कनकाई खबर \ कनकाईको वडा नं. ८ र ९ को भर्खरै १ हजार ८ सय ७६ मतको परिणाम सार्वजनिक भएको छ ।
जसअनुसार मेयर तर्फ सुर्य चिन्ह ५२८, रुख चिन्हमा २०८ मत आएको छ । त्यस्तै हलो चिन्हमा ७३, जेब्रा ८३१, तराजु १, पुतली १ मत आएको छ । मेयर पदकालागि जेब्रा र सुर्य चिन्हको मतान्तर ३०३ रहेको छ ।
उपमेयर तर्फ सुर्य चिन्हमा ६७६ मत, रुख चिन्हमा ५३२, हलोमा १३३ मत , कलमले ५१ मत, तराजुले ६ मत, कितावले २ मत प्राप्त गरेको छ ।
वडाअध्यक्ष तर्फ वडा नं. ८ मा १ हजार ५० मत गणना भइसकेको छ । जस अनुसार सुर्य चिन्हमा ४०८, रुख चिन्हमा ३८७ मत, आएको छ । त्यस्तै हलोमा १०३ मत, जेब्रा १८ मत, हसिया हतौडाले ३४ मत प्राप्त गरेका छन् ।
वडा नं.९मा ८२६ मत गणना हुँदा वडाअध्यक्ष तर्फ सुर्यमा ४१९, रुख २२७, जेब्रा ४१, साइकल तर्फ २ मत प्राप्त भएको निर्वाचन आयुक्त दिपक कोइरालाले जानकारी दिएका छन् ।