Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाईमा एमालेको जीत निश्चित छ, अबको ५ बर्षमा पर्यटकीय नगरी बनाउने छौं : इञ्चार्ज लम्साल
    राजनीति

    कनकाईमा एमालेको जीत निश्चित छ, अबको ५ बर्षमा पर्यटकीय नगरी बनाउने छौं : इञ्चार्ज लम्साल

    adminBy admin२०७९ बैशाख २७, मंगलवार १८:३३ गते3 Mins Read

    नेकपा एमाले कनकाईको जीत सुनिश्चित रहेको नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा इञ्चार्ज रविन्द्र लम्सालले बताउनु भएको छ । जनताको उत्साह र साथका कारण एमालेको जीत सुनिश्चित भएको उहाले बताउनु भयो । चुनावी प्रचारको अन्तिम दिन आज सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै लम्सालले भन्नुभयो – “हाम्रा श्रद्धेय अध्यक्षको राष्ट्रियता प्रतिको अडान र दुरदृष्टि तथा कनकाई नगरपालिकाका जनप्रतिनिधिहरुले ५ वर्षको अवधिमा नगरमा गरेका काम हाम्रो संगठन र जनसमर्थन नै हामीले जित्ने आधार हुन् ।”

    कनकाई नगरपालिकाका जनप्रतिनिधिहरुले ५ वर्षे कार्यकालमा नगरलाई सम्बृद्ध बनाउन आवश्यकता अनुसारका ऐन कानुन बनाएर कार्यान्वयन गरेको, सुकुम्वासी र अव्यवस्थित बसोबासको व्यवस्थापन गर्न तथ्याङ्क संकलन गरी स्थलगतरुपमा नापी नक्शा समेत अन्तिम चरणमा पुगेको, मजदुरलाई मालिक बनाउन “श्रमिक स्वावलम्वन कंक्रिट उद्योग” र मजदुर सहकारीको स्थापना जस्ता महत्वपूर्ण काम गरेको कारण जनताहरुले एमाले कै स्थानीय सरकारको आवश्यकता महसुस गरेको उहाँले बताउनु भयो । यसको अतिरिक्त शिक्षाको गुणस्तर सुधार गर्न विभिन्न प्रकारका कार्यक्रम ल्याउनुको साथै कक्षा ८ सम्म स्थानीय पाठ्यक्रम बनाएर लागू गरिएको र प्राविधिक शिक्षालयको स्थापना गरी सिभिल, कम्प्युटर र जियोमेट्रिक विषयहरुमा स्नातक तहको कक्षा सञ्चालन गरेर कनकाई नगरपालिकाले शिक्षा क्षेत्रमा महत्वपूर्ण फड्को मारेका दावी उहाँले गर्नुभयो ।

    इलाका प्रहरी कार्यालय र व्यवस्थित कृषि बजारको निर्माण कार्य भईरहेको, कनकाई सामुदायिक वन अन्तर्गत विज्ञान पार्क ठेक्का लागि सकेको, माईखोला पूर्वको धनुषकोटीबाट व्यवस्थित तटबन्धन सुरु गरिएको, माइनगरपालिकासँग सहकार्यमा सुरुङ्गादेखि इलामको शुक्रबारेसम्मको डिपीआर तयार गरिएको जस्ता महत्वपूर्ण काम यस भइरहेकोले यी कामहरुलाई आगामी कार्यकालमा पूरा गरी सुन्दर नगरी बनाउने लक्ष्य रहेको उनीले बताए ।

