Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » राप्रपा कनकाईको घोषणापत्र सार्वजनिक
    राजनीति

    राप्रपा कनकाईको घोषणापत्र सार्वजनिक

    कनकाई खबरBy कनकाई खबर२०७९ बैशाख १८, आईतवार ०१:३४ गते4 Mins Read

    कनकाई खबर \ राष्ट्रिय प्रजातन्त्र पार्टी कनकाई नगर समितिले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।


    राप्रपा कनकाई नगर समितिका अध्यक्ष ज्योतिकुमार उप्रेतीले दिएको जानकारी अनुसार ३३ बुँदे स्थानीय घोषणापत्रले गर्न सकिने कुराको मात्र सङ्कल्प गरेको छ । स्वास्थ्य क्षेत्रतर्फ ठूला रोगहरू (क्यान्सर, मुटु, मिर्गौला रोग) जस्ता दीर्घ रोगहरू लागेमा नगरबाट तत्काल २ लाख रुपैयाँ सहयोग उपलब्ध गराइने, मजदुर तथा विपन्न वर्गका लागि १ घरको एक जनालाई ६ लाख बराबरको जीवन बिमा गरिने, प्राथमिक स्वास्थ्य केन्द्र सुरुङ्गाको स्तरोन्नति गरी नगर अस्पतालको रूपमा विकास गरिने, प्रत्येक वडामा स्वास्थ्य चौकी र एम्बुलेन्सको व्यवस्थापन गर्ने, विपन्न परिवारको स्वास्थ्य बिमा निःशुल्क गरिदिने, महिलाहरूको लागि गर्भवती अवस्थादेखि बच्चा भएको हजार दिनसम्मलाई सुनौला १ हजार दिनको रूपमा मानी नगरद्वारा आमा तथा बच्चाको निरन्तर स्वास्थ्य परीक्षण तथा पोषणयुक्त खानेकुराहरूको व्यवस्थापन गरिने र ज्येष्ठ नागरिक भत्ता घरघरमा पु¥याउने तथा मासिक निःशुल्क स्वास्थ्य परीक्षणको व्यवस्थापन गर्ने प्रतिबद्धता गरिएको छ ।


    कृषि क्षेत्रतर्फ सिँचाइको विद्युत महसुुल निः शु्ल्क गर्ने, किसानको लागि बोरिङ्गको व्यवस्था गर्ने, कृषिमेला, कृषिबिमा, पशुबिमा र अनुदान सुनिश्चित गर्ने, कृषिमा आधुनिकीकरण र अनलाईन मार्फत हर घरमा सातै दिन जे.टि.ए. को सुविधा दिने, वार्षिक कृषि प्रयोजन गरिएका जमिनको मालपोत निःशुल्क गर्ने, किसानलाई जस्तै परिस्थितिमा पनि मल तथा वीउको कमि हुन नदिन मल खरिद गरी व्यवस्थापन गरिने, किसानले उत्पादन गरेको खाद्यान्न बेचबिखनमा नगरपालिकाले बजारीकरणको प्रावधान ल्याउने र विशेष परिस्थितिमा जिम्मा पनि लिने र दैवी प्रकोप, महामारीबाट हुनसक्ने क्षति जस्तै कृषि क्षेत्र, व्यावसायिक क्षेत्र तथा मानवीय जीवनमा आउन सक्ने सम्भावित घटनाको लागि राहतकोष खडा गरिने र तत्काल क्षतिपूर्ति दिइने सङ्कल्प गरिएको छ ।


    त्यस्तै, बिरिङ, सन्का तथा माईखोलाको तटबन्धनको काम अघि बढाइने, धार्मिक महत्त्व बोकेको नदीमा हुने फोहोरलाई निर्मूल गरिने, सुकुम्बासी, भूमिहीन तथा ऐलानी जग्गाको लालपूर्जा तत्काल वितरण गर्ने, कन्काई नगर र ईलाम जोड्ने मार्ग निर्माण गर्न पहल गर्ने, नगरमा सडकबत्ती,बिद्युत, खानेपानी र बाटोको व्यवस्था गरिने र हरेक वडामा सार्वजनिक शौचालय, उद्यान बनाउने र कनकाई नगरलाई स्मार्ट सिटी बनाउने अवधारणासहित नगरपालिकामा कर तथा प्रमाणपत्र सहित अन्य सुविधाहरूलाई अनलाईन प्रणालीमार्फत सुनिश्चित गर्ने सङ्कल्प गरिएको छ ।

