Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कांग्रेसको १५औँ महाधिवेशन: गगन थापाको राजनीतिक प्रतिवेदन, सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्मका २९ प्रस्ताव

    २०८३ आश्विन १८, आईतवार १६:११ गते

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » एमालेले कनकाईसहित झापाका आठ पालिकाको प्रमुख र उपप्रमुखको उम्मेदवार टुङ्गो लगायो
    राजनीति

    एमालेले कनकाईसहित झापाका आठ पालिकाको प्रमुख र उपप्रमुखको उम्मेदवार टुङ्गो लगायो

    adminBy admin२०७९ बैशाख १०, शनिबार १४:२१ गते2 Mins Read

    कनकाई खबर \ नेकपा एमालेले स्थानीय निर्वाचनका लागि झापाका आठ पालिकाका प्रमुख र उपप्रमुखको उम्मेदवार टुङ्गो लगाएको छ । एमालेले भद्रपुर, दमक, बिर्तामोड, गौरादह, कनकाई, बाह्रदशी र बुद्धशान्तिमा उम्मेदवार टुङ्गो लगाएको हो ।

    एमालेले भद्रपुर नगर प्रमुखमा असारु राजवंशी र उपप्रमुखमा कौशिला अधिकारीलाई उम्मेद्वार बनाउने भएको छ । प्रदेश १ का इञ्चार्ज देवराज घिमिरेका अनुसार दमक नगरपालिकाको प्रमुखमा हालकी उपमेयर गीता अधिकारीलाई मेयरको उम्मेद्वार बनाएको छ भने उपमेयरमा अम्बिका खनाललाई उम्मेद्वार बनाउने निर्णय गरेको छ ।

    यता, विर्तामोड नगरपालिकाको मेयरमा हालकी उपमेयर पवित्रा महतारा प्रसाईंलाई र उपमेयरमा बिर्तामोड–२ का वडाध्यक्ष नगेन्द्रप्रसाद संग्रौलालाई अघि सारेको छ । एमालेले गौरादह नगरपालिकाको मेयरमा छत्रपति सुबेदी र उपमेयरमा जलवर्षा राजवंशीलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ ।

    प्रदेश इञ्चार्ज घिमिरेका अनुसार कनकाई नगरपालिका प्रमुख र उपप्रमुखमा अहिलेकै मेयर उपमेयरलाई दोहोर्याउने भएको छ । उनका अनुसार मेयरमा राजेन्द्र पोखरेल र उपमेयरमा मन्जु प्रसाईंलाई उम्मेद्वार बनाउने निर्णय भएको छ । त्यस्तै, बाह्रदशी गाउँपालिकाको अध्यक्षमा एमालेले देवेन्द्र चम्लागाई र उपाध्यक्षमा शान्ता खरेललाई उम्मेद्वार बनाउने निर्णय गरको छ । नेकपा एमालेले बुद्धशान्ति गाउँपालिकाको अध्यक्षमा यस अघिका उपाध्यक्ष मिरा भुर्तेल र उपाध्यक्षमा धरणी पोखरेललाई उम्मेद्वार बनाउने निर्णय गरेको छ । शिवसत्ताक्षी नगरपालिकाको मेयरमा रोशन थोप्रा र उपमेयरमा नरमाया कार्कीलाई उम्मेद्वार बनाउने एमालेले निर्णय गरेको प्रदेश इन्चार्ज देवराज घिमिरेले जानकारी दिए ।

    कमेन्टस्

    Author

    • admin
      admin
      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कांग्रेसको १५औँ महाधिवेशन: गगन थापाको राजनीतिक प्रतिवेदन, सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्मका २९ प्रस्ताव

    २०८३ आश्विन १८, आईतवार १६:११ गते

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कांग्रेसको १५औँ महाधिवेशन: गगन थापाको राजनीतिक प्रतिवेदन, सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्मका २९ प्रस्ताव

    २०८३ आश्विन १८, आईतवार १६:११ गते

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते

    जेई खोप अभियानः ७३ प्रतिशत लक्ष्य पूरा गर्दै कनकाई नगरपालिका जिल्लामा चौथो स्थानमा, गौरीगञ्ज पहिलो

    २०८३ आश्विन १५, बिहीबार ००:१८ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.