    नगरलाई स्वच्छ, सफा र सुन्दर बनाउन खेर गईरहेको फोहोरलाई संकलन गरेर कनकाई बिर्ता अर्जुन नविकरणीय उर्जा नामक संस्था मार्फत ग्यास उत्पादन गरी पाइपलाइनबाट १२०० घरघुरीलाई ग्यास पु¥याउने र प्राङ्गाणिक मल उत्पादन गर्ने कार्य अन्तिम चरणमा पुगेको, प्रशासनिक भवनको निर्माण, कालोपत्रे बाटो निर्माण तथा बाटोको स्तरोन्नति जस्ता भौतिक पूर्वाधार विकास, विविध भाषिक र जातीय संस्कृतिको संरक्षण र प्रबद्र्धन, युवा, महिला, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक विपन्न र लक्षित वर्गका क्षेत्रमा गरेको महत्वपूर्ण कामका कारण जनताको विश्वास एमालेको सरकारप्रति बढेको उहाँले बताउनु भयो ।

    राष्ट्र र राष्ट्रियताका सवालमा हाम्रा अध्यक्षको चट्टानी अडान, लिपुलेक, कालापानी र लिपीयाधुरालाई समेटेर व्यापक राष्ट्रिय सहमतीमा नक्सा जारी, २०७२ सालको महा भुकम्पबाट ध्वस्त संरचना पुनर्निर्माणमा देखाएको तदारुकता, मित्रराष्ट्र चीनसँग पारवहन सन्धी गरी भारतले पटक पटक गर्ने आर्थिक नाकाबन्दीलाई सदाका लागि अन्त्य गरी तेस्रो मुलुकसँगको व्यापारमा सहज पहुँच कायम, कृषिमा यन्त्रीकरण र आधुनिकीकरणको लागि अनुदानको व्यवस्था, प्रत्येक पालिकामा १५ शैयासम्मको आधारभूत अस्पतालको व्यवस्था, १३ हजार भूमिहिन जनतालाई भूमि सहितको आवासको व्यवस्था, जनता आवास कार्यक्रम अन्तर्गत ५ लाख घरबारविहिन जनतालाई आवास निर्माण गरी हस्तान्तरण, सामाजिक सुरक्षा भत्तामा बृद्धि गरी योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको सुरुवात जस्ता महत्वपूर्ण काम हाम्रा श्रद्धेय अध्यक्षले नेतृत्व गर्नुभएको नेकपा एमालेको सरकारले गरेको कारण जनताको विश्वास एमालेले पाएको उहाँले दावी गर्नुभयो ।

    अबको ५ बर्ष एमाले नेतृत्वको स्थानीय सरकारले कनकाई नगरलाई आर्थिक सम्बृद्धि र सुशासन सहितको सम्बृद्ध पर्यटकीय नगर बनाउन शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, सामाजिक सुरक्षाको क्षेत्र र धार्मिक तथा सांस्कृति क्षेत्रको संरक्षण र प्रबद्र्धन गर्ने महत्वकांक्षी योजना सहितको प्रतिबद्धता जाहेर गरेको छ । “समृद्धि, समानता र सबल नगरको आधार, वडादेखि नगरसम्म एमालेको सरकार” भन्ने नारा सहित २६ बुँदे प्रतिबद्धता पत्र जारी गरेको छ, त्यही प्रतिबद्धतालाई आधार बनाएर कनकाई नगरले विकासको फड्को मार्ने छ, लम्सालले बताउनुभयो ।

    यस नगरपालिकामा एमाले नेतृत्वको सरकारले स्वास्थ्य, शिक्षा, पूर्वाधार विकास लगायतका थुप्रै क्षेत्रमा यस अघि नै जग बसाईसकेकोले त्यसको आडमा रहेर अव ५ बर्षमा विकासको फड्को मार्ने उनले बताए । जनप्रतिनिधिहरु शासक होइनन् सेवक हुन, उनीहरु न्याय र समानताका पक्षमा सामाजिक जागरण र विकास अभियान्ता हुनेछन् भन्ने एमालेको संकल्पलाई आत्मासाथ गरेर पार्टीसँग समन्वय गरी जनप्रतिनिधिहरुले आफ्नो कार्यसम्पादन गर्ने गराउन लागिपर्ने कुरामा आफूहरु विस्वस्त भएको उहाँले बताउनुभयो ।

    कमेन्टस्

    Author

    • admin
      admin

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.