Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाईको न्याय सम्पादनका क्षेत्रमा अब्बल उपमेयर पदकी उम्मेद्वार मञ्जु प्रसाई
    राजनीति

    कनकाईको न्याय सम्पादनका क्षेत्रमा अब्बल उपमेयर पदकी उम्मेद्वार मञ्जु प्रसाई

    adminBy admin२०७९ बैशाख १९, सोमबार ०६:३९ गते6 Mins Read

    पञ्चायती कालरात्रीका विरुद्ध नूतन र नवीन सपना हृदयभरि बोकेर बन्दूकको मोहरीका अगाडि उभिनसक्ने हिम्मत झापाका क्रान्तिकारीहरूले गरेका थिए । २०२८ सालको किसान आन्दोलन वर्गसंघर्षको उच्चतम रूप थियो । सो संघर्षको मुख्य पहलकर्ता र परिकल्पनाकार सहिद रामनाथ दाहाल थिए । उनै सहिद रामनाथकी छोरी मञ्जु दाहाल (प्रसाईं) पिताको पथ पछ्याउँदै राजनीतिक र सामाजिक काममा सहभागी हुँदै जाँदा र कम्युनिष्ट पार्टीले देखाएको आदर्शमा जतिसुकै डरलाग्दा कठिनाइ आएपनि रत्तीभर पनि शिर नझुकाई अघि बढ्दै जाँदा उनी दोस्रो कार्यकालका लागि कनकाई नगरपालिकाको उपमेयरको उम्मेदवारका रूपमा खडा भएकी छन् ।

    जनअभिमतका माध्यमबाट जनप्रतिनिधि चुनिएर मात्र आफूलाई श्रेष्ठ सावित गर्न सकिन्छ र कम्युनिष्टले जनताको आदेश अनुसार शासन गर्नुपर्छ भन्ने नेकपा एमालेले अङ्गीकार गरेको जनताको बहुदलीय जनवादको आलोकमा आज उनी फेरि परीक्षामा उभिएकी छन् । कनकाई नगरपालिका वडा नं. ५ मा स्थायी बसोबास गर्ने मञ्जुले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट २०७४ सालको चुनावमा ८ हजार ५ सय ७६ मत सहित विजय हासिल गरेकी थिइन् ।


    पारिवारिक पृष्ठभूमि


    २०१९ साल कात्तिक १२ गते तत्कालीन इवा गा.वि.स. वडा नं. ५ हाल आठराई गाउँपालिका ४, तेह्रथुममा बुबा रामनाथ दाहाल र आमा जानुका दाहालका सन्तानका रूपमा जन्मेकी मञ्जुले एस.एल.सी.सम्मको शिक्षा हासिल गरेकी छन् । २०४२ सालमा खड्गप्रसाद प्रसाईंसँग वैबाहिक सम्बन्ध गाँसेकी मञ्जुले सासु, ससुरा, जेठाजु, नन्द, देवरसहितको ठूलो परिवारसँग घुलमिल भएर आफ्नो पारिवारिक डुंगा अघि बढाएकी थिइन् । मञ्जु र खड्गका छोरा नवीन र छोरी नविना रहेका छन् । मञ्जुको परिवार भूमिगत अवस्थामा सेल्टरदाताको रुपमा आश्रय प्रदान गर्दै आएको परिवार हो । सहिद रामनाथ दाहालकी माइली छोरीको रुपमा राधिका नामले परिचित उनी जन्मनु भन्दा पहिलेदेखि नै उनको परिवार बामपन्थी आन्दोलनमा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सरिक थियो । संघर्षपूर्ण जीवनको रूपमा क्रान्तिकारी परिवारसँग रगतको नाता मात्र होइन यो देशको मुक्तिका लागि आफ्नो जीवन बलिदान दिने सहिद परिवारकी छोरी भएर अत्यन्तै कठोर, पञ्चायती शासकको आँखाको तारो भएर जीवनलाई अगाडि बढाउने क्रममा बैवाहिक जीवन पनि एक कम्युनिष्ट परिवारसँग भएकोमा उनी गौरव महसुस गर्छिन् । उनको वैवाहिक सम्बन्ध २०२८ सालको झापा विद्रोहसँग सामिप्य रहेको प्रसाईं परिवारसँग गाँसिएको थियो । प्रसाई परिवार कनकाई नगरमा एक सुशिक्षित, चेतनशील र न्याय तथा समानताका पक्षमा दृढतापूर्वक उभिने परिवार हो ।

