Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई नगरपालिकाको बजेट ः ६६ करोड ३५लाख८८ हजार ६९८

    २०८३ असार ११, बिहीबार ०२:५६ गते

    कनकाई नगरपालिकामा भूमि प्रशासन सेवा सुरु ः स्थानीय तहमै ऐतिहासिक कदम

    २०८३ असार १०, बुधबार ११:३४ गते

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाई अब मुलुककै उत्कृष्ट नगरी बन्छ ः मेयरका प्रत्यासी पोखरेल
    अन्तरवार्ता

    कनकाई अब मुलुककै उत्कृष्ट नगरी बन्छ ः मेयरका प्रत्यासी पोखरेल

    कनकाई खबरBy कनकाई खबर२०७९ बैशाख १९, सोमबार ०२:५२ गते7 Mins Read

    कनकाई नगरपालिकाको सफल नेतृत्व सम्हालिसकेका मेयरका प्रत्यासी राजेन्द्र पोखरेलसँग यो पाँच वर्षे नगर विकास योजनामा केन्द्रित रहेर गरेको कुराकानीको सम्पादित अंश ः


    कनकाई नगरपालिकाले यो पाँच वर्षको अवधिमा के कति ऐन कानुनको निर्माण गर्यो होला ?

    प्रारम्भिक चरणमा नगरमा नियम कानुन सामान्य अवस्थामा रहेको भएपनि कनकाई नगरपालिकाको कार्य सम्पादन चुस्त दुरुस्त बनाउन हालसम्म निम्न अनुसारका कानुन स्विकृत भई कार्यान्वयनमा रहेका छन् । ऐन–११वटा, कार्यविधि–२७, निर्देशिका–३, नियमावली–२, कार्यादेश–१, आचार संहिता–१ गरी जम्मा ४५वटा कानुन कार्यान्वयनमा रहेका छन् ।
    यसै सन्दर्भमा मजदुरलाई मालिक बनाउने कार्यक्रम अन्तरगत कानुन निर्माण गरी नगरपालिकाबाट प्राप्त हुने पारिश्रमिक मजदुर हितकोषमै सहयोग गरेको साथै मजदुर सहकारी संचालनमा ल्याइएको छ । श्रमिक स्वावलम्वन कंक्रिट उद्योग समेत स्थापना गरीएको छ । साथै सुकुम्वासी तथा अव्यवस्थित वसोवासको व्यवस्थापन गर्न तथ्याङक संकलन गरी नाप नक्सा समेतको काम अन्तीम चरणमा पुगेको छ ।


    यो अवधिमा भौतिक पूर्वाधारका क्षेत्रमा के कस्ता काम भए होलान् ?


    सामान्यतया भौतिक पूर्वाधारका क्षेत्रमा सडकको कालो पत्रे ४२ कि.मी., ब्लक विछ्याउँने कार्य १० कि.मी., ग्रामिण क्षेत्रका धेरै बाटाहरु उच्च स्तरको ग्राभेल निर्माण गरी हिले सडकलाई विस्तापित गरिएको अवस्था छ ।
    त्यस्तै उज्यालो नगरीको कार्यक्रम अन्तरगत सडक बत्तीकोलागि स्मार्ट लाईट तथा मास लाईटको संचालन गरी आवश्यक पोल तार र ट्रान्फरमरको वितरण तथा व्यवस्थापन गरिएको छ ।
    कनकाई माई, सुरुङ्गां, सन्काहा, विरिङ्, घाग्रा, बाघे खोलामा तटवन्धन निर्माण, अधिकांश स्थानमा पुल, कल्र्भट, कजवेको निर्माण गरिएको छ ।
    नगरपालिकाको प्रशासनिक भवनको निर्माण कार्य सम्पन्न गरी संचालनमा ल्याइएको साथै ७ वटा वडा कार्यालय भवन तथा आधारभुत स्वास्थ्य केन्द्रको निर्माण गरी संचालनमा ल्याइएको छ । नगरका ७ वटा वडाहरुमा जेष्ठ नागरिक चौतारी निर्माण र २ वटा वडाहरुमा निर्माणाधिन अवस्थामा रहेको छ ।
    नगर क्षेत्रमा ३ वटा झोलुङ्गे पुलको निर्माण तथा वडाहरुमा मोटेरेवल पुल, कल्भर्ट, कज्वे, ह्युम पाईपको आवश्यक्ता अनुसार निर्माण तथा व्यवस्थापन गरिएको छ ।
    त्यस्तै जमिनको उचित व्यवस्थापन गरी उच्चस्तरीय एकिकृत कृषि बजार निर्माणाधिन अवस्था रहेको छ ।
    मेयर आवास कार्यक्रम अन्तरगत ३६५ घर निर्माण तथा ९५ घर निर्माणाधिन अवस्थामा रहेका छन् । शुद्ध पिउने पानी तथा ढल निर्माण क्रमागत रुपमा विस्तार गर्दै लगिएको छ । यी र यस्तै धेरै कार्यहरु भौतिक पूर्वाधारका क्षेत्रमा भएका छन् साथै अझै धेरै कार्य गर्न बाँकी रहेको समेत जानकारी गराउँन चाहन्छु।

