Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कडेंलद्वारा झापा गाउँपालिका अध्यक्षको उम्मेदवारी फिर्ता
    राजनीति

    कडेंलद्वारा झापा गाउँपालिका अध्यक्षको उम्मेदवारी फिर्ता

    adminBy admin२०७९ बैशाख ९, शुक्रबार ०२:३६ गते2 Mins Read

    कनकाई खबर \ झापा गाउँपालिकामा नेपाली कांग्रेसबाट आसन्न निर्वाचनका लागि अध्यक्ष पदमा शिफारिसमