Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    अन्तर्राष्ट्रिय झापाली समाजका अग्रज व्यक्तित्वहरु एनआरएनएको महत्वपूर्ण जिम्मेवारीमा

    २०८३ श्रावण १०, आईतवार १४:२३ गते

    प्रदेश सरकारमा सहकार्य गर्न एमाले र माओवादीबीच तीनबुँदे सहमति

    २०८३ श्रावण ९, शनिबार १८:१९ गते

    सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन

    २०८३ श्रावण ६, बुधबार १८:२४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाईमा गठबन्धन तोडियो, ८ \ ८ जना मेयर उपमेयरसहित २०४जनाको उम्मेद्वारी दर्ता
    राजनीति

    कनकाईमा गठबन्धन तोडियो, ८ \ ८ जना मेयर उपमेयरसहित २०४जनाको उम्मेद्वारी दर्ता

    adminBy admin२०७९ बैशाख १२, सोमबार १६:५७ गते2 Mins Read

    कनकाई खबर \ आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनकालागि झापाको  कनकाईमा २ सय चार जनाको उम्मेद्वारी मनोनयन भएको छ ।


    कनकाईका निर्वाचन अधिकृत दिपक कोइरालाका अनुसार मेयर पदकालागि ८ जनाले उम्मेद्वारी मनोनयन दर्ता गराएका छन् । त्यस्तै उपमेयर पदकालागि समेत ८ जनाकै उम्मेद्वारी मनोनयन भएको बताइएको छ । उम्मेद्वारी चयनमा दलहरु विच सहमति नजुटेका कारण प्रमुख पदहरुमा नै स्वतन्त्र उम्मेद्वारका रुपमा मनोनयन दर्ता भएपछि कनकाई नगरको निर्वाचनको माहोल तातेको छ ।


    कनकाईमा मेयर पदकालागि एमालेका तर्फबाट निवर्तमान मेयर राजेन्द्र पोखरेलले उम्मेद्वारी मनोनयन गराएका छन् । त्यस्तै नेपाली कांग्रेसबाट कनकाई ३ का निवर्तमान वडाअध्यक्ष समेत रहेका रुद्रप्रसाद चिमरीयाले मेयर पदकालागि उम्मेद्वारी मनोनयन गराएका छन् । कांग्रेस तर्फकै मेयरको आकांक्षी बनेका शेरबहादुर थापाले पार्टीको टिकट नपाएपछि स्वतन्त्र उम्मेद्वारका रुपमा उम्मेद्वारी मनोनयन गराएको बताइएको छ । थापालाई माओवादी केन्द्र, नेकपा समाजवादी र जसपाको साथ रहने बुझिएको छ ।


    त्यस्तै एमाले तर्फ मेयरका आकांक्षी बनेका श्याम ओलीले पार्टीबाट टिकट प्राप्त गर्न नसकेपछि उनी राप्रपामा प्रवेश गरे लगत्तै सोही पार्टीबाट मेयर पदको उम्मेद्वार बन्न पुगेका छन् । त्यस्तै विवेकशिल साझा पार्टीका तर्फबाट मेयर पदकालागि भिमप्रसाद अधिकारी, संघीय लोकतान्त्रीक राष्ट्रिय मन्चका तर्फबाट बसन्त लिम्बू, मौलिक जरो किलो पार्टीबाट टंका उप्रेती र स्वतन्त्रका रुपमा कनकाई २निवासी देवीप्रसाद उप्रेतीले उम्मेद्वारी मनोनयन गराएको कनकाईस्थित निर्वाचन कार्यालयले जनाएको छ ।


    त्यस्तै उपमेयर पदकालागि एमालेका तर्फबाट निवर्तमान उपमेयर मन्जु प्रसाई, नेपाली कांग्रेसबाट आशा शिवाकोटी, राप्रपाबाट सचित्रा खनाल, संघीय लोकतान्त्रीक मंचबाट गीता चेम्जोङ, उन्नत लोकतान्त्रीक पार्टीबाट विन्दीया बराइली, विवेकशिल साझा पार्टीबाट अम्बिका चापागाई, नेकपा एकिकृत समाजवादी पार्टीबाट अम्बिका महत उप्रेती, मौलिक जरो किलोबाट शान्ता दहालले उपमेयर पदमा उम्मेद्वारी मनोनयन गरेको बताइएको छ ।
    कनकाईमा रहेका नौ वटा वडाबाट वडाअध्यक्षमा ४३ जनाले उम्मेद्वार मनोनयन गराएका छन् । वडासदस्यमा ७७, महिला सदस्यमा ३७ र दलित महिला सदस्यमा ३१ जनाको मनोनयन भएको छ ।


    कनकाई नगरपालिकास्थित निर्वाचन कार्यालयमा भएको उम्मेद्वार मनोनयनका क्रममा केही राजनीतिक दलहरु विचमा हुने भनिएको गठबन्धन तोडिएको बताइएको छ । राजनीतिक दलहरुले आआफ्नो पार्टीका तर्फबाट उम्मेद्वारी मनोयन गरेका छन् । उम्मेद्वार चयनमा राजनीतिक दलहरु विच सहमति नजुटेपछि गठबन्धनमा ब्रेक लागेको स्थानीय राजनीतिक दलका नेताहरु बताउँछन् ।

    जसअनुसार वडाअध्यक्षकालागि कनकाईको वडा नं.१ मा एमालेका तर्फबाट शुसिल पोखरेल, नेपाली कांग्रेसबाट सुर्यकुमार थापा, राप्रपाबाट विष्णुप्रसाद ओली, माओवादी केन्द्रबाट खगमाया चापागाईँले उम्मेद्वारी मनोनयन गराएका छन् । वडा नं.२ मा अध्यक्ष पदकालागि एमालेबाट बलराम राई, नेपाली कांग्रेसबाट अर्जुनकुमार राई, राप्रपाबाट सुरेन्द्र अधिकारी, माओवादी केन्द्रबाट मेघनाथ पाठक र स्वतन्त्र उम्मेद्वारका रुपमा परशुराम गिरीले उम्मेद्वारी मनोनयन गराएका छन् ।

    कमेन्टस्

    Author

    • admin
      admin

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    अन्तर्राष्ट्रिय झापाली समाजका अग्रज व्यक्तित्वहरु एनआरएनएको महत्वपूर्ण जिम्मेवारीमा

    २०८३ श्रावण १०, आईतवार १४:२३ गते

    प्रदेश सरकारमा सहकार्य गर्न एमाले र माओवादीबीच तीनबुँदे सहमति

    २०८३ श्रावण ९, शनिबार १८:१९ गते

    सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन

    २०८३ श्रावण ६, बुधबार १८:२४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    अन्तर्राष्ट्रिय झापाली समाजका अग्रज व्यक्तित्वहरु एनआरएनएको महत्वपूर्ण जिम्मेवारीमा

    २०८३ श्रावण १०, आईतवार १४:२३ गते

    प्रदेश सरकारमा सहकार्य गर्न एमाले र माओवादीबीच तीनबुँदे सहमति

    २०८३ श्रावण ९, शनिबार १८:१९ गते

    सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन

    २०८३ श्रावण ६, बुधबार १८:२४ गते

    अष्ट्रेलियामा पहिलो पटक ग्लोबल नेपाली फिल्म अवार्ड हुँदै

    २०८३ श्रावण ६, बुधबार १७:५६ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.