Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » राजनीति र शिक्षा सेवाको सुन्दर नाम : अम्बिका उप्रेती
    राजनीति

    राजनीति र शिक्षा सेवाको सुन्दर नाम : अम्बिका उप्रेती

    adminBy admin२०७९ बैशाख १९, सोमबार ०८:४८ गते5 Mins Read

    कनकाई नगर क्षेत्रमा शिक्षा र राजनीतिक क्षेत्रमा सुपरिचित नाम हो अम्बिका उप्रेती । २०१४ साल जेठ १६ गते अर्जुनधारा–४ मा महत परिवारमा जन्मेकी अम्बिकाले शिक्षाशास्त्रमा स्नातकसम्मको अध्ययन पुरा गरेकी छन् । राजनीतिक क्षेत्रमा कनकाई नगरकै अग्रणी महिलाको छबि बनाएकी अम्बिकाको राजनीति क्षेत्रमा आबद्धता विद्यार्थी फेडरेशनबाट २०३२/२०३३ बाट प्रारम्भ हुन्छ । कम्युनिष्ट विचारप्रतिको आकर्षण २०२८ को झापा विद्रोहसँग जोडिएर चेतनाको स्तर माथि उठेका व्यक्ति जनार्दन उप्रेतीसँगको बैवाहिक सम्बन्धपछि तीब्र भएको थियो । समयक्रममा उनमा राज्यसत्ता र शासकबाट जनतामाथिको शोषण, दमन र सबै प्रकारका विभेद बारे मसिनो गरी बुझ्न र त्यस विरुद्धमा लड्न संगठित हुनुपर्ने ज्ञान प्राप्त भयो । उनमा पारिवारिक सरसहयोगबाट राजनीतिमा सरिक हुन प्रेरणा र ऊर्जा प्राप्त भयो । वास्तवमा भन्ने हो भने उनमा राजनीतिप्रतिको बुझाइ छिपछिपे नभएर एक प्रतिबद्ध, एक खारिएको र एक तर्कशील कार्यकर्ताको रूपमा विकास भएको पाइन्छ । उनी अति नै क्रियाशील र संघर्षशील महिला हुन् । उप्रेतीको शिक्षाकर्मी र राजनीतिकर्मीको राम्रो छबि बनेको छ नगरवासीको हृदयमा ।

    उनको राजनीतिक जिम्मेवारी २०४६ सालअघि नै नेकपा मालेको भूमिगत संगठनबाट शुरु हुन्छ । त्यति बेलाको सबैभन्दा बढी सङ्गठित, सबैभन्दा बढी लडाकु र सबैभन्दा बढी अनुशासित पार्टी नेकपा माले रहेको थियो । पार्टी काममा सरिक हुँदै जाँदा उनले २०४७ सालमा नेकपा मालेको पार्टी सदस्यता प्राप्त गरिन् । पार्टीका गाउँ, ईलाका, क्षेत्र हुँदै जिल्ला सदस्यको समेत भूमिका निर्वाह गरिन् । उनले अखिल नेपाल महिला संघ सुरुङ्गा गाउँ समिति सचिव, झापा जिल्ला सदस्य, मेची अञ्चल सदस्य र केन्द्रीय सदस्यको समेत भूमिकामा बसेर शोषित पीडित महिलाहरूको पक्षमा काम गरिन् । उनको शिक्षण पेसामा पनि लामो अनुभव छ । २०३४ माघ २४ बाट अस्थायी सेवामा प्रवेश गरी २०३५ भदौ १ बाट स्थायी भई २०७४ जेठ १५ सम्म निरन्तर शिक्षण पेसामा उनी आबद्ध रहिन् । उनले पढाएका हजारौंको सङ्ख्यामा विद्यार्थीहरू देशविदेशमा रही मुलुक, जनता र मानवताको सेवा गरिरहेका छन् । उनी राजनीति र शिक्षण जत्तिकै सामाजिक काममा पनि संलग्न रहेकी छन् । कनकाईधाम धार्मिक विकास संस्था कोटीहोमको कोषाध्यक्ष, नेपाल रेडक्रस सोसाइटी सुरुङ्गाको उपसचिव, प्राथमिक स्वास्थ्य केन्द्र सुरुङ्गाको सञ्चालक समिति सदस्य, जिल्ला शिक्षा कार्यालय शिक्षा समिति झापाको सदस्यको समेत जिम्मेवारी कुशलतापूर्वक पुरा गरेकी अम्बिकाले पेशागत संगठन नेपाल राष्ट्रिय शिक्षक संगठनको जिल्ला सदस्य, राष्ट्रिय परिषद् सदस्य, केन्द्रीय सदस्य र हालसम्म आजीवन सदस्यको रूपमा रही आफ्नो बुद्धि र वर्कतले भ्याएसम्म सेवा गरिरहेकी छन् । नेपाल शिक्षक युनियनको जिल्ला, मेची अञ्चल सदस्य र राष्ट्रिय परिषद् सदस्य भएर उनले आफ्नो क्षमता प्रदर्शन गरिसकेकी छन् ।

