Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » झापामा भयरहित र स्वच्छ निर्वाचनका लागि नागरिक समाजको ११ अपिल
    समाचार

    झापामा भयरहित र स्वच्छ निर्वाचनका लागि नागरिक समाजको ११ अपिल

    adminBy admin२०७९ बैशाख २६, सोमबार १०:१२ गते4 Mins Read


    कनकाई खबर / वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण, स्वच्छ र व्यवस्थितरुपमा सम्पन्न गर्न झापाका नागरिक समाजका प्रतिनिधिले सरोकारवालाका लागि ११ बुँदे अपिल जारी गरेका छन् ।

    नागरिक अगुवा संस्थाका प्रतिनिधिको सोमबार बिर्तामोडमा सम्पन्न वैठकपछि भयरहित वातावरण र निर्वाध रुपमा मतदान गर्न पाउने आम मतदाताको अधिकार प्रत्याभूतिका लागि अपिल जारी गरिएको जनाइएको छ ।
    निर्वाचन सम्पन्न गर्न नागरिक समाजको पनि अहम् भूमिकाको आवश्यकतालाई आत्मसात र दायित्वबोध गर्दै निर्वाचनमा सहयोगी र सकारात्मक भूमिका निर्वाह गर्ने प्रतिवद्धता नागरिक तहबाट व्यक्त गरिएको छ ।

    राजनीतिक दल तथा उम्मेद्वारहरुबाट आचारसंहिताको उल्लंघन भइरहेका विषयप्रति चिन्ता र सरोकारवालाको ध्यानाकर्षण गर्दै नागरिक समाजका प्रतिनिधिले अपिलमा उल्लेखित विषयको पालना र व्यवस्थापन गर्न आग्रह गरेका छन् ।

    संवाद समूह झापाको संयोजनमा भएको वैठकमा सरकारी–गैरसरकारी क्षेत्र, राजनीतिक दल तथा उम्मेद्वारहरु सहितका सरोकारवालाले यसअघि सार्वजनिक रुपमा गरेका प्रतिवद्धता कार्यान्वयनका लागि पनि नागरिक समाजको तर्फबाट ध्यानाकर्षण गराइएको छ ।

    वरिष्ठ अधिवक्ता एवं नेपाल कानून आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगका पूर्व सदस्य लीला उदासीसहित १३ नागरिक अगुवा संस्थाका प्रतिनिधिले हस्ताक्षर गरी अपिल जारी गरेका हुन् ।
    आम मतदातालाई वैशाख ३० गते समयमै आफ्नो मतदान केन्द्रमा पुगेर स्वतन्त्ररुपमा आफूले रोजेको उम्मेद्वारलाई मतदान गर्न नागरिक समाजले अपिल गरेको छ ।

    अपिलमा नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) झापाका संयोजक डा। रुपक खनाल, मानव अधिकार सञ्जाल झापाका संयोजक विष्णु खरेल, नेपाल बार एसोसिएसन झापाका अध्यक्ष हरिप्रसाद अधिकारी, गैर सरकारी संस्था महासंघ झापाका अध्यक्ष हरि गौतम, महिला मानव अधिकार रक्षक सञ्जाल झापाकी अध्यक्ष कविता शर्मा, राष्ट्रिय उपभोक्ता मञ्च झापाका अध्यक्ष मदनगोपाल सुब्बाले हस्ताक्षर गरेका छन् ।

    त्यस्तै चेम्बर अफ कमर्श झापाका अध्यक्ष ओमकृष्ण बिमली, नेपाल शिक्षक महासंघ झापाका सचिव तोयानाथ दाहाल, प्याब्सन झापाका सचिव हरिकृष्ण पाठक।, एनप्याब्सन झापाका कोषाध्यक्ष मोहन आचार्य, नेत्रहीन संघ झापाकी अध्यक्ष सृजना बराल, र इन्सेक झापाका प्रतिनिधि नरेश खातीले अपिलमा हस्ताक्षर गरेका छन् ।

    यस्तो छ नागरिक समाजको ११ बुँदे अपिल
    १. २०७९ वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका दिन समयमै मतदानस्थल पुगेर स्वतन्त्र रुपमा मतदान गर्न आम मतदाताहरुमा अपिल गर्दछौं । निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी, मर्यादित, विश्वसनीय, व्यवस्थित र भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचन आचारसंहिताको सबैले पालना गर्न र सामाजिक सञ्जालमा आचारसंहिता विपरीतका कार्यहरु नगर्न नगराउन अपिल गर्दछौं । साथै, निर्वाचन आचारसंहिताको पालनामा सबै सरोकारवालालाई खबरदारी गर्दै आचार–संहिता उल्लंघन भएको पाइए तत्काल सरोकारवाला निकायमा खबर गर्न आम नागरिकमा अपिल गर्दछौं ।
    २. स्वच्छ, शान्त, भयरहित वातावरण र बिना प्रलोभन निर्धक्क ढङ्गले मतदाताले मतदान गर्न पाउने प्रचलित कानुन तथा मानव अधिकारको अन्तर्राष्ट्रिय मूल्य र मान्यताको सम्मानसहित ग्यारेण्टी गर्न अपिल गर्दछौं ।
    ३. अशक्त, अपाङ्गता भएकाहरु वा सहयोगी आवश्यक हुने मतदाताका हकमा इच्छाएको व्यक्ति वा निर्वाचन कर्मचारी वाहेक अन्य व्यक्तिबाट मतदान नगर्न÷नगराउन अपिल गर्दछौं ।
    ४. मौन अवधिमा पालना गर्नुपर्ने आचारसंहिताको पूर्णरुपमा पालना गर्दै यस अवधिमा मतदातालाई प्रभावित पार्ने कुनै पनि कार्य नगर्न÷नगराउनु हुन अपिल गर्दछौं ।
    ५. गर्भवती, सुत्केरी, अशक्त, अपाङ्गता भएका, ज्येष्ठ नागरिक, विरामी, किरियापुत्री तथा अन्य ९लैङ्गिक तथा यौनिक अल्पसंख्यक० मतदातालाई प्राथमिकताको आधारमा सहज र सुविधायुक्त ढङ्गले मतदान गर्न पाउने र सहज आवतजावत तथा आवश्यकता बमोजिम छुट्टै आराम कक्षको ब्यवस्था गर्न अपिल गर्दछौं ।
    ६. निर्वाचन सम्वन्धी कुनैपनि प्रयोजनका लागि वा मतदान स्थलमा तथा सामाजिक सञ्जालमा १८ बर्ष मुनिका वालवालिकाको प्रयोग नगर्न÷नगराउनुहुन अपिल गर्दछौं ।
    ७. मत बदर हुने अवस्था न्यून गर्न मतदाता शिक्षा तथा निर्वाचन कार्यालयबाट स्थापना गरिने मतदाता शिक्षा सहायता कक्षलाई प्रभावकारी बनाउन अपिल गदैछौं ।
    ८. निर्वाचन कार्यालयको तर्फबाट हरेक मतदान केन्द्रमा आवश्यकता बमोजिम खानेपानी, शौचालय, आकस्मिक औषधि तथा उपचार, सेनेटरी प्याड लगायतका अत्यावश्यक वस्तु तयारी एवं आधारभूत संरचनाको निर्माणसहितका सम्पूर्ण तयारी समयमै पूरा गर्न अपिल गर्दछौं ।
    ९. निर्वाचनको विश्वसनीयता मापन र कमजोरी सुधारका लागि निर्वाचन पर्यवक्षेकहरुले स्वतन्त्र, निष्पक्ष र तटस्थ भएर पर्यवेक्ष्ण गर्न, पर्यवेक्षणमा भेटिएका विषय वस्तुगत र तथ्यपूर्ण रुपमा समेटेर प्रतिवेदन सार्वजनिक गर्न पर्यवेक्षक तथा पर्यवेक्षण गर्ने संस्थाहरुलाई अपिल गर्दछौं ।
    १०. स्थानीय तह निर्वाचन अन्तर्गत वैशाख ३० गते मतदानका दिन सार्वजनिक तथा निजी यातायातका साधन एवं हवाइ सेवा बन्द हुने सन्दर्भमा अत्यावश्यक सेवासंगै सञ्चारकर्मी, निर्वाचन पर्यवेक्षक तथा मानवअधिकारवादीका आवश्यक संख्यामा सवारी साधन सहज अनुमति प्रक्रियाद्वारा सञ्चालनको व्यवस्था गर्न अपिल गर्दछौं ।
    ११. निर्वाचनका क्रममा कुनै समस्या उत्पन्न भए तत्काल सरोकारवालावीचको छलफल, संवाद र सहमतिबाट समाधान गर्न अपिल गर्दछौं ।

    कमेन्टस्

    Author

    • admin
      admin

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.