Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाईमा एमालेले नौमति बाजासहित गर्यो ४७ पदमा मनोनयन दर्ता
    राजनीति

    कनकाईमा एमालेले नौमति बाजासहित गर्यो ४७ पदमा मनोनयन दर्ता

    adminBy admin२०७९ बैशाख १३, मंगलवार ०३:२४ गते2 Mins Read

    कनकाई खबर \ कनकाई ३ स्थित सुरुङ्गा चोकमा सोमबार दिउँसो १२ बजे सूर्य चिन्ह अंकित झण्डा बोकेर एमालेका समर्थक तथा कार्यकर्ताहरु भेला भइरहेका थिए । मध्य दिनको चर्को घाममा पनि एक पछि अर्को गर्दै त्यहाँ एमालेका समर्थक थपिँदै गए । सयौं कार्यकर्ता केहीबेरमा नै भेला भए । भेला हुनुको मुख्य कारण थियो पार्टीका तर्फबाट उम्मेदवार बनेकाहरुको नाम घोषणा ।


    सुरुड्गामा आधिकारिक नाम घोषणा गरेर उम्मेदवारलाई फूलमालाले अभिनन्दन गर्दै सामुहिक मनोननय गर्न निर्वाचन कार्यालय जाने कार्यतालिका अनुसार एमालेका कार्यकर्ता तथा समर्थक भेला भएका थि


    नेपाली नौमती पञ्चेबाजासहित दिउँसो १ बजेबाट शुरु भएको छोटो औपचारिक कार्यक्रमको अध्यक्षता पार्टी नगर अध्यक्ष खड्ग प्रसाईले गरेका थिए । पार्टीको विभिन्न ओहोदामा रहेका नेता, कार्यकर्ता एवम् शुभेच्छुक र समर्थकहरुको उत्साहजनक सहभागिता रहेको उक्त घोषणासभामा नगरकमिटी अध्यक्ष खड्ग प्रसाईले नाम सार्वजनिक गरेका थिए ।


    उम्मेदवारको नाम घोषणा पश्चात र्यालीसहित एमालेका नेता कार्यकर्ता मनोनयन दर्ताको लागि निर्वाचन कार्यालयमा कनकाई नगरपालिका कार्यालय पुगेका थिए । एमालेले कनकाईमा प्रमुखमा पुरानै नगरप्रमुख राजेन्द्र पोखरेल र उपप्रमुखमा पनि पुरानै उपप्रमुख मञ्जु प्रसाईको मनोनयनसहित ४७ जना उम्मेदवारको नाम मनोनयन गराएको छ ।

    मनोनयपछि बोल्दै नगरको प्रमुख पदका उम्मेदवार राजेन्द्र पोखरेलले आफूले उम्मेदवारी दिनुको प्रमुख कारण जनताको माग र पार्टीको अनुरोध रहेको बताउँदै आफ्नो नगरले निक्कै महत्वपूर्ण कामहरु गरेको र आफूले थालेका कमहरु अधुरा रहेकोलाई सम्पन्न गरी समृद्ध नगर बनाउने प्रतिवद्धता व्यक्त गरे ।

    नेकपा एमालेले मनोनयन दर्ता गराएका वडाध्यक्षका उम्मेदवारहरुमा क्रमशः वडा नं. १ सुशिलकुमार पोखरेल, वडा नं.२ बलराम राई, वडा नं.३ मा युवराज चम्लागाई, वडा नं.४ मा रोशन सुवेदी, वडा नं. ५ मा कृष्णबहादुर राई, वडा नं. ६ मा दीर्घबहादुर थापा, वडा नं.७ मा प्रकाश शिवाकोटी, वडा नं.८ मा प्रेमबहादुर कटुवाल र वडा नं.९ मा राजेन्द्रप्रसाद उप्रेती रहेका छन् ।

    कमेन्टस्

    Author

    • admin
      admin

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.