    विगतमा उनी महिला आन्दोलन मात्र होइन, नेकपा माले र नेकपा एमालेले उठाउने सबै वर्गीय आन्दोलनमा महत्त्वपूर्ण सहभागिता जनाउँदै आएकी छन् । २०३८ सालको पाटा काण्ड, २०४६ को प्रजातन्त्र पुनस्र्थापनाको जनआान्दोलन, २०६२÷२०६३ को दोस्रो जनआन्दोलन र २०५८ सालमा भारतले पूर्णांगिरीमा बाँध बनाएर नेपालको डडेल्धुरा जिल्ला नै महाकाली नदीको पानीले डुबाउन लाग्दा त्यसको विरोधमा तत्कालीन अखिल नेपाल महिला संघ (२००८) ले गरेको आन्दोलनमा मेची अञ्चलको नेतृत्व गर्दै राष्ट्रियताको संरक्षणमा सकृय भएकी थिइन् । अम्बिका उप्रेती पार्टीको पुरानो र अनुभवी कार्यकर्ता हुन् र उनको सबै कार्यकर्तासँग राम्रो सम्बन्ध छ । उनी विगतमा प्रहरी दमन, धरपकड, धाकधम्की जतिसुकै प्रतिकुल अवस्थामा पनि माले र एमालेको पक्षमा चट्टानझैं अडिग रहेकी थिइन् र आज पनि वामपन्थी आन्दोलनप्रतिको उनको समर्पणमा कुनै कमी आएको छैन । यही समर्पण, त्याग र बलिदानी भावनाका कारण उनको आजको यो लोकप्रियता हासिल भएको हो ।

    अहिले अम्बिका उप्रेती कनकाई नगरमा शेरबहादुर थापाको विद्रोही समूह, नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र अन्य स्वतन्त्र उम्मेदवारहरूसहितको गठबन्धनबाट नेकपा एकीकृत समाजवादीको तर्फबाट नगर उपप्रमुख पदमा उम्मेदवार बनेकी छन् । उनले आफ्नो पार्टी नेकपा (एकीकृत समाजवादी) ले तय गरेका केन्द्रीय एजेण्डाको अतिरिक्त स्थानीय स्तरको आवश्यकतालाई प्राथमिकता दिने गरी चुनावी एजेण्डा तय गरेकी छन् । नगर महिला बेञ्च तयार गर्ने, गरिबीका रेखा मुनिका नागरिकको पहिचान र प्रमाणीकरणमा जोड दिई तिनीहरूलाई कृषि, शिक्षा, स्वास्थ्य र खानेपानीमा विशेष राहतको व्यवस्था गर्ने आदि रहेका छन् ।