    राजनीतिक पृष्ठभूमि


    मञ्जुको माइतीतर्फको परिवारको वातावरण नै राजनीतिक थियो । आफ्नो परिवारमा त्यति ठूलो घटना घट्दा पनि परिवारका कुनै पनि सदस्यहरू सहिदको आदर्शलाई तिलाञ्जली दिएर पञ्चायती तानाशाही सत्ताका सामु झुकेनन् । यही आदर्श र विश्वासलाई अक्करिला र भीषण कठिनाइका दिनहरूमा पनि कम्युनिष्ट आस्था मुटुमा साँचेर अघि बढ्ने क्रममा मञ्जु २०४२ सालमा तत्कालीन नेकपा (माले) को सेल कमिटीमा आबद्ध भइन् । उनले सेल कमिटीमा आबद्ध भएको ६ वर्षपछि प्रजातन्त्रको पुनस्र्थापनापछि २०४८ सालमा विधिवत पार्टी सदस्यता प्राप्त गरेकी थिइन् । त्यसपछि निरन्तर उनी पार्टीका विभिन्न क्षेत्रमा क्रियाशील रहिन् । उनी अखिल नेपाल महिला संघ सुरुङ्गा गाउँ कमिटी सदस्य २०६२ साल (यसोदा लम्सालको कार्यकाल), अखिल नेपाल महिला संघ सुरुङ्गा गाउँ कमिटी सदस्य २०६८ साल (इन्दिरा पकुवालको कार्यकाल), अखिल नेपाल महिला संघ सुरुङ्गा गाउँ कमिटी सदस्य २०७० साल (बिन्दा थापाको कार्यकाल), अखिल नेपाल महिला संघ कनकाई नगर कमिटी अध्यक्ष २०७१ साल, नेकपा (एमाले) सुरुङ्गा ६ नं. वडा कमिटी उपाध्यक्ष २०६८, नेकपा (एमाले) कनकाई नगर कमिटी सदस्य २०७१ साल (कोमल पन्तको कार्यकाल), नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कनकाई नगर कमिटी सदस्य २०७५ (रबिन्द्र लम्सालको कार्यकाल) लगायतका विविध जिम्मेवारीमा रहँदै पार्टीले दिएको काम गर्दैरहिन् । २०७४ साल असार १४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा उनले कनकाई नगरको उपमेयरको जिम्मेवारी पाइन् भने हाल उनी नेकपा एमाले झापा जिल्ला सदस्य तथा कनकाई नगर सहइञ्चार्जको जिम्मेवारीमा छन् ।


    २०७४ सालमा उपमेयर बनेपछि


    मञ्जु नगरपालिकामा उममेयरका रूपमा निर्वाचित भएर आएपछि नगरभित्रका महिलाको शिर माथि उठेको छ । स्थानीय सरकारको न्यायिक निकायको जिम्मेवारी पाएपछि मञ्जुको जीवनमा ठूलो परिवर्तन आएको छ । महिला हिंसा, वैदेशिक रोजगार, साँधसीमाना लगायतका मुद्दाहरूको सुनुवाइ गर्ने र सकेसम्म मुद्दाहरूलाई नगरस्तरमै समाधान गर्ने उनको प्रयत्न रह्यो र उनी सफल पनि भइन् । न्यायिक समितिमा बसेर काम गर्दाको अनुभव सुनाउँदै मञ्जु भन्छिन्–‘घरेलु मुद्दाको मुख्य कारण त वैदेशिक रोजगारी नै देख्छु । वैदेशिक रोजगारीले धेरै घरबारविहीन भएका छन् । श्रीमान हिँडिसक्दा यहाँ घरमा श्रीमतीको विजोग हुने गरेको छ । विवाह गर्नेबित्तिकै छाडेर जाने चलन छ । उहाँहरू नजिक भइसक्नुभएको हुँदैन । यस्तो अवस्थामा छाडेर गएर पछि नकारात्मक समस्या आउने गरेका छन् । श्रीमानले बाहिरबाट नियमित रूपमा मोटो रकम पठाइदिने र त्यसको श्रीमतीले दुरुपयोग गर्ने गरेको पनि देखिएका छन् । वैदेशिक रोजगारीले विरक्तै लाग्दो बनाएको छ । अर्को कुरा, लागूऔषध दुव्र्यसनीका कारण पनि समस्या देखिएका छन् । घरमै पनि श्रीमानले लागूऔषध खायो भनेर पनि उजुरी आउँछन् । यसको न्युनीकरणका लागि स्वदेशमै रोजगारीको व्यवस्था गर्न आवश्यक छ । धेरैजसो स्वेदशमा काम गर्न हिच्किचाउँछन् । तर, विदेशमा गएर जे गर्न पनि तयार हुन्छन् । विदेशमा जे पनि गर्न सक्ने यहाँ नसक्ने भन्ने हुँदैन । त्यहाँ गरेको तुलनामा नेपालमा केही प्रतिशत मात्र गर्ने हो भने विदेश यहीँ हुन्छ ।’

    किन फेरि उम्मेदवारी ?


