कनकाई खबर \ कनकाईको वडा नं.७, ८ र ९ को भर्खरै २ हजार ४ सय १९ मतको परिणाम सार्वजनिक भएको छ
जसअनुसार मेयर तर्फ सुर्य चिन्ह ६६२, रुख चिन्हमा २८१ मत आएको छ । त्यस्तै हलो चिन्हमा ९४, जेब्रा १०८४, तराजु १, पुतली १ मत आएको छ । मेयर पदकालागि जेब्रा र सुर्य चिन्हको मतान्तर ४२२ रहेको छ ।
उपमेयर तर्फ सुर्य चिन्हमा ८५५ मत, रुख चिन्हमा ७०२, हलोमा १७४ मत , कलम ७१ मत, तराजुले ८ मत, कितावले २ मत प्राप्त गरेको छ ।
वडाअध्यक्ष तर्फ वडा नं.७ को प्रारम्भिक चरणको ५० मत गणना हुँदा सुर्य तर्फ ८ , रुखमा २३, हसिया हतौडा १ र हलोले १ मत प्राप्त गरेको छ ।
त्यस्तै वडा नं. ८ तर्फ सुर्य चिन्हमा ५०२, रुख चिन्हमा ५०९ मत, आएको छ । त्यस्तै हलोमा १४० मत, जेब्रा २३ मत, हसिया हतौडाले ४८ मत र मुढाले ३ मत प्राप्त गरेका छन् ।
वडा नं.९ तर्फ सुर्यमा ५३६, रुख २७८, जेब्रा ४८, साइकल तर्फ २ मत प्राप्त भएको निर्वाचन आयुक्त दिपक कोइरालाले जानकारी दिएका छन् ।