Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाईमा एमालेको जीत निश्चित : पुरानै टिमलाई जिताउन नगरवासी इच्छुक
    राजनीति

    कनकाईमा एमालेको जीत निश्चित : पुरानै टिमलाई जिताउन नगरवासी इच्छुक

    adminBy admin२०७९ बैशाख २७, मंगलवार १८:०९ गते5 Mins Read

    “बाबु तपाई नै आउनुपर्छ है यसपटक पनि, हामी विरामी भएको बेला तपाई बाहेक अरु कोही पनि हामीलाई हेर्नसम्म पनि आएनन्” कनकाई १ की एक बृद्ध आमाले भक्कानिदै नगरप्रमुखका उम्मेद्वार राजेन्द्र पोखरेललाई हात जोड्दै भनिन् । चुनावी घरदैलो कार्यक्रमका शिलशिलामा जनताका घर घरमा अभियान लिएर गएका नेकपा एमालेका तर्फबाट कनकाई नगरपालिकाका नगरप्रमुख, उपप्रमुख लगायत वडाध्यक्षसहितका जनप्रतिनिधिका उम्मेद्वारहरु लगायत एमाले नेता कार्यकर्ता सहितको उपस्थितिमा ती बृद्ध आमाले त्यस्तो अभिव्यक्ति दिएकी हुन् ।

    यसरी जनताको अभिमत लिनेक्रममा बृद्ध आमाको जस्तै अभिव्यक्ति कनकाई नगरपालिकाको ९ वटै वडामा रहेका विपन्न परिवार, श्रमिक, मजदुर, अशक्त, अपाङ्गता भएका व्यक्ति, लक्षित समुदाय लगायत अधिकांश नगरवासीहरुको दिएका थिए । कसैले घर बनाइदिएको, कसैले विरामी हुँदा आफन्तसमेत नआएको अवस्थामा भोकै तिर्खौ आफ्नो सेवा र उपचार गर्न आर्थिक र भौतिक सहयोग गरेको, कसैले नदिले कटान गरेर घरबारबिहीन बन्नलाग्दा मेयरसाव आफै पानी झरीमा भिज्दै आफूहरुको सुरक्षा गरेको त कसैले जीविकोपार्जन गर्न सीप सिकाएर स्वावलम्वी बनाएको त कसैले उद्योग र सहकारी खोलेर आफूहरुलाई मालिक बन्ने अवसर प्रदान गरेको भन्दै यसपटक पनि पुरानौ नगर प्रमुख र उपप्रमुखको टिमलाई जिताउने दृढ संकल्प गरे ।

    “कनकाईवासी आमा बुबा, दाजु भाई दिदीबहिनीहरुको अपार माया र सद्भाव प्राप्त भएको छ । चुनावी घरदैलोको क्रममा नगरवासी दिदी बहिनीहरुको अभिव्यक्तिबाट मलाई थप उत्साह मिलेको छ । आम नगरवासीको इच्छा र चाहाना अनुरुप उम्मेद्वारी दिएको हुनाले आगामी ५ वर्षे कार्यकालको लागि कनकाई नगरपालिकाको उपप्रमुखको रुपमा मैले पुन जनताको सेवा गर्ने अवसर प्राप्त गर्ने कुरामा म विश्वस्त छु ।”– भन्नुहुन्छ, नेकपा एमालेको तर्फबाट नगर उपप्रमुखको प्रत्यासी उम्मेद्वार बन्नुभएकी मञ्जु प्रसाई ।

    कनकाईका जनताको माग र कनकाई नगरीको मुहार फेर्ने दृढ संकल्प लिएर नेकपा एमालेको तर्फबाट नगरप्रमुखकोे उम्मेद्वार बनेको छु, जनताले दिएको साथ र देखाएको अगाध माया र उत्साहले हामीलाई उर्जा मिलेको छ । आगामी ५ बर्ष नगरको नेतृत्व गर्ने अवसर पाएर म यस नगरपालिकालाई नेपालको उत्कृष्ट पर्यटकीय नगरी बनाउने छु । नगरप्रमुखका प्रत्यासी उम्मेद्वार राजेन्द्रकुमार पोखरेल बताउनुहुन्छ ।

