Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते

    जेई खोप अभियानः ७३ प्रतिशत लक्ष्य पूरा गर्दै कनकाई नगरपालिका जिल्लामा चौथो स्थानमा, गौरीगञ्ज पहिलो

    २०८३ आश्विन १५, बिहीबार ००:१८ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाईमा एक करोड ५० लाखमा स्थापना भएको अक्सिजन प्लान्टबाट उत्पादन सुरु
    समाचार

    कनकाईमा एक करोड ५० लाखमा स्थापना भएको अक्सिजन प्लान्टबाट उत्पादन सुरु

    adminBy admin२०७९ बैशाख १०, शनिबार ०२:१९ गते2 Mins Read

    कनकाई खबर \ झापाको कनकाई नगरपालिकाले नगर क्षेत्रमै अक्सिजन उत्पादन सुरु गरेपछि स्थानीय सरकारका तर्फबाट थप जिम्मेवारी पुरा भएको छ ।

    विश्व व्यापी महामारीका रुपमा फैलिएको कोरोना संक्रमण उत्कर्षमा पुगेपछि संक्रमितकालागि अत्यावश्यक पर्ने अक्सिजन नगरमै उत्पादन गर्ने नगरप्रमख राजेन्द्र पोखरेलको योजनाले सफलता प्राप्त गरेपछि थप जिम्मेवारी पुरा भएको हो । तत्कालिन संक्रमणकालिन अवस्थामा स्थानीय सरकारका तर्फबाट नगर प्रमुख पोखरेलले अघि सारेको योजनामा स्वदेश तथा विदेशमा समेत रहेका विभिन्न दाताहरु साथै संघ संस्थाहरुबाट समेत स्वतःस्फुर्त रुपमा सहयोग प्राप्त भएपछि योजनले सफलता पाएको कनकाई नगर प्रमुख राजेन्द्र पोखरेलले बताए । प्लान्ट स्थापनाकालागि ठेक्का लगायत अन्य प्रक्रियाका कारण केही ढिला भएपनि हरेक किसिमका विरामीकालागि अतिआवश्यक पर्ने अक्सिजन संचालनमा आउँनु नगरवासीकालागि ठूलो उपलव्धी भएको साथै आफूहरुले गरेको प्रतिबद्धता समेत पूरा भएको नगर प्रमुख पोखरेलले बताए ।


    कनकाई नगरपालिकाले सुरुङ्गास्थित प्रस्तावित कनकाई नगर अस्पताल परिसरमा रहेको अक्सिजन प्लाण्टबाट सुक्रबारदेखि अक्सिजन उत्पादन शुरु गरेको हो । प्लान्ट स्थापनाकालागि कनकाई नगर प्रमुख पोखरेलले १० लाख रुपैंया सहयोग गर्ने घोषणा गरेसँगै सहयोग रकम संकलन तिब्र रुपमा अघि बढेको थियो । प्लान्ट स्थापनाकालागि स्वदेश तथा विदेशमा रहेका नेपालीहरुबाट ५० लाख रुपैँया सहयोग रकम प्राप्त भएको नगर प्रमुख पोखरेलले बताए । १ करोड ४९ लाख ५५ हजार ३१५ रुपैँया ७५ पैसामा ललितपुरस्थित एभरेष्ट लाइन सप्लायर्सले प्लाण्ट आपूर्तीको ठेक्का प्राप्त गरेपछि प्रक्रिया अघि बढेको बताइएको छ ।


    टर्कीको मेन्टिस इन्जिनियरिङ कम्पनीको प्लाण्टबाट दैनिक ४० लिटरको १६० वटा सिलिण्डर ग्यास उत्पादन हुने सप्लायर कम्पनीका बायोमेडिकल इन्जिनियर प्रवल वाग्लेले जानकारी दिए । एउटा ४० लिटरको सिलिण्डर २० देखि ३० मिनेटमा भर्न सकिने उनले बताए । प्लाण्टमा हाल एक पटकमा १२ वटा सिलिण्डर भर्न सकिने गरि व्यवस्था मिलाइएको छ । प्लाण्टबाट उत्पादित अक्सिजनमा ९६ प्रतिशत शुद्धता हुने बताइएको छ । प्लाण्ट केहि महङ्गो भएपनि अक्सिजनको शुद्धतालाई ध्यान दिएर युरोपीयन ब्राण्ड रोजेको नगर प्रमुख पोखरेल बताउँछन् ।

    कमेन्टस्

    Author

    • admin
      admin
      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते

    जेई खोप अभियानः ७३ प्रतिशत लक्ष्य पूरा गर्दै कनकाई नगरपालिका जिल्लामा चौथो स्थानमा, गौरीगञ्ज पहिलो

    २०८३ आश्विन १५, बिहीबार ००:१८ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते

    जेई खोप अभियानः ७३ प्रतिशत लक्ष्य पूरा गर्दै कनकाई नगरपालिका जिल्लामा चौथो स्थानमा, गौरीगञ्ज पहिलो

    २०८३ आश्विन १५, बिहीबार ००:१८ गते

    असल बुहारी सहित २३ जनालाई सम्मान गर्दै ज्येष्ठ नागरिक संघ कनकाईको अधिवेशन सहितको साधारण सभा सम्पन्न

    २०८३ आश्विन १३, मंगलवार ११:४३ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.