कनकाई खबर \ झापाको कनकाईमा जारी मतगणनाको हालै सार्वजनिक भएको परिणामका आधारमा सुर्य चिन्हले अग्रता लिएको छ । जारी मत गणनाको १२ हजार ३ सय ५८ को परिणाम हालै सार्वजनिक भएको हो । जस अनुसार मेयर पदकालागि जेब्रा चुनाव चिन्हका शेरवहादुर थापालाई ७६ मतको अन्तरले पछि पार्दै सुर्य चुनाव चिन्हका उम्मेद्वार राजेन्द्र पोखरेलले अग्रता लिन थालेका छन् । यस अघि ८६५ मतका साथ जेब्राले अग्रता लिएको भएपनि हाल जम्मा खसेको मत मध्ये ठीक आधा गणना भइसक्दा सुर्यले अग्रता लिन थालेको हो । त्यस्तै उपमेयरमा भने रुखले अग्रता लिन थालेको बताइएको छ ।
कनकाईमा २५ हजार ८ सय ५१ मत खसेको हो । हाल सम्ममा कनकाईको वडा नं.६, ७, ८ र वडा नं.९ मा मत गणना सम्पन्न भइसकेको छ भने वडा नं.३, ४, ५ को गणना जारी रहेको बताइएको छ ।
प्रमुख तर्फ
सुर्य , राजेन्द्रकुमार पोखरेल ३९४०
रुख , रुद्रप्रसाद चिमरिया २४३३
जेब्रा , शेर बहादुर थापा ३८६४
हलो , श्यामसुन्दर ओली ७९२
तराजु , भिमप्रसाद अधिकारी ५४
पुतलि , देवीप्रसाद उप्रेती १
कम्प्युटर, टंका उप्रेती ९
उप प्रमुख तर्फ
सुर्य , मञ्जु प्रसाईं ४२७०
रुख , आशा शर्मा ४५५५
हलो , सचित्रा खनाल चुडाल ७५८
कलम , अम्बिका महत उप्रेती ४०५
तराजु , अम्बिका चापागाईं सुवेदी ५२
किताब , बिन्दिया बराइली ६
किबोर्डसहितको कम्प्युटर शान्ता दहाल ९
वडाअध्यक्ष तर्फ वडा नं.५ मा १५५० मत गणना हुँदा
सुर्य ७६९
रुख ६०९
हलो ३९
वडाअध्यक्ष तर्फ वडा नं.४ मा १४५१ मत गणना हुँदा
सुर्य ६३७
रुख ५५०
हलो ६६
तराजु १६
हसिया हतौडा ४९
वडाअध्यक्ष तर्फ वडा नं.३ मा ९०१ मत गणना हुँदा
सुर्य ३१०
रुख १६७
हलो ७५
जेब्रा १९९
तराजु २३
हसिया हतौडा २