Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाईको मेयरका प्रत्यासी बनेका पोखरेलको नेतृत्व भारी मतले विजयी हुनेः नेता खरेल
    राजनीति

    कनकाईको मेयरका प्रत्यासी बनेका पोखरेलको नेतृत्व भारी मतले विजयी हुनेः नेता खरेल

    adminBy admin२०७९ बैशाख १९, सोमबार ०८:२२ गते2 Mins Read

    कनकाई खबर \ नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा झापा इन्चार्ज अग्नी खरेलले कनकाईको मेयरका प्रत्यासी बनेका राजेन्द्र पोखरेलको नेतृत्व भारी मतका साथ विजय हुने बताएका छन् । एमालेको नेतृत्वमा बनेको सरकारबाट भएको असल कर्मकै कारण फेरी पनि जनताले एमालेको नेतृत्व चाहेको भन्दै नेता खरेलले कनकाईमा एमालेको जीत सुनिश्चित भएको दावी गरे ।


    नेकपा एमाले कनकाईले वडा नं. ८ स्थित लक्ष्मीपुरमा आयोजना गरेको चुनावी कोण सभालाई सम्बोधन गर्दै एमाले नेता खरेलले सुखी नेपाली समृद्ध नेपाल निर्माणको परिकल्पनाकार पार्टी अध्यक्ष केपी शर्मा ओलीको नयाँ नेपाल निर्माणको अभियानमा एकजुट हुन समेत सबैलाई अनुरोध गरेका छन् ।

    देश बनाउँने अभियानमा समृद्धिका सपना देख्ने एमाले अध्यक्ष ओली कहिल्यै पनि निजी स्वार्थका विषयमा विवादमा नपरेको नेता खरेलले टिप्पणी गरे । परिवार बनाउने, छोरीलाई मेयर बनाउने र सम्धीलाई मन्त्री बनाउने अभियानमा कहिल्यै नलागेका एमाले अध्यक्ष ओलीको नेतृत्वमा आएको नयाँ नेपाल निर्माणको अभियानलाई सफल पार्न अब सबै स्थानीय तहमा एमालेकै बहुमतको नेतृत्व आउँने कुरामा नेता खरेलले जोड दिए ।


    नेता खरेलले पूर्व पश्चिम रेल मार्गको सम्झौता गर्ने व्यक्ति एमाले अध्यक्ष ओली नै भएको प्रष्ट पार्दै उनले अहिले उत्तर–दक्षिण जोडिने रेल निर्माणकोलागि चीन सरकारसँग समेत सम्झौता सम्पन्न भएर डिपिआर निर्माण भईरहेको बताए ।


    जनताको माया र साथ पाएकै कारणले विगतमा कनकाई नगरपालिकामा समेत एमालेको तर्फबाट नेतृत्व गरेका नगर प्रमुख, उपप्रमुख लगायत अधिकांश जनप्रतिनिधिबाट ऐतिहासिक काम भएकोमा नेता खरेलले खुशी व्यक्त गर्दै आगामी कार्यकालकालागि समेत पार्टीका तर्फबाट बनेका सबै उम्मेद्वारलाई अग्रिम बधाई शुभकामना व्यक्त गरे । वर्तमान नगर प्रमुखका उम्मेद्वार राजेन्द्रकुमार पोखरेलको नेतृत्वले कनकाईलाई राष्ट्रिय स्तरमा मात्र नभएर अन्तर्राष्ट्रियस्तरमा पनि पहिचान गराउन सफल भएकै कारण कामको मूल्यांकन गरेर पार्टीले फेरि एकपटक मेयर र उपमेयरलाई दोहोर्याउने निर्णय गरेको नेता खरेलले बताए । यस पटक पनि जनताले उहाँहरूको कामलाई विश्वास गरेर एमालेलाई नै भोट दिई जिताउनेमा आफूहरू विश्वस्त रहेको नेता खरेलले बताए ।


    कार्यक्रममा एमालेका तर्फबाट कनकाई नगरपालिकाका मेयरका उमेद्वार राजेन्द्रकुमार पोखरेलले आफूले नगरलाई समृद्ध बनाउन सुरू गरेका आयोजनाहरुलाई पूरा गर्दै जनताको माग र आवश्यकता अनुरूप प्राथमिकताका आधारमा योजना बनाएर कार्यान्वयन गर्दै अघि बढ्ने प्रतिबद्धता जाहेर गरे ।

    एमालेको तर्फबाट कनकाई वडा नम्बर ८ का वडाअध्यक्षका उम्मेद्वार प्रेमवहादुर कटुवालले आफ्नो वडामा रहेका अधुरा बाटा, पुल, कल्र्भट जस्ता निर्माणका कार्यलाई सम्पन्न गर्दै नयाँ योजना ल्याएर समग्र वडाको विकासमा लागिपर्ने प्रतिवद्धता व्यक्त गरे ।


    कनकाई नगरपालिकामा एमालेको घरदैलो कार्यक्रममा जनताको उत्साहजनक सहभागिता रहेको छ । वृद्ध, बिरामी, विपन्न लगायत सम्पूर्ण नगरवासीहरुले एमालेका उम्मेद्वारहरुलाई तपाईंहरू नै आउनुपर्छ भन्दै आशिर्वाद दिईरहेको बताइएको छ ।

    कमेन्टस्

    Author

    • admin
      admin

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.