Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाई घाटको पाँचौं पद हस्तान्तरण सम्पन्न
    समाचार

    कनकाई घाटको पाँचौं पद हस्तान्तरण सम्पन्न

    adminBy admin२०७९ बैशाख १०, शनिबार १६:१७ गते3 Mins Read

    सुरुङ्गा \ कनकाई घाट संस्था कनकाई–४ कोटीहोमको पाँचौं पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको नवनिर्वाचित अध्यक्ष वेदप्रकाश अग्रवाललाई निवर्तमान अध्यक्ष प्रभाखर कडरियाले नेपाली टोपी लगाइदिएर र अध्यक्षको कुर्सीमा राखी कार्यभार सुम्पेका थिए ।

    निवर्तमान महासचिव सूर्यप्रसाद उप्रेतीले नवनिर्वाचित महासचिव नारायण ओलीलाई बैठक पुस्तिका हस्तान्तरण गरेका थिए । सो अवसरमा संस्थाको पाँचौं अधिवेशनले ३ वर्षे कार्यकालका लागि सर्वसम्मत चयन भएको समितिका अध्यक्ष वेदप्रकाश अग्रवाल, वरिष्ठ उपाध्यक्ष खेमनाथ मिश्र, उपाध्यक्ष डिल्लीराम मैनाली, महासचिव नारायण ओली, सचिव सुरेशकुमार अग्रवाल ‘भद्रपुरे’, कोषाध्यक्ष गोपाल खरेल र सदस्यहरू खेमराज कार्की, टीकाप्रसाद कट्टेल, शिला उप्रेती (बोजु), हिरण्यकुमार राई, मानबहादुर पौडेल, राधिका ओली (कडरिया), दयानन्द वंशल, दुर्गाप्रसाद चापागाई, भरतकुमार ढकाल र अम्बिका खरेललाई े निर्वाचन समितिका संयोजक ईश्वरीप्रसाद शिवाकोटीले प्रमाणपत्र प्रदान गरे । त्यसै गरी, लेखा समितिका संयोजक नरेन्द्रप्रसाद फुयाँल, सदस्यहरू निर्मला चाम्लिङ राई र पूर्णलाल श्रेष्ठलाई पनि प्रमाणपत्र प्रदान गरिएको थियो ।


    सो अवसरमा संस्थाका वरिष्ठ उपाध्यक्षका रूपमा रहेकै समयमा निधन भएका दीपेन्द्र पोखरेललाई मरणोपरान्त सम्मान गरिएको थियो । सो सम्मान पत्र स्व.पोखरेलकी अर्धाङ्गिनी भूमिका पोखरेलले ग्रहण गरेकी थिइन् । त्यस बेला, रोटरी क्लब लगायतका विभिन्न सामाजिक संघसंस्थामा क्रियाशील रहेकी भूमिकाले गरीबदुःखी परिवारलाई आफ्ना आफन्तजनको अन्तिम संस्कार गर्न सहज होस् भनी आफ्ना पतिको स्मृतिमा ५१ हजार रूपैयाँ अक्षयकोष निर्माणका लागि कनकाई घाट संस्थालाई दिने उद्घोष गरेकी थिइन् ।


    त्यस्तै, निर्वाचन समितिका संयोजक शिवाकोटी, सदस्यहरू तीर्थराज खरेल र भीष्म मैनालीलाई प्रशंसापत्र प्रदान गरिएको थियो । निवर्तमान अध्यक्ष प्रभाखर कडरियाद्वारा आफ्नो अन्तिम कार्यकालका उपाध्यक्ष वेदप्रकाश अग्रवाल, महासचिव सूर्यप्रसाद उप्रेती, सचिव सुरेशकुमार अग्रवाल ‘भद्रपुरे’, कोषाध्यक्ष मेनुका मैनाली र सदस्यहरू डिल्लीराम मैनाली, नबलकिशोर दत्त, बालकृष्ण प्रसाईं, नारायण ओली, खेमनाथ मिश्र, खेमराज कार्की, शिला उप्रेती (बोजु), निर्मला राई, टीकाप्रसाद कट्टेल, लक्ष्मीप्रसाद उप्रेती र गोपाल खरेललाई सम्मान गरेका थिए । निवर्तमान लेखा समितिका संयोजक दुर्गाप्रसाद दवाडी, सदस्यहरू खगेन्द्रमणि ओली र खेमप्रसाद उप्रेतीलाई पनि सम्मान गरिएको थियो । सो अवसरमा संस्थाका कार्यालय सचिव खेमप्रसाद शिवकोटीलाई पनि सम्मान गरिएको थियो ।

