Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाईको समृद्धिमा मेयर उपमेयरका उम्मेद्वारको साझा प्रतिवद्धता
    राजनीति

    कनकाईको समृद्धिमा मेयर उपमेयरका उम्मेद्वारको साझा प्रतिवद्धता

    adminBy admin२०७९ बैशाख २३, शुक्रबार ०९:४४ गते3 Mins Read

    कनकाई खबर \ स्थानीय तह निर्वाचनका लागि झापाको कनकाई नगरपालिकाका मेयर तथा उपमेयर पदका उम्मेदवारले नगरको बेरोजगार समस्या समाधान, नगरभित्रै रोजगारीको व्यवस्था तथा नगरवासीलाई गुणस्तरीय तथा सुलभ रुपमा शिक्षा र स्वास्थ्य सेवा प्रदान गर्न आफू उम्मेदवार बनेको बताएका छन् ।


    उनीहरुले आफू निर्वाचित भएको खण्डमा कनकाई नगरपालिकालाई सुशासनयुक्त नगर बनाउने दाबी प्रस्तुत गरे । नगरमा ठूलो संख्यामा शिक्षित युवा बेरोजगार रहेको तथा बैदेशिक रोजगारमा जानुपर्ने बाध्यता रहेकाले उक्त समस्यालाई नगरभित्रै रोजगार सिर्जना गरेर समाधान गर्ने उनीहरुको भनाइ छ ।


    संवाद समूह झापा र कनकाई सुरुङ्गा प्रेस क्लबको संयुक्त आयोजनामा शुक्रबार बिहान सुरुङ्गामा भएको छलफलमा सबै दल तथा स्वतन्त्र रुपमा उम्मेद्वार बनेकाहरु एकै थलोमा उपस्थित भएर आफ्ना एजेण्डा प्रस्तुत गरे । उनीहरुले निर्वाचनलाई शान्तिपूर्ण, मर्यादित बनाउन सहयोग गर्दै निर्वाचन आचारसंहिता पूर्णरुपमा पालना गर्ने पनि प्रतिवद्धता जनाए ।


    नेकपा एमालेबाट मेयर पदका उम्मेदवार राजेन्द्रकुमार पोखरेलले बितेको पाँच बर्षमा पूरा गर्न नसकेको कामहरु आगामी कार्यकालमा पूरा गर्न पुनः उम्मेदवार बनेको बताए । उनले नगरभित्रका सुकुम्बासीलाई तीन महिना भित्र जग्गाधनी पूर्जा वितरण गर्ने धारणा राखे । पोखरेलले कनकाईलाई शिक्षा र स्वास्थ्यको हबका रुपमा विकास गर्न विगतमा धेरै काम गरिसकेको र बाँकी काम पनि तत्कालै गर्नेगरी अघि बढेको बताए ।


    नेपाली कांग्रेसबाट मेयर पदका उम्मेदवार रुद्रप्रसाद चिमरियाले आफूले नगरभित्रको सुकुम्बासी समस्या राम्ररी बुझेको बताए । उनले आफू मेयर निर्वाचित भए पहिलो प्राथमिकतामै सुकुम्बासीलाई धनीपूर्जा वितरणको काम गर्ने भनाइ राखे । चिमरियाले नगरभित्रको बेरोजगार समस्यालाई वडास्तरमै साना साना लघु उद्योग खोलेर रोजगार सिर्जना गर्ने जानकारी दिए । उनले शिक्षा, स्वास्थ्य र कृषि तथा कनकाई रिङरोडलाई नगरकै विशेष योजनाअन्तर्गत अघि बढाउने बताए ।


    राप्रपाबाट मेयर पदका उम्मेदवार श्यामसुन्दर ओलीले शिक्षा र स्वास्थ्य आफ्नो पहिलो प्राथमिकताको जिम्मेवारी भएको बताए । उनले वृद्धवृद्धालाई निःशूल्क औषधोपचारको व्यवस्था गर्ने बताए । गर्भवती महिलाका लागि सुनौला एक हजार दिन कार्यक्रम लागू गर्ने उनको भनाइ छ । उनले आफू निर्वाचित भए करको दर घटाउने र कर प्रणालीलाई वैज्ञानिक ढंगबाट अघि बढाउने बताए ।

