । बाह्रदशीमा कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन भएपछि उक्त वडामा माओवादीले उम्मेदवार उठाएको थियो । गठबन्धनविरुद्ध प्यानल बनाएर बागी उम्मेदवारी दिएका आलमको प्यानल नै निर्वाचित भएको हो । आलमले ७ सय ५२ मत पाएका थिए भने गठबन्धनबाट वडाध्यक्षका उम्मेदवार बनेका माओवादी केन्द्रका समिम मियाँले ५ सय ९१ मत मात्र पाए ।

    ‘गुलाफको फूल’ चिन्ह लिएर चुनाव लडेको आलम प्यानलबाट महिला सदस्यमा कल्पना श्रेष्ठ, दलित महिला सदस्यमा सुमित्रादेवी मोची तथा सदस्यमा विवेककुमार गणेश र बलबहादुर बानियाँ निर्वाचित भएका हुन् । दलित महिला सदस्य सुमित्रा र सदस्य विवेक पनि कांग्रेसका बागी हुन् । कल्पना एमालेकी बागी हुन् ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.