    एकल महिलालाई नगरको तर्फबाट रु. १ हजार भत्ता थप गरिने, महिला तथा तेस्रोलिङ्गीहरूका हकमा घरेलु हिंसा अन्त्यका लागि अधिकारकर्मी, स्वयम्सेवक तथा प्रहरीसँग समन्वय गरिने साथै उनीहरूलाई आत्मनिर्भर बनाउनका लागि सिपमूलक तालिम र विशेष बजेटसहित आयआर्जनका कार्यक्रम सञ्चालन गर्ने, युवाहरूलाई रोजगारी र उद्यमशीलता विकासका लागि व्यवसायिक तथा शिपमुलक तालिम केन्द्र, परामर्श केन्द्र, अनुसन्धान केन्द्र र लगानी तथा स्रोत व्यवस्थापन गर्ने, युवाका विशेष समिति निर्माण गरी लागुऔषधमा परेकाहरूलाई पुनःस्थापनामा सहयोग गर्ने र लागुऔषध तथा दुव्र्यसनमुक्त कनकाई नगरको निर्माण गर्ने कुरा घोषणापत्रमा उल्लेख छ ।


    शिक्षातर्फ, कनकाई नगरभित्रका सामुदायिक विद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीलाई निःशुल्क अध्ययनको व्यवस्था मिलाउने, गुणस्तरीय शिक्षाको लागि आवश्यक काम गर्ने, विद्यालयहरूमा भौतिक पूर्वाधार निर्माणमा सहयोग गर्ने, सरकारी विद्यालयहरूलाई स्तरोन्नतिका लागि स्रोत जुटाउने र सरकारी विद्यालयबाट १२ कक्षा उत्कृष्ट ग्रेडसहित उत्तीर्ण गर्ने विद्यार्थीलाई रु. एक लाख र नगरवासी मध्येबाट पि.एच.डी. गर्नेलाई रु.१ लाख पुरस्कार प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरिएको नगर सचिव भूपेन्द्र दाहालले बताए ।


    त्यस्तै, कनकाई नगरमा जातीय विभेद हुन नदिने साथै दलित उत्पीडित तथा निम्न वर्गका लागि विशेष बजेटमार्फत शिक्षा, स्वास्थ्य, रोजगारी तथा व्यवसायका कार्यक्रमहरू ल्याउने, जातीय समानतालाई प्रबद्र्धन गर्दै जातीय तथा सांस्कृतिक सद्भाव तथा सहिष्णुता बढाउने कार्यक्रम सञ्चालन गर्ने, कनकाई नगरको ९ वटै वडामा खेल मैदानको व्यवस्थापन गर्ने तथा खेल सामग्री, स्पोर्टस् एकाडेमीको निर्माण गर्नेे साथै खेलका गतिविधि सञ्चालन गर्ने र व्यावसायिक खेलाडी उत्पादन गर्न लगानी गर्ने घोषणापत्रमा उद्घोष गरिएको छ ।

    बालमैत्री, बालश्रम मुक्त तथा अपाङ्गमैत्री नगर निर्माण गर्ने फरक क्षमता भएकाहरुका लागि रोजगार, शिक्षा र स्वास्थ्यमा बिशेष सहयोग गर्ने, धार्मिक तथा पर्यटकीय स्थलहरूको संरक्षण र प्रबद्र्धन गर्ने, कला तथा संगीत क्षेत्रलाई अघि बढाउन तालिम केन्द्रको व्यवस्था गर्ने, कनकाई नगरलाई प्रदुषणमुक्त गर्न नगरका मुख्य बजारमा फोहोरमैला व्यवस्थापन सम्बन्धी कार्यक्रम सञ्चालन गर्ने, स्थानीय तहमा आवश्यक अपुग कानुन, नियम तथा निर्देशिका निर्माण गर्ने, कनकाई नगरले जनतालाई दिने सुविधामा कमी नआओस् भनी नगरको आन्तरिक आम्दानी बढाउन कृषि, पर्यटन, ऊर्जा, जडिबुटी, उद्योगसँग जोडिएर राष्ट्रिय तथा अन्तराष्ट्रिय समन्वय गरी नगरलाई आफैंमा आर्थिक दिगोपन ल्याउन कार्यक्रमहरु ल्याउने घोषणापत्रमा उल्लेख गरिएको छ ।


    नगरमा तेस्रो राजनीतिक शक्ति रहेको राप्रपाले नगरमा ४६ वटा पदमा उम्मेदवारी दिएको छ । नगर प्रमुखमा श्यामसुन्दर ओली, उपप्रमुखमा सचित्रा खनाल (चुडाल) र वार्ड अध्यक्षतर्फ वार्ड नं. १ मा विष्णुप्रसाद ओली, वार्ड नं. २ मा सुरेन्द्र अधिकारी, वार्ड नं. ३ मा हरि कार्की, वार्ड नं. ४ मा केशव संग्रौला, वार्ड नं. ५ मा भानुभक्त सिटौला, वार्ड नं. ६ मा दिलिप कार्की, वार्ड नं. ७ मा कृष्णप्रसाद उप्रेती, वार्ड नं. ८ मा छबि खतिवडा र वार्ड नं. ९ मा वीरबहादुर राजवंशीले उम्मेदवारी दर्ज गराएका छन् ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.