    कनकाईमा युवा, शिक्षा तथा खेलकुदका क्षेत्रमा के कस्ता काम भए त ?


    कनकाई पोलिटेक्निक इन्टिच्युटको (प्राविधिक शिक्षालय) स्थापना र सिभिल, कम्प्युटर र जियोमेट्रिक विषयहरुमा डिप्लोमा तहको शैक्षिक कार्यक्रम संचालनमा रहेको छ ।
    नर्सरी कक्षाको समुचित व्यवस्थापन र विद्यालयको भौतिक पूर्वाधारको विकास गरिएको छ साथै बाल शिक्षक तथा कर्मचारीको तलवको व्यवस्थापन गरिएको छ ।
    सबै विद्यालयमा स्वच्छ खानेपानीको व्यवस्थापन साथै नगर क्षेत्रका सबै माध्यमिक विद्यालयमा विज्ञान प्रयोशाला तथा आई.सि.टी. कक्षाको संचालन साथै आधारभुत विद्यालयहरुमा समेत आई.सि.टी. कक्षाको व्यवस्थापन भएको छ ।बृत्ति विकास सहजिकरण कार्यक्रम समेत भएका छन् ।


    असल नागरिक उत्पादनका निमित्त नगरद्वारा पाठ्यक्रम निर्माण गरी छपाइएको पुस्तक विद्यालयमा लागु गरिएको छ । कक्षा ५ सम्मका विद्यार्थीहरुका लागि सदन पोशाक वितरण साथै बाल कक्षाका शिशुहरुका लागि पुस्तक राख्ने झोला वितरण गरिएको छ ।


    नगर क्षेत्रमा४ वटा बाल शिक्षा कार्यक्रम आफ्नै पहलमा व्यवस्थापन तथा संचालनमा रहेका छन् । गुणस्तरीय शिक्षाको लागि शैक्षिक गन्तव्यको अवधारणा ल्याई प्रयोगमा ल्याईएको छ । सवै विद्यालयमा ई–हाजिरी, कम्प्युटर शिक्षा, स्मार्ट कक्षा तथा ईन्टरनेटको व्यवस्था गरिएको छ । सामुदायिक विद्यालयहरुमा छात्रवृृतिको व्यवस्थापन गरिएको छ । विद्यालयहरुमा स्वास्थ्य सेवाको पहुँच तथा छात्राहरुको लागि सेनिटरी प्याडको व्यवस्थापन गरिएको छ । प्रत्येक वडामा खेलकुद सामग्री वितरण तथा वडास्तरीय प्रतियोगिता संचालन गरिएका छन् .। महिला फुटवल खेलाडीलाई प्रशिक्षण तथा राष्ट्रियस्तरमा सहभागी गराईएको छ ।


    नगरको स्वास्थ्य क्षेत्रको समग्र अवस्था के कस्तो होला ?


    नगरका सबै वडाहरुमा आधारभुत स्वास्थ्य केन्द्रको स्थापना तथा संचालन गरिएको छ भने ५ वटा वडाहरुमा आधारभुत स्वास्थ्य केन्द्रको भवन समेत निर्माण भई सकेको छ । कनकाईका ७२० घरधुरीलाई नगर तथा वडाबाट समेत निःशुल्क तथा अर्ध निःशुल्क विमाको व्यवस्थापन गरिएको छ । प्रस्तावित कनकाई नगर अस्पतालमा डिआर एक्सरे,यूएसजी, ईसीजी तथा ल्याब सेवा सञ्चालनमा ल्याइएको छ । अस्पतालमा २४ घण्टे ईमरजेन्सी सेवा सञ्चालन तथा एम्बुलेन्स सेवाको विस्तार गरिएको छ । स्वास्थ्य बिमा कार्यक्रम लागु भए पश्चात बिमा फार्मेसी सञ्चालनमा ल्याइएको छ । कनकाई नगरपालिकाको वडा नं. १ मा नागरिक आरोग्य सेवा केन्द्र (आयूर्वेद स्वास्थ्य सेवा केन्द्र) को स्थापना भई सञ्चालनमा रहेको छ । त्यस्तै घैलाडुब्बा स्वास्थ्य चौकीमा समेत ल्याव सेवा बिस्तार गरिएको छ ।