    नवनिर्वाचित समितिद्वारा संस्थाको स्थापनादेखि लगातार १२ वर्षसम्म अध्यक्ष रहेका निवर्तमान अध्यक्ष प्रभाखर कडरियालाई विशेष सम्मान गरिएको थियो भने संस्थाको विधान अनुसार निवर्तमान अध्यक्ष कार्यसमिति सदस्य रहने प्रावधान अनुरूप कडरियालाई सदस्यमा मनोनयन गरिएको थियो ।


    कनकाई उद्योग वाणिज्य संघका सचिव प्रकाश प्रसाईं, नेपाल रेडक्रस सोसाइटी सुरुङ्गाका सभापति बालकृष्ण प्रसाईं, लायन्स क्लब अफ सुरुङ्गाका प्रेसिडेन्ट साजन थापा, रोटरी क्लब अफ सुरुङ्गाका प्रेसिडेन्ट सुशीलकुमार श्रेष्ठ लगायतको आतिथ्य रहेको कार्यक्रममा प्रमुख अतिथि कनकाई नगरपालिका वार्ड नं. ४ का वार्ड अध्यक्ष गोविन्दप्रसाद पौडेल, विशिष्ट अतिथि समाजसेवी माता तिलरूपा खड्का, कनकाई क्याम्पस सुरुङ्गाका प्रमुख विकासप्रसाद उप्रेती, सुरुङ्गा जेसीजका अध्यक्ष सुष्मा न्यौपाने (उप्रेती) लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

    प्रभाखर कडरियाको अध्यक्षता र सुरेशकुमार अग्रवाल ‘भद्रपुरे’ को स्वागत मन्तव्य रहेको कार्यक्रम संस्थाका आजीवन सदस्य तीर्थराज खरेलले सञ्चालन गरेका थिए ।
    कोटीहोम क्षेत्रमा मानिसको जीवनको अन्त्येष्टि सम्मानजनक र धार्मिक विधिपूर्वक गर्ने वातावरण निर्माण गरी सहज ढंगले किरायाकर्म गर्न सकियोस् भन्ने जनोपयोगी लक्ष्य र उद्देश्य राखी २०६७ सालमा कनकाई घाट संस्थाको स्थापना गरिएको थियो । झापा जिल्लामा अवस्थित हिन्दुहरुको पवित्र धार्मिक स्थल कनकाई माई नदीमा परापूर्व कालदेखि नै मृत्युवरण पश्चात् पार्थिव शरिरलाई दाह संस्कार गरिदै आइरहेको सन्दर्भमा बर्षेनि नदीको धार फेर बदल भइरहने, सुख्खा अवस्थामा पानीको स्रोत सुक्ने र वर्षा अवस्थामा बाढीबाट हुने समस्या समेतलाई न्यूनीकरण गर्दै सबै जातजाति, धर्म, लि¨ र वर्गका मानिसको मृत्युपश्चात गरिने अन्त्येष्टि क्रियाको लागि चिताभूमिस्थल निर्माण गर्ने टड्कारो आवश्यकता महसुस गरी यो संस्थाको स्थापना गरिएको निवर्तमान महासचिव सूर्यप्रसाद उप्रेतीले बताए ।

    कमेन्टस्

    Author

    • admin
      admin

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.