    विवेकशील साझा पार्टीबाट मेयर पदका उम्मेदवार भीमप्रसाद अधिकारीले ३० बर्षदेखि समाधान हुन नसकेको नगरको सुकुम्बासी समस्या समाधान गर्ने बताए । उनले कमिसन र बाढी, डुबान मुक्त नगर बनाउने धारणा राखे । उनले नगरको आयस्रोत वृद्धि गरी नगरवासीमा रहेको करको भार घटाउने दाबी गरे । उनले महिला सशक्तिकरणमा जोड दिदै नगरभित्र रोजगारको अवसर सिर्जना गर्नेमा आफू लागिपर्ने बताए ।


    मौलिक जरोकिलो पार्टीबाट मेयर पदकी उम्मेदवार टंका उप्रेतीले कनकाईमा यहा“को मौलिकतासंग मिल्ने शासन व्यवस्था लागू गर्ने बताइन । उनले कनकाईलाई कृषिमा आत्मनिर्भर हुने योजना ल्याउने बताइन् । नदी तटबन्धन गर्ने तथा साना उद्यम चलाएर भएपनि युवालाई नगरभित्रै रोजगारको व्यवस्था गर्ने योजना आफूहरुसंग भएको बताइन् ।

    स्वतन्त्ररुपमा मेयर पदका उम्मेदवार शेरबहादुर थापाले कनकाईलाई पूर्वकै प्रमुख पर्यटकीय नगरीको रुपमा विकास गर्ने बताए । उनले आफू निर्वाचित भए नगरबाट गरिबी उन्मूलन गर्ने कार्यक्रम लागू गर्ने बताए । थापाले युवाका लागि रोजगारी सिर्जना गर्नुकासाथै शिक्षा र स्वास्थ्य तथा पूर्वाधार विकासमा जनतामुखी कार्यक्रमहरु सञ्चालन गर्ने बताए ।

    मेयर पदका अर्का स्वतन्त्र उम्मेदवार देवीप्रसाद उप्रेतीले आफू भ्रष्टाचारमुक्त नगर बनाउने अभियान बोकेर उम्मेदवार बनेको बताए । उनले कनकाईका युवाहरुको अवस्थालाई बुझेर उनीहरुलाई विदेश पलायन हुनबाट रोक्ने योजनासाथ मेयर पदमा चुनाव लड्न लागेको बताए । उनले विकासको नाममा भौतिक पूर्वाधार निर्माण मात्र नभई मानव विकासको कामलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताए ।

    उपमेयर पदका उम्मेदवारहरु एमालेबाट मञ्जु प्रसाई, कांग्रेसकी आशा शिवाकोटी, नेकपा एकीकृत समाजवादीकी अम्बिकादेवी महत, विवेकशील साझा पार्टीबाट अम्बिका चापागाईं, राप्रपाबाट सचित्रा खनाल र मौलिक जरोकिलो पार्टीबाट शान्ता दाहालले महिला, ज्येष्ठ नागरिक, बालबालिका, अपाङ्गता भएकाहरु, विपन्न तथा पछाडि पारिएका समुदाय र क्षेत्रका समस्यालाई प्राथमिकतामा राखेर आफ्नो एजेण्डा प्रस्तुत गरे ।

    प्रेस क्लवका अध्यक्ष राम निरौलाले स्वागत र पूर्व अध्यक्ष तीर्थराज खरेलले धन्वाद ज्ञापन गरेका थिए । छलफलको सहजीकरण पत्रकारहरु एकराज गिरी र अर्जुन राजवंशीले गरेका थिए । छलफलपछि आचारसंहिता पालना लगायतका उम्मेद्वारका साझा प्रतिवद्धताको वाचन संवाद समूहकी कमला भट्टराईले गरेकी थिइन् ।

    कमेन्टस्

    Author

    • admin
      admin

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.