    पि.सि.आर. ल्याव सञ्चालन तथा कोभिड–१९ को समयमा नगर तथा वडाबाट राहत वितरण गरिएको थियो । कोभिड १९ को पहिलो भेरियन्टको सुरुवातसँगै नगरका वडाहरुमा अस्थायी क्वारेन्टिनको स्थापना गरी विदेशवाट आएका करिव ५ हजार नगरवासीलाई निःशुल्क पि.सि.आर.जाँच गरिएको छ । होम आईसोलेसनमा रहेका संक्रमितहरुकालागि स्वास्थ्य शिक्षाका साथै पोषणयुक्त खाद्यवस्तु वितरण साथै लक्ष्यणका आधारमा समेत निशुल्क उपचार गरिएको जानकारी गराउँछु । दोश्रो भेरियन्टको न्युनिकरण तथा रोकथामका लागि प्राथमिक स्वास्थ्य केन्द्र सुरुङ्गामा २०७८।०२।०९ देखि २०७८।०५।३१ सम्म २० बेडको अक्सिजन सहितको अस्थायी आईसोलेसन सञ्चालन गरी निशुल्क ८९ जनाको उपचार गरीएको समेत जानकारी गराउँछु । कोभिड–१९ को समयमा अक्सिजन तथा औषधी सहितको स्वास्थ्यकर्मी टोली घरमै गई स्वास्थ्योपचार, स्वास्थ्य शिक्षा तथा रेफरको व्यवस्था गरिएको थियो ।


    नगरका सबै वडामा उप मेयर सुत्केरी पोषण कार्यक्रम संचालन गरिएको छ भने कोभिड–१९ का कारण मृत्यु भएका परिवारलाई प्रति परिवार रु. २० हजार उपलब्ध गराईएको छ । नगरवासीको स्वास्थ्यलाई मध्यनजर गर्दै प्रत्येक वर्ष स्वास्थ्य शिविर संचालनमा ल्याइएको छ । कोटिहोम पि.सि.आर. ल्यावमा २ वर्ष भन्दा कम र ७० वर्ष माथिका नागरिकहरुको निशुल्क जाँच भईरहेको छ ।
    कनकाई नगरपालिका साथै सम्पुर्ण जनप्रतिनिधिहरु लगायत विभिन्न संघसंस्था, समुह व्यक्तिहरुवाट संकलन गरिएको रकमबाट १ नं. प्रदेशकै उच्चस्तरीय अक्सिजन प्लान्ट संचालनमा ल्याइएको छ । प्राथमिक स्वास्थ्य केन्द्र सुरुङ्गामा आँखा जाँच सेवा संचालनमा ल्याईएको छ । थप १५ शैयाको कनकाई नगर अस्पतालको शिलान्यास गरी निर्माण कार्य प्रारम्भ गरिएको छ ।प्रा.स्वा.के. सुरुङगामा २० वटा अक्सिजन कन्सन्ट्रेटर र ३५ वटा अक्सिजन सिलिन्डर थप गरी सेवा प्रदान गरिएको । खुल्ला व्यायाम शालाको निर्माण गरी संचालनमा ल्याइएको छ ।


    कृषि तथा पशुपालन क्षेत्रको अवस्था चैं के कस्तो होला ?