    कनकाई नगरमा राजनीतिप्रति सचेत, क्रियाशील र जुझारू छबि बनाएकी उप्रेती शिक्षित मात्र होइन, लामो समयदेखि राजनीतिमा आबद्ध रही खारिएकी नेतृ मानिन्छिन् । वास्तवमा नगरपालिकाको नेतृत्व राजनीतिक व्यक्तिले गरे सबैभन्दा राम्रो हुन्छ । नगरपालिका सञ्चालन गर्ने कुरा फगत प्रशासनिक कुरा मात्र होइन, यो त राजनीतिक सुझबुझका साथ हिम्मतका साथ निर्णय लिँदै नगरका सचेत जनताको सहयोगका साथ गरिने कुरा पनि हो । उनी हरेक दृष्टिकोणबाट उपमेयरका लागि योग्य उम्मेदवार हुन् । पार्टीमा शुरुदेखि नै भूमिगत र खुला दुवै समयमा आबद्ध रहँदै निरन्तर शोषितपीडितको वीचमा पार्टी काममा जुटेर उनीहरूको दुःखमा आजसम्म पनि कुनै न कुनै माध्यमले साथ दिएको र चरम दुःखमा रहेको उक्त वर्गप्रति अत्यन्तै विश्वास र भरोसा नै जीतका आधारहरू भएको उनको विचार छ ।

    कनकाई नगरको सर्वाङ्गीण विकासमा उपमेयरको रूपमा आफूले सचेत ढंगले क्रियाशील हुनसक्ने उनको दावी छ । उममेयरका रूपमा न्यायिक समिति प्रमुख, राजश्व परामर्श समितिको प्रमुख, पूर्वाधार निर्माण अनुगमन समिति संयोजक लगायतका काममा पूर्ण इमान्दारिता र कुशलतापूर्वक लाग्ने उनको भनाइ छ । छिटो छरितो र निष्पक्ष न्याय सम्पादनमा सकृय रहने, बोझिलो कर प्रणालीको आवश्यक संशोधनसहित जनतालाई राहत हुने गरी कर समायोजन गर्ने, चाक्लाबन्दी कृषि, गुणस्तरीय शिक्षा, युवा रोजगारी र पर्यटन क्षेत्रको बजेटलाई प्राथमिकतामा राख्ने उनको भनाइ छ । युवा र खेलकुद क्षेत्रलाई विकास गर्न थप ध्यान दिने, ‘स्वस्थ बालबालिका, सभ्य समाजको आधार’ मानी तत्सम्बन्धी कार्यलाई विशेष जोड दिने, ज्येष्ठ नागरिक सुरक्षाका कार्यक्रम ल्याउने लगायतका काममा उनको प्रतिबद्धता रहेको छ ।

    राजनीतिक सुझबुझ, प्रशासनिक ज्ञान, जनसेवाको भावना, दूरदृष्टि, योजना निर्माणमा विज्ञता र सबै मानवीय स्रोतको समुचित परिचालन गर्नसक्ने क्षमता नै नेतृत्वका गुण हुन् । पारदर्शिता, जवाफदेहिता, समन्वयकारी भूमिका र इमान्दारिता भएको नेतृत्व नै कनकाई नगरलाई चाहिएको हो । अम्बिका उप्रेतीमा नेतृत्वमा हुनपर्ने आवश्यक धेरै गुणहरू छन् । नगरप्रमुख, उपप्रमुख चयन गर्दा दश बजे नगरपालिकाको कार्यालय जाने र ५ बजे घर फर्कने कार्यतालिकालाई पछ्याउने नेतृत्व नभएर समग्र नगरको विकास र नगरवासीको हितमा चिन्तन गर्न सक्ने, योजना निर्माण गर्न सक्ने र बनेका योजनालाई कार्यान्वयन गर्ने खुबी भएका मेयर र उपमेयर छनोट गर्न आवश्यक छ । दूरदृष्टि, संघर्षमय इतिहास, राजनीतिप्रतिको आबद्धता र जनसेवाको तीब्र इच्छालाई आधार मान्दा उपप्रमुखको रूपमा अम्बिका उप्रेतीको चयन कनकाई नगरका मतदाताका लागि एक उत्कृष्ट छनोट हुनसक्छ ।

    कमेन्टस्

    Author

    • admin
      admin

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.