    घरदैलो कार्यक्रममा हिडिरहदा जनसमुदायबाट नेकपा एमालेका उम्मेद्वारलाई एकदमै सकारात्मक विचार प्राप्त भएको छ । शहरी क्षेत्रमा मात्र नभएर ग्रामीण क्षेत्रका आम नागरिकमा पनि उत्तिकै उत्साह रहेको पाइयो । विगतका अधुरा कामहरु पुरा गर्दै कनकाईबासीको भाग्य र भविश्य निर्माण गर्न नगरपालिकाको प्रमुख र उपप्रमुखको रुपमा विगतकै नगर प्रमुख र उपप्रमुखले टिकट पाएको वताउनुहुन्छ नेकपा एमाले कनकाई नगर कमिटी सदस्य तथा महिला इञ्चार्ज राधिका ओली कडरिया । खासगरी सम्पूर्ण नगरवासीको माग बमोजिम नगरपालिकामा यसपटकपनि पुरानै नगरप्रमुख र उपप्रमुखलाई दोहो¥याएको, कनकाईमा एमालेको वर्चश्वलाई कायम राख्न कनकाईबासी तमाम दिदीबहिनीहरुको स्वतःस्फूर्त उपस्थिति र उत्साहजनक सद्भावले थप हौसला प्राप्त भएको र दिदीबहिनीहरुले उहाँहरुलाई नै जिताउने कुरामा हामी लागिपर्ने छौं भन्ने अभिव्यक्तिबाट एमालेको तर्फबाट उम्मेद्वार बनेका नगर प्रमुख, उपप्रमुख लगायत ४७ वटै स्थानमा एमालेको जीत निश्चित भएको छ उहाँ भन्नुहुन्छ ।

    स्थानीय निर्वाचन २०७४ मा नेकपा एमालेको तर्फबाट नगरप्रमुखको उम्मेद्वार बनेका राजेन्द्रकुमार पोखरेल र उमप्रमुख मञ्जु प्रसाईले राम्रो काम गरेकोले उहाँहरुले गरेको कामको उच्च मूल्याङ्कन गरेर पार्टीले उम्मेद्वारको रुपमा अघि सारेको बताउनुहुन्छ, नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा कनकाई नगर इञ्चार्ज रविन्द्र लम्साल । हामीले कनकाई नपा को वडा नं. १ को दुगापुर बजारबाट १४ गनेदेखि घरदैले कार्यक्रम सञ्चालन ग¥यौ । नगरवासीको घर घरमा पुगिरहदा बृद्ध आमाबुबा, युवा, विद्यार्थी, महिला, मजदुर, अपाङ्गता भएका व्यक्ति लगायत आम नगरवासीकोे आशा र भरोसा हाम्रो पार्टीप्रति देखिन्थ्यो । दुर्गापुरबाट सुरु भएको हाम्रो चुनावी घरदैलो कार्यक्रम ९ वटै वडामा पुगेर कनकाई वडा नं २ को सिमसारचौकमा समापन भएको छ । यद्यपी हामीले चाहेजति सबैको घरदैलोमा पुग्न सकेनौ र फोन मार्फत नै शुभेक्षा र आशिर्वाद लियौ लम्सालले बताउनुभयो । हाम्रो पार्टीको केन्द्रीय अध्यक्ष, केन्द्रीय सल्लाहकार परिषद् सदस्य, संघीय सांसद, प्रदेश सांसद, जिल्ला इञ्चार्ज लगायत केन्द्रीय, प्रदेश र जिल्ला तहका नेताहरुको उपस्थितिमा प्रत्येक दिन प्रत्येक वडामा कोणसभाहरु भएका छन् । सबैतिर एमालेप्रतिको माया र जनताको सद्भाव उत्तिकै छ । आज सम्पन्न नगरस्तरीय मोटरसाइकल ¥यालीमा टन्टलापुर घामको कुनै प्रवाह नगरी स्वतः स्फूर्त रुपमा सहभागी भएका युवा, महिला लगायतको विशाल उपस्थितिले हाम्रो जीत निश्चित भइसकेको नेकपा एमाले कनकाई नगरकमिटीको ठम्याई रहेको छ, लम्सालले बताउनु भयो ।