    कृषिकालागि सिंचाईको व्यवस्था साथै कृषि चुनको प्रयोगलाई प्राथमिक्तामा राखिएको छ । सिंचाईका लागि विद्युत तथा मोटर वितरण तथा प्रतिकुल अवस्थामा समेत थोरै भएपनि कृषि मलको व्यवस्थापन गरिएको छ । कृषि यन्त्र, चाप कटर, स्प्रे टंकी, मकै रोप्ने तथा छोडाउने मेसिन, कोल्ड स्टोरेजको व्यवस्थापन, कृषि बजारको उचित प्रर्वद्धन गरिएको छ । मकै, धान, आलु, तोरीको विऊ वितरण साथै यस वर्षदेखि आलु, धान र मकैको विऊ उत्पादनमा प्रोत्साहन गरिने छ । सतह सिंचाईमा सहयोग, डिप बोरिङ्ग, तथा सिंचाईकालागि मोटर, कौषि खेती प्रवद्र्धन, जैविक तरकारी तथा पmलफुल खेती संचालन, तोरी, मकै, धान, तरकारी, पशुपक्षी पालन पकेट कार्यक्रम संचालन, पशुपक्षीको शिविर तथा निःशुल्क औषधी वितरण, पशु विमा कार्यक्रम सहयोग लगायतका काम तिब्र गतिमा भइरहेका छन् । हेफर नेपाल, अभियान नेपाल तथा कनकाई नगरपालिका विच भएको सम्झौता अनुसार कृषि तथा पशुपक्षी परियोजना संचालनमा रहेको छ । नगरवासी कृषकहरुलाई कृषि क्षेत्रमै आत्म निर्भर बनाउँनकालागि स्वदेशमा मात्र होइन विदेशको समेत सिप,ज्ञान अभिवृद्धि गर्ने कार्यलाई प्राथमिक्ताका साथ अघि बढाइएको छ ।


    नगरमा लक्षित वर्गको अवस्थाका बारेमा के भन्नुहुन्छ ?


    जनप्रतिनिधिले स्थानीय तहको जिम्मेवारी सम्हाले यता नगरका ९ वटै वडाहरुमा महिला समूह गठन भई सक्रियताका साथ परिचालन भएको छ । प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तरगत ९७४ युवाहरु लाभान्वित भएका छन् । दलित महिला, एकल, असक्त, अपाङ्गहरुलाई आवश्यक्ता र अवस्था हेरी सिपमुलक तालिमको व्यवस्था तथा ह्वील चियर, वैशाखी, सेतो छडी उपलब्ध गराईएको छ । प्रत्येक वर्ष विपन्न परिवारलाई न्यानो कपडा वितरण तथा महिला तथा जेष्ठ नागरिकहरुको लागि स्वास्थ्य परिक्षण गर्दै आवश्यक सहयोग गरिएको छ । वडादेखि नगरसम्म वाल क्लवको स्थापना तथा परिचालन गरिएको छ । सयोगापेक्षिक मानवको उद्धार गरी आवश्यक व्यवस्थापन गर्ने प्रयास गरिएको छ ।

    युवालाई स्वदेशमै उद्यमशिल बनाउँने कनकाईको प्याकेज त्यस्तो के होला ?


    एकल महिलाको जिविकोपार्जनका लागि मौरी पालन व्यवसाय संचालनमा सहयोग गरिएको छ । विभिन्न शिपमूलक (चालक, खादा तथा गाम्छा बनाउन, चप्पल जुत्ता, मसला उद्योग, खेलौना, अचार, मौरी पालन आदि) तालिमकालागि ५२ जनालाई स्वरोजगार कार्यक्रमबाट लगानी गरी हाल माछापुच्छ्रे बंैकसँग ३ सय जना युवाहरुलाई रोजगारीको लागि सम्झौता भएको छ ।


    समग्रमा कनकाई नगरपालिकाले यो पाँच वर्षमा विकासको मुलभुत खाका तयार पारिसकेको छ । पार्टीको नेतृत्वमा बनेको स्थानीय सरकारका तर्फबाट आउँदो पाँच वर्ष भित्रमा कनकाईलाई मुलुककै उत्कृष्ट नगरी बनाउँने प्रतिवद्धता जनाउँदछु ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई नगरपालिकामा भूमि प्रशासन सेवा सुरु ः स्थानीय तहमै ऐतिहासिक कदम

    २०८३ असार १०, बुधबार ११:३४ गते

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई नगरपालिकाको बजेट ः ६६ करोड ३५लाख८८ हजार ६९८

    २०८३ असार ११, बिहीबार ०२:५६ गते

    कनकाई नगरपालिकामा भूमि प्रशासन सेवा सुरु ः स्थानीय तहमै ऐतिहासिक कदम

    २०८३ असार १०, बुधबार ११:३४ गते

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.