Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » बिर्तामोडका मेयरका ८ उम्मेद्वार एकै थलोमा, एजेण्डा आआफ्नै
    समाचार

    बिर्तामोडका मेयरका ८ उम्मेद्वार एकै थलोमा, एजेण्डा आआफ्नै

    adminBy admin२०७९ बैशाख २५, आईतवार ०८:२३ गते3 Mins Read

    कनकाई खबर / बिर्तामोड नगरपालिकाका मेयर पदका उम्मेदवारले नगरलाई फोहोरमैला मुक्त र सुरक्षित शहर बनाउने आफ्नो मुख्य एजेण्डा भएको बताएका छन् । उनीहरुले बिर्तामोडको व्यापारिक गतिविधिलाई थप बढाउने गरी खेलकुद, पर्यटन र कर प्रणाली व्यवस्थापनतर्फ विशेष योजना लागू गर्ने दाबी गरेका छन् ।

    संवाद समूह झापाले आइतबार विहान बिर्तामोडमा आयोजना गरेको छलफलमा सहभागी उनीहरुले भौतिक पूर्वाधारसंगै सम्भावना बोकेका क्षेत्रको विकास गर्न नसक्दा बिर्तामोडले हासिल गर्नुपर्ने विकासको गति समात्न नसकेको बताए ।

    नेकपा एमालेबाट मेयर पदकी उम्मेदवार पवित्रा महताराले आफ्नो पहिलो योजना बिर्तामोडलाई व्यापारिक र मानवीय दुवै हिसाबले सुरक्षित बनाउनु रहेको बताइन् । उनले बिर्तामोडलाई बन्दमुक्त क्षेत्र घोषणा गरेर व्यापारीलाई निर्धक्क व्यापार व्यवसाय गर्ने वातावरण बनाउने प्रतिबद्धता व्यक्त गरिन् । नगरपालिकाले कर प्रणालीलाई अझै पूर्णरुपमा व्यवस्थापन गरिनसकेकाले आगामी कार्यकालमा उद्योगी, व्यवसायीको हितमा हुनेगरी कर प्रणालीको व्यवस्थापन गर्ने बताइन । उनले नगरभित्र पर्यटनको सम्भावना बोकेका पोखरी, पार्कलाई व्यवस्थित गरेर पर्यटनबाट आम्दानी, बेरोजगारलाई रोजगारी सिर्जना गर्ने बताइन् । उनले डोमालाल राजवंशी रंगशालालाई बृहत्त रंगशालाको रुपमा विकास गर्ने योजना रहेको सुनाइन ।

    नेपाली कांग्रेसबाट मेयर पदका उम्मेदवार भोजराज सिटौलाले बिर्तामोडवासीको जीवनस्तर सुखी बनाउने योजनाहरु लागू गर्ने बताए । उनले गुणस्तरीय शिक्षा र स्वास्थ्यमा नगरवासीको पहु“च र सेवा पुर्याउने बताए । उनले नगरभित्रै निःशुल्क डायलासिसको व्यवस्था मिलाउने बताए । विज्ञ नियुक्त गरेर नगरको फोहोरमैलाको दीर्घकालीन व्यवस्थापन गर्ने सिटौलाले बताए । उनले डोमालाल राजवंशी रंगशाला निर्माण गरी बिर्तामोडलाई खेलकुदको क्षेत्रबाट पनि पहिचान बनाउने कार्यक्रम ल्याउने बताए । करको दर पुनरावलोकन गर्ने तथा नगरवासीलाई निःशुल्क एम्बुलेन्स सेवा दिने बताए । उनले कृषि, पर्यटनमा आम्दानीमूलक कार्यक्रम लागू गरेर नगरका प्रत्येक घरमा शुद्धखानेपानीको सुविधा पु¥याउने दाबी गरे ।

