Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » पुर्व प्रधानमन्त्री ओलीबाट कनकाईका खतिवडालाई कम्युनिष्ट योद्धाको सम्मान
    राजनीति

    पुर्व प्रधानमन्त्री ओलीबाट कनकाईका खतिवडालाई कम्युनिष्ट योद्धाको सम्मान

    adminBy admin२०७९ बैशाख १३, मंगलवार ०७:३७ गते3 Mins Read

    राम निरौला,
    कनकाई खबर \ झापाको कनकाई ६ चम्पापुर निवासी ७९ वर्षिय भिमबहादुर खतिवडालाई पुर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष के.पी.शर्मा ओलीले एक विशेष समारोहका विच कम्युनिष्ट योद्धाको रुपमा सम्मान गरेका छन् ।

    नेपाल कम्यूनिष्ट पार्टीको ७४ औं स्थापना दिवसको अवसर पारेर नेकपा एमालेले पार्टीको केन्द्रिय कार्यालयमा आयोजित एक विशेष समारोहका विच खतिवडासहित विभिन्न क्षेत्रका १७ जनालाई कम्युनिष्ट योद्धाका रुपमा सम्मान गरेको हो । नेपाललाई राजनीतिक रुपमा अन्धकार युगबाट लोकतन्त्रको उज्यालो युग तर्फ लैजाने यात्रामा खतिवडाले निर्वाह गरेको भूमिकाको उच्च मुल्यांकन गर्दै सम्मान गरिएको बताइएको छ ।


    गरिव दुखीको भलाई गर्ने पार्टीका रुपमा कम्युनिष्ट पार्टीलाई रोजेर २०२५ सालदेखि कम्युनिष्ट आन्दोलनमा होमिएका ७९ वर्षिय खतिवडा पुर्व प्रधानमन्त्री ओलीसहित पुर्व मन्त्रीहरु सि.पी.मैनाली, राधाकृष्ण मैनाली लगायतका नेताहरुको भूमिगत सेल्टर दाता हुन् । विगत एक दशक यता विभिन्न रोगका कारण ओछ्यानमा परेका खतिवडा पछिल्लो समय पुर्व प्रधानमन्त्री ओलीसँग भेटघाट गर्ने तिव्र ईच्छा रहेको बताउँदै आएका थिए । “विरामले थलिएर साह्रै भएका बेला उहाँको याद आयो”, गहभरि आँशु पार्दै खतिवडाले भने, “ठूलो आशा केही पनि छैन, विगतमा आफ्नो झुपडीको सेल्टरमा रहँदाको समयमा जस्तै एक पटक हात मिलाउँन पाए हुन्थ्यो अनि स्वास्थ्यका बारेमा सोधिदिए हुन्थ्यो ।” बल बैंस हुँदा निस्वार्थ ढङ्गले यो बेला सम्म केही आशा अपेक्षा नगरीकन पार्टीलाई सहयोग गरेको बताउँदै खतिवडाले यो पाँच वर्ष अघिको संसदीय निर्वाचनपछि देशको प्रधानमन्त्री बनेका ओलीसँग यो पछिल्लो समय भेटघाट गर्ने तिब्र ईच्छा जागेको बताएका हुन् ।


    मुलुकमा भएको राजनीतिक परिवर्तनसँगै देशमा बहुदलीय प्रजातन्त्र आएपछि सरकारको गृह मन्त्री भएको समयमा एक पटक आफ्नो झुपडीमा आई हात मिलाएर नेता ओलीले पानी सम्म खान भ्याएको त्यो समयमा आँफुलाई अत्यन्तै खुशी लागेको सेल्टरदाता खतिवडा बताउँछन् ।


    भूमिगत सेल्टरको विगतलाई स्मरण गर्दै पुर्व प्रधानमन्त्री ओलीका सेल्टरदाता खतिवडाले भने, “साँझपख एउटा युवा मान्छे आँगनमा टुप्लुक्क आएर सरासर घरभित्र पसेको देखेर आश्चार्य लागेको थियो, तर नजिकबाट हेर्दा मात्र खड्ग ओली भनेर थाहा भयो र सुरक्षित कोठामा राखियो ।” लगत्तै अरु पनि केही त्यस्तै युवाहरु फटाफट आउँने अनि घरभित्र पस्ने, आँफूले जस्तो खाना तयार पारेको छ त्यस्तै खाना खुशी मानेर खाने दुरदर्शी व्यक्तित्वका रुपमा नेता ओलीलाई आँफूले बुझेको खतिवडा बताउँछन् । उहाँहरु घरभित्र बसुन्जेल बाहिरी वातावरणको निगरानीमा आँफू तैनाथ हुने गरेको विगतलाई स्मरण गर्दै शौचालयका रुपमा राखिदिएको माटाको घैला, टोकरीलाई आँफूले व्यवस्थापन गर्ने गरेको सेल्टरदाता खतिवडा बताउँछन् । त्यो समयमा अध्ययनकालागि क्रान्तीकारी विचारभावना समेटिएका पत्रपत्रिका,किताबहरु आँफूलाई चीनबाट आउँने गरेको बताउँदै खतिवडाले त्यस बेलादेखिको पत्रिका आएको खाम अझै पनि सुरक्षित रहेको बताए । तत्कालिन समयमा पंचायत विरोधी अभियानमा लागेको भन्दै आँफूसहित स्थानीय ८ जनालाई घैलाडुवा प्रहरीले नियन्त्रणमा लिएर केरकार समेत गरेको विगतलाई स्मरण गर्दै खतिवडाले देशमा बहुदलीय प्रजातन्त्र आएपछि मात्र सहज भएको अनुभव सुनाए ।

    देश र जनताको भलाइकालागि आफ्नो ज्यान खुकुरीको धारमा राखेर जनतामा चेतना फैलाउँने अभियानमा हरेक गाउँ र टोल बस्तीमा भूमिगत जीवन बिताएका नेता ओलीले तत्कालिन समयमा आफ्नो झुपडीमा सानो स्वरमा दिने गरेको प्रशिक्षण अझै पनि मन मस्तिष्कमा स्मरणीय रहेको खतिवडाको भनाई छ । त्यसबेला भूमिगत सेल्टरमा बामपन्थी नेता सि.पी. गजुरेलले समेत प्रशिक्षण दिने गरेको खतिवडा बताउँछन् ।


    आठराईको हाम्पाङ बिसगुरेमा वि.सं.२००१ वैशाख १४ गतेका दिन जन्मीएका खतिवडा २०१८ देखि नै हालको कनकाई ६ स्थित चम्पापुरमा बस्दै आएका छन् । विभिन्न रोगका कारण श्रीमति भीमकुमारी समेत ओछ्यानमा परेपछि थला परेका खतिवडा दम्पतीका छोराबुहारी रमेश र तारा, कमल र रस्मी खतिवडा, तीन छोरी वसन्ता, सन्दीपा र मेनुका साथै ६ जना नातिनातीना रहेका छन् ।

    कमेन्टस्

    Author

    • admin
      admin

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.