Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » निर्वाचन कार्यालय कनकाईद्वारा उम्मेद्वारको अन्तिम नामावली प्रकाशन
    समाचार

    निर्वाचन कार्यालय कनकाईद्वारा उम्मेद्वारको अन्तिम नामावली प्रकाशन

    कनकाई खबरBy कनकाई खबर२०७९ बैशाख १६, शुक्रबार १३:३३ गते2 Mins Read

    साबित्रा दहाल,
    कनकाई खबर / स्थानीय तह २०७९को यही वैशाख ३० गते हुने निर्वाचनको लागि निर्वाचन कार्यालय कनकाईद्वारा उम्मेद्वारको अन्तिम नामावली प्रकाशन भएको छ ।

    नामावली अनुसार कनकाई नगरपालिकामा आसन्न स्थानीय निर्वाचनमा प्रमुखमा ७ जनाले प्रतिस्पर्धा गर्दै छन् जसमध्ये नेकपा एमालेबाट पूर्व नगरप्रमुख राजेन्द्रकुमार पोखरेल, गठवन्धनबाट रुद्र चिमरिया, राप्रपाबाट श्याम ओली, विवेकशिल साझा पार्टीका भीमप्रसाद अधिकारी, टंका उप्रेती मौलिक जरोकिलो पार्टी र स्वतन्त्रबाट शेरबहादुर थापा र देवीप्रसाद उप्रेतीले उम्मेद्वारी दिएका छन् । कनकाई नगरको प्रमुखको प्रत्ययासीको रुपमा मौलिक जरोकिलो पार्टीको तर्फबाट महिला उम्मेद्वार टंका उप्रेतीले मनोनयन दर्ता गराएकी छिन् । यस अघि मनोनयन दर्ता गराएका संघीय लोकतान्त्रिक पार्टीका वसन्त लिम्बुले भने उम्मेद्वारी फिर्ता लिएका छन् ।

    यसैगरी उपप्रमुखमा नेकपा एमालेको तर्फबाट २०७४ सालको स्थानीय निर्वाचनबाट निर्वाचित उपप्रमुख मञ्जु प्रसाईको उम्मेद्वारी परेको छ । यसैगरी प्रत्यासीको रुपमा गठवन्धनको तर्फबाट आशा शर्मा शिवाकोटी, नेकपा एसबाट अम्विका उप्रेती, राप्रपाबाट सचिता खनाल, विवेकशिल साझा पार्टीबाट अम्बिका चापागाई, मौलिक जरोकिलो पार्टीको तर्फबाट शान्ता दहाल र उन्नत लोकतन्त्र पार्टीबाट विन्दीया वराईलीले कनकाई नगरपालिकाको आसन्न स्थानीय तहको निर्वाचनमा प्रतिस्पर्धा गर्दै छन् । यसअघि संघीय लोकतान्त्रिक राष्टिय मञ्चको तर्फबाट मनोनयन दर्ता गराउनु भएकी गीता चेम्जोडले भने उम्मेद्वारी फिर्ता लिएकी छन् ।

    आसन्न निनर्वाचनमा कनकाईका ९ वटा वडामा ४३ जनाले वडाध्यक्षको उम्मेद्वारी दिएकोमा २ जनाले उम्मेद्वारी फिर्ता लिएपश्चात ४१ जना वडाध्यक्षहरु ९ वटा वडाको लागि चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । महिला सदस्यमा २ जनाले उम्मेद्वारी फिर्ता लिएपश्चात ४४ जना, दलिम महिला सदस्यमा ३१ जनाले मनोनयन दर्ता गराएपनि २ जनाले फिर्ता लिएपश्चात २९ जना चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् भने वडासदस्यहरुमा ७५ जनाको मनोनयन दर्ता भएकोमा ६ जना सदस्यले उम्मेद्वारी फिर्ता लिएका छन् । १८ जना सदस्य पदका लागि अव ६९ जनाले प्रतिस्पर्धा गर्दैछन् ।

    कनकाई नगरपालिको मतदाता संख्या ३५,४७१ रहेको छ । जसमध्ये महिला १८,१५४ रहेका छन् भने पुरुष मतदाताको संख्या १७, ३१७ रहेको निर्वाचन कार्यालय झापाले जनाएको छ । आसन्न स्थानीय निर्वाचनको लागि कनकाईमा १२ वटा मतदान स्थल अन्तर्गत ४१ वटा मतदान केन्द्रको व्यवस्था गरिएको छ ।

    निर्वाचन कार्यतालिका अनुसार यही वैशाख ११ र १२ गते दुई दिन उम्मेद्वारको मनोनयन पत्र दर्ता गर्ने, वैशाख १२ गते मनोनयन पत्र दर्ता भएका उम्मेद्वारको सूची प्रकाशन गर्ने, १३ गते उम्मेद्वारको विरोधमा उजुरी दिने, १४ र १५ गते मनोनयनपत्र जाँच गर्ने तथा उजुरी उपर जाचबुझ गरी निर्णय गर्ने, वैशाख १५ गते मनोनयन भएको उम्मेद्वारको नामावली प्रकाशन गर्ने, वैशाख १६ गते उम्मेद्वारले नाम फिर्ता लिने र उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गर्ने र १७ गते उम्मेद्वारलाई चुनाव चिन्ह वितरण गर्ने कार्यक्रम रहेको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.