    राप्रपाबाट मेयर पदका उम्मेदवार ध्रुवकुमार उप्रेतीले आफ्नो मुख्य एजेण्डा बिर्तामोड नगरपालिकालाई वडास्तरसम्मै भ्रष्टाचारमुक्त बनाउने भएको बताए । उनले १२ कक्षासम्मको शिक्षा निःशुल्क गर्ने, सबैको पहु“चमा पुग्नेगरी स्वास्थ्य सेवा प्रदान गर्ने कार्यक्रम लागू गर्ने बताए । उप्रेतीले विज्ञसंग सल्लाह गरेर अन्धुवा खोलाको उचित व्यवस्थापन गर्ने तथा व्यापारीलाई करमा छुट, विद्युतमा छुट र ढुवानीमा समेत छुटको व्यवस्था गर्ने बताए । उनले सुत्केरी महिलालाई मासिक तीन हजार तथा सुत्केरी पशुलाई मासिक एक हजार भत्ताको सुविधा समेत दिने बताए ।

    जनता समाजवादी पार्टीबाट मेयरका उम्मेदवार उदय गुरुङले बिर्तामोडको फोहोरमैला व्यवस्थापन गर्न त्यति गाह्रो नभएकाले आफू निर्वाचित भए तत्काल उक्त काम गर्ने बताए । उनले बिर्तामोड नगरपालिकाभित्र सबै जातजाति, भाषाभाषीको सहज पहु“च हुने अवस्था सिर्जना गर्ने बताए । सामुदायिक विद्यालयको शिक्षाको अवस्था सुधार गर्ने योजना आफूहरुसंग भएको बताए ।
    नेपाल परिवार दलबाट मेयरका उम्मेदवार केदार ढुंगानाले बिर्तामोडलाई आवश्यक विकास निर्माण हुन नसकेकाले आफू उम्मेदवार बनेको बताए । उनले बिर्तामोडको १० वटै वडाको समग्र विकास गर्ने योजनासाथ चुनावी मैदानमा होमिएको बताए ।
    आमूल परिवर्तन मसिहा पार्र्टीबाट मेयरका उम्मेदवार मनकुमार खुदाङ लिम्बूले बिर्तामोड व्यापारिक महत्व बोकेको नगर भएकाले व्यापारिक क्षेत्रबाट नमुना सिटीको रुपमा विकास गर्ने योजनासाथ आफू उम्मेदवार बनेको बताए । उनले १२ कक्षासम्मको शिक्षा निशुल्क गर्ने, गरिब जनतालाई सहज र निःशुल्क स्वास्थ्य सेवा पु¥याउने योजना आफूसंग भएको बताए । उनले कृषिथोक बजारलाई आधुनिक बजारका रुपमा विकास गर्ने दाबी गरे । उनले नगरभित्रका साघुरा सडकलाई आगामी ७० वर्षसम्म प्रभावकारी हुनेगरी सडक फराकिलो बनाउने बताए ।

    मौलिक जरोकिलो पार्र्टीबाट मेयरका उम्मेदवार प्रज्वल अधिकारी शर्माले बिर्तामोडलाई नगरको अभिभावकीय निकायका रुपमा विकास गर्न आफू उम्मेदवार बनेको बताए । उनले नगरपालिकाको सही व्यवस्थापन हुन नसक्दा नगरभित्रको विकास निर्माण, शिक्षा, स्वास्थ्य, कृषिलगायतका सेवाहरु प्रभावकारी र जनमुखी बन्न नसकेको बताए ।

    मेयर पदका स्वतन्त्र उम्मेदवार नगेन्द्र अधिकारीले बिर्तामोडमा स्रोत साधन भएर पनि आशातित विकास निर्माणको काम नभएको देखेर आफू उम्मेदवार बनेको बताए । उनले आफू मेयर पदमा निर्वाचित भए सबै पक्ष र क्षेत्रलाई समेटेर बिर्तामोडलाई रुपनान्तरण गरी नमुना बनाउने बताए । उनले बिराटपोखरीलाई ‘सुन पोखरी’ को रुपमा विकास गर्ने बताए ।

    साथै मेयरका सबै उम्मेदवारले बैशाख ३० को निर्वाचन शान्तिपूर्ण, स्वच्छ, निष्पक्ष, उत्साहजनक सहभागीतामा सम्पन्न गर्न तथा निर्वाचन आयोगले जारी गरेको आचारसंहितको पूर्ण पालना गर्ने लिखित प्रतिवद्धता व्यक्त गरे ।

    कमेन्टस्

    Author

    • admin
      admin

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.