Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » सुरुङ्गामा अब ग्लोबल स्पोर्टस जोन संचालनको तयारीमा
    शिक्षा

    सुरुङ्गामा अब ग्लोबल स्पोर्टस जोन संचालनको तयारीमा

    adminBy admin२०७९ बैशाख १३, मंगलवार १७:२० गते2 Mins Read


    कनकाई खबर \ झापाको कनकाई ३ स्थित ग्लोबल एडुकेयर एकेडेमीले कनकाईमा पहिलो पटक ग्लोबल स्पोर्टस जोन सञ्चालनमा ल्याउने भएको छ ।

    ब्रिटिस काउन्सीलद्वारा इन्टरनेसनल स्कुल अवार्ड प्राप्त गर्न सफल ग्लोबल एडुकेयर एकेडेमीले विद्यार्थीहरुको चौतर्फी विकासलाई मध्यनजर गर्दै नगरमै पहिलो पटक ग्लोबल स्पोर्टस जोन सञ्चालनमा ल्याउन लागेको हो ।
    ग्लोबल स्पोर्टस जोनमा विद्यार्थीहरुले आफूले चाहेको अतिरितm क्रियाकलाप सिक्न वा खेल्न पाउने भएका छन् । स्पोर्टस जोनमा कराँते, व्रिmकेट, फुटबल, व्याडमिन्टन, भलिबल, टेबलटेनिस, म्युजिक र डान्सको सुविधा रहने ग्लोबल एडुकेयर एकेडेमीका प्रिन्सिपल विमान लामा तामाङ्गले बताए ।


    विद्यालय र स्पोर्टस जोन फरक फरक ब्लकमा सञ्चालन हुने बताइएको छ । स्पोर्टस जोनमा कम्पाउन्डको साथै सेक्युरिटी गार्ड र प्रशिक्षकहरु रहनेछन् । स्पोर्ट्स जोनमा जुनसुकै विद्यालयका विद्यार्थीहरुले पनि भर्ना भई सिक्ने वा खेल्न पाउनेछन् । साथै यस विद्यालयमा अध्ययनरत या आउँदो शैक्षिक शत्रबाट यस विद्यालयमा पढ्न चाहने विद्यार्थीहरुलाई भने भर्ना शुल्कमा छुट गरिने भएको छ । स्पोर्टस जोन हरेक दिन बेलुका ५ बजेदेखि सञ्चालन हुने बताइएको छ । अभिभावकको चाहना भएमा बिहानको समयमा पनि स्पोर्टस जोनको नियम पालना गरी अभिभावक समेतलाई खुल्ला गर्न सकिने बताइएको छ । स्पोर्टस जोन यहि वैशाख १७ गते शनिबारदेखि सञ्चालनमा आउने भएको छ ।


    स्पोर्टस जोन संचालनको तयारीमा रहेकै बेला हाल विद्यार्थीको चाप बढ्न थालेकोले अभिभावकहरुले समयमै आफ्नो नानीहरुको नाम दर्ता गराई सिट सुरक्षित गर्नु पर्ने विद्यालयले जनाएको छ ।अबका वालवालिकालाई पढाइमा मात्र नभएर उनीहरुको क्षमतालाई समेत बुझेर अतिरिक्त क्रियाकलापमा समेत ध्यान दिनुपर्ने कुरामा जोड दिँदै विद्यालयका प्रिन्सिपल विमान लामा तामाङ्गले विद्यार्थीहरु अतिरिक्त क्रियाकलापमा समेत अबल भएमा यसबाट पनि नाम र दाम कमाउँन सकिने साथै नेपाल र नेपालीलाई विश्व सामु चिनाउन समस्या नहुने बताए । यसले फुर्सदको समय सदुपयोग हुने साथै शारिरीक व्यायाम पनि हुने भएपछि अब वालवालिकाको पहिलो रोजाई नै ग्लोबल एडुकेयर एकेडेमीको स्पोर्टस जोन भएको बताइएको छ ।

    कमेन्टस्

    Author

    • admin
      admin

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.