Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » एमाले विरुद्धको गठबन्धन देशव्यापी छताछुल्ल ः ओली
    राजनीति

    एमाले विरुद्धको गठबन्धन देशव्यापी छताछुल्ल ः ओली

    adminBy admin२०७९ बैशाख २१, बुधबार १६:१० गते3 Mins Read

    कनकाई खबर \ नेकपा एमालेसँग प्रतिस्पर्धा गर्न नसकेर एमाले विरुद्ध घेराबन्दी गर्ने दलहरुको आसन्न स्थानीय तह निर्वाचनपछि पता साफ हुने भन्दै पुर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कार्यकर्ताहरुलाई बैशाख ३० गते सम्म धैर्यताका साथ अघि बढ्न अनुरोध गरेका छन् ।

    नेकपा एमाले कनकाई नगर कमिटीले पाँच वर्षे कार्यकालमा नगरको विकास गर्न तयार पारिएको प्रतिवद्धता पत्र सार्वजनिक गर्दै अध्यक्ष ओलीले कार्यकर्तालाई धैर्य रहन सुझाएका हुन् । शिक्षा, स्वास्थ्य, सामाजिक क्षेत्र, विकास निर्माण लगायत समग्र नगरको चौतर्फी विकासका लागि तयार गरिएको २८ बुँदे प्रतिबद्धता पत्र अध्यक्ष ओलीले एक विशेष कार्यक्रमका विच सार्वजनिक गरेका हुन् ।

    प्रतिवद्धता पत्र सार्वजनिक गर्दै एमाले अध्यक्ष ओलीले कांग्रेसको घोषणा पत्रमा एमाले अध्यक्षको नाम ४२ पटक लिएको तर आफ्नो पार्टीका सभापतिको नाम भने आठ पटक मात्र सम्झन पुगेकोमा आफूलाई आश्चार्य लागेको बताए ।
    कनकाईको सुरुङ्गामा आयोजित वृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले स्थानीय तह निर्वाचनमा एक्लै लड्न नसकेपछि एमाले विरुद्ध निर्माण भएको गठबन्धन अहिले देश व्यापी रुपमा आँफै छताछुल्ल भइसकेको प्रष्ट पारे । सम्बोधनका क्रममा एमाले अध्यक्ष ओलीले गठबन्धनसँग चिन्ता नलिन कार्यकर्तालाई सुझाव दिए ।

    एमाले अध्यक्ष ओलीले टिप्पणी गरे, “पण्डितहरुले मन्त्र विर्सिएलान् तर बुढाबुढीले भत्ता विर्सिदैनन्, छोराछोरीले विदेशबाट पैसा पठाउन विर्सिएलान् तर एमालेले घरघरमा बुढाबुढाीलाई पैसा पुर्याउँन बिर्सिदैनन् ।’ ओलीले कनकाईको मुहार फेर्न सक्षम व्यक्ति राजेन्द्र कुमार पोखरेललाई एमालेको तर्फबाट मेयरको उम्मेद्वार बनाइएको र उहाँको नेतृत्वमा रहेको उपमेयरकी उम्मेद्वार मञ्जु प्रसाई लगायतको टिम नै बिजयी बन्नेमा आफु ढुक्क रहेको बताए ।


    पार्टीको हटलाइनमा परेका स्थानीय स्तरका लोकप्रिय व्यक्तित्वहरुलाई मेयर र उपमेयरको उम्मेद्वारमा पार्टीले सिफारीस गरेका कारण कनकाईको विकासकालागि चिन्ता नलिन नगरवासीलाई अध्यक्ष ओलीले अनुरोध गरे ।
    सोही अवसरमा नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा झापा इञ्चार्ज अग्नी खरेलले सुकुम्वासीलाई धनीपूर्जा वितरण गर्न लाग्दा आयोग विघटन गरेर भूमिहिन तथा विपन्न परिवारलाई गठबन्धन सरकारले अन्याय गरेको बताए ।कनकाईका नेकपा एमालेका तर्फबाट मेयरको उम्मेद्वारी दिएका राजेन्द्र कुमार पोखरेलले अन्तराष्ट्रिय स्तरमा समेत कनकाईलाई चिनाएर जनतालाई सुविधा दिन खोज्दा विपक्षीले अनावश्यक वखडा झिकेर मेयरको चरित्र हत्या गर्ने प्रयास गरेको खरेलले बताए ।

    कार्यक्रममा स्थायी कमिटी सदस्य देवराज घिमिरे, स्थायी कमिटी सदस्य तथा केन्द्रीय स्थानीय विभाग प्रमुख देवेन्द्र दहाल, स्थायी कमिटी सदस्य जितु गौतम, नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्यहरु बलकृष्ण मैनाली र सूर्यप्रसाद उप्रेती, प्रदेश सचिव चिन्तन पाठक, प्रदेश कमिटी सदस्यहरु टंकबहादुर कार्की र घनश्याम अधिकारी, प्रदेश कमिटी सल्लाहकार कोमल पन्त, प्रदेश स्थायी कमिटी सदस्य प्रेम दाहाल लगायत केन्द्रीय, प्रदेश, जिल्ला, नगर र गाउँ कमिटीका अध्यक्ष, पदाधिकारी तथा सदस्यको उपस्थिति रहेको थियो ।


    सोही अवसरमा नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा झापा इञ्चार्ज अग्नी खरेलले सुकुम्वासीलाई धनीपूर्जा वितरण गर्न लाग्दा आयोग विघटन गरेर भूमिहिन तथा विपन्न परिवारलाई गठबन्धन सरकारले अन्याय गरेको बताए ।
    कनकाईका नेकपा एमालेका तर्फबाट मेयरको उम्मेद्वारी दिएका राजेन्द्र कुमार पोखरेलले अन्तराष्ट्रिय स्तरमा समेत कनकाईलाई चिनाएर जनतालाई सुविधा दिन खोज्दा विपक्षीले अनावश्यक वखेडा झिकेर मेयरको चरित्र हत्या गर्ने प्रयास गरेको खरेलले बताए ।


    कार्यक्रममा नेपाली कांग्रेस छोडेर नेकपा एमालेमा प्रवेश गरेका धनपति तिवारी, पुष्प तिवारी लगायत दर्जनौ व्यक्तिलाई पूर्व प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले अबिर लगाएर स्वागत गरेका थिए ।
    एमाले कनकाईका ईन्चार्ज एवम् निर्वाचन प्रचार प्रसार समितिका संयोजक रविन्द्र लम्सालको सभापतित्वमा भएको कार्यक्रममा एमाले नगर अध्यक्ष खड्ग प्रसाईले स्वागत गरेका थिए । कार्यक्रमको संचालन एमाले कनकाईका संगठन विभाग प्रमुख दिपक चापागाईले गरेका थिए ।

    कमेन्टस्

    Author

    • admin
      admin

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.