    स्थानीय निर्वाचनको शिलशिलामा उम्मेद्वारी दर्ता भएपश्चात वैशाख १३ गतेदेखि घरदैलो कार्यक्रममा निस्किरहदा पार्टीप्रतिको जनलहर र कार्यकर्ताको उत्साह र प्रतिबद्धताले पार्टीलाई गाउँ गाउँ र बस्ती बस्तीबाट साथ र समर्थन प्राप्त भएको थियो । नेकपा एमालेले गरेका राम्रा कामलाई समेटेर लेखिएका जनसांस्कृतिक गीतहरुले जनताको मनमस्तिष्कमा सकारात्मक उर्जा र प्रभाव पारेको थियो । एमालेले राष्ट्रियस्तर र स्थानीयस्तरमा गरेका काम र जनलहरको प्रभावललाई देखेर अन्य पार्टीका मानिसहरुसमेत प्रभावित भएर हाम्रो पार्टीमा प्रवेश गरेका छन् । सबै वडाको चुनावी घरदैलो कार्यक्रममा चर्को घाम र पानी परेको समयमा समेत घाम, पानी, भोक तिर्खा केही नभनी एकदमै उर्जाका साथ सहभागी नगरवासीको उपस्थितिले नेकपा एमालेको तर्फबाट नगरप्रमुख, उपप्रमुख लगायत ९ वटै वडाका वडाध्यक्ष लगायत ४७ जना कै विजय निश्चित भएको दावी गर्नुहुन्छ नेकपा एमाले प्रदेश कमिटी सचिवालय सदस्य प्रेमप्रसाद दहाल ।

    संघीय सांसद तथा नेकपा एमाले प्रदेस सचिवालय सदस्य एल पी सावा लिम्वुले निर्वाचन प्रचार प्रसारको अन्तिम दिन कनकाई नपाको वडा नं. २ को जामुनखाडीमा भएको घरदैलो कार्यक्रमको समापनको दिन कोणसभालाई सम्बोधन गर्दै निर्वाचन प्रचार सुरु भएदेखि पार्टीका कार्यकर्ता र समर्थकको उत्साहजनक सहभागीताले नेकपा एमालेको जीत निश्चित भएको बताउनुभयो । नेकपा एमालेले कनकाई नगरमा गरेका राम्रा कामको कारण नै यस पटकको स्थानीय निर्वाचनमा एमालेको जीत शुनिश्चित भएको उहाँले बताउनु भयो ।

    हामी १४ गतेदेखि चुनावी घरदैलो कार्यक्रममा पुग्दैगर्दा हामीलाई १०६ बर्षे बृद्धआमाको आशिर्वाद, युवा महिला, असक्त, अपाङ्गता भएका व्यक्तिहरु लगायत आम नगरवासीको साथ, हौसला, अभिव्यक्ति र घरघरमा उनीहरुले गरेको स्वागतबाट नेकपा एमालेको जीत भइसकेको बताउनुहुन्छ, नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्य सूर्य मैनाली ।

    यही वैशाख ३० गते हुन गईरहेको स्थानीय तहको निर्वाचनको लागि वैशाख ११ र १२ गते मनोनयन दर्ता पश्चात १४ गते देखि नै एमालेले चुनावी घरदैलो कार्यक्रम सुरु गरेको थियो । कनकाई न.पाको वडा नं. १ बाट शुरु भएकाृे चुनावी घरदैलो अभियानमा पार्टीका केन्द्रीय सल्लाहकार परिषद् सदस्य सूर्य उप्रेती, वालकृष्ण उप्रेती, प्रदेश सचिवालय सदस्य प्रेम प्रसाद दहाल, प्रदेश सदस्य टंक कार्की, प्रदेश सांसद हिरा थापा लगायत केन्द्रीय तथा प्रदेशतहमा स्थानीय स्तरबाट जिम्मेवारी निर्वाह गर्नुहुने पदाधिकारी तथा सदस्यहरु निरन्तर रुपमा घरदैलो कार्यक्रममा सहभागी हुनुहुन्थ्यो । उक्त कार्यक्रममा नगर पार्टी अध्यक्ष खड्गप्रसाद प्रसाई, नगर इन्चार्ज रविन्द्र लम्साल, एमाले नगरकमिटीका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरु पार्टीका कार्यकर्ता र समर्थकको उत्साहजनक सहभागीता रहेको थियो । घरदैलो कार्यक्रमलाई नेकपा एमालेले गरेका कामहरु समेटेर तयार पारिएको जनवादी र जनसांस्कृतिक गीतहरुले उर्जा र रौनकता थपेको थियो ।

    कमेन्टस्

    Author

    • admin
      admin

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.