    सहिदहरूले कल्पना गरेको आदर्शवादी सभ्य र समुन्नत नेपाली समाजको निर्माण गर्न त ती महान् सहिदहरू हिँडेको बाटोबाट अगाडि बढ्न जरुरी छ । उनीहरूले जस्तै त्याग र बलिदानको अझै पनि आवश्यक छ । गोहीका आँसु चुहाएर मुलुक बदलिदैन र देशले कोल्टे पनि फेर्दैन । सहिद परिवारबाट आउँदा कस्तो जिम्मेवारी हुनेरहेछ भन्ने प्रश्नमा उनी भन्छिन्, ‘म सहिद परिवारबाट यहाँसम्म आएकी हुँ भन्दा आफैंलाई गौरव लाग्छ । शहीद परिवारको तर्फबाट जनप्रतिनिधि हुनुले मात्र आंकाक्षा पूरा हुँदैन । मैले केही कुरा आफैंसँग प्रण गरेकी छु । पद पाएँ भनेर खुशी हुने भन्दा पनि निमुखा जनताको हितमा केही गरियो भने त्यसमै म सन्तुष्ट हुनेछु । गरिब जनताको पक्षमा काम गर्न सकें भने नै सहिदका लागि मैले पनि योगदान दिएँ भन्ने महसुस गर्नेछु । अहिलेको स्थितिमा चाहिँ सहिदको सपना पूरा गरिसकेको छु जस्तो लाग्दैन ।’
    समाज र राष्ट्रको मुक्ति र स्वतन्त्रताका लागि जीवन दिने महान् विचार र भावनाको हामीले हृदयदेखि नै कदर र सम्मान गर्नुपर्छ । अन्याय र अत्याचारका विरुद्ध लड्ने समाजका शोषण र उत्पीडनका विरुद्ध लड्दालड्दै जीवन अर्पण गर्ने अग्रज सहिदहरूप्रति हामीले हृदयदेखि नै श्रद्धासुमन टक्रयाउनु पर्छ भन्ने मञ्जुको धारणा छ । उम्मेदवारी फेरि किन भन्ने प्रश्नमा कनकाई नगरवासीको चाहना र आम पार्टी कार्यकर्ताको भावना अनुरूप फेरि उम्मेदवारी दिएको उनको उत्तर छ ।


    कनकाईलाई नमुना नगर बनाउने भविष्यको सपना


    कामले काम सिकाउँछ भनेझैं उनले न्यायिक समितिको प्रमुख, राजश्व परामर्श समितिको संयोजक भएर अनुभव सँगालेकी छन् । मञ्जु आफ्ना समस्त अनुभव, ज्ञान र कौशललाई प्रयोग गरी अधुरा काम पुरा गर्दै नगरवासीको सेवा गर्न चाहन्छिन् । भद्रता र सरलता उनका गहनाझैं लाग्छन् । प्रसाई शालीन, मृदुभाषी र मिलनसार नेतृ हुन् । बितेका ५ वर्षमा एक जनप्रतिनिधिका रूपमा उनमा कहिले पनि घमण्ड देखिएन । आफू राजनीतिक परिवारबाट आएकी र राजनीतिमै आफ्नो जीवन बिताउने इच्छा रहेको उनी बताउँछिन् । उनले कनकाई नगरका कार्यकर्ता र मतदातामाझ भरोसायुक्त छबि बनाएकी छन् । वास्तवमा नगरको नेतृत्व राजनीतिमा आबद्ध व्यक्तिले नै गर्ने हो भन्ने उनको धारणा छ । कतिपय प्रतिकूल अवस्थामा नगरको नेतृत्वले आँटिलो निर्णय गर्न सक्नुपर्ने भएकाले अन्य पृष्ठभूमिका मानिसमा अन्य राम्रा विशेषता भए पनि राजनीतिक सुझबुझको कमीका कारण निर्णय क्षमताको कमी हुने प्रसाईको धारणा छ । उनी भन्छिन्, ‘हिजो पनि म जनताकै वीचमा थिएँ, आज पनि जनतासँगै छु र भोलि पनि जनताकै माझमा रहने प्रतिबद्धता व्यक्त गर्दछु ।’ कनकाई नगरलाई मुलुकको एक उत्कृष्ट नमुना नगर बनाउने उनको भविष्यको सपना छ ।

    प्रस्तुती संगीता उप्रेती

    कमेन्टस्

    Author

    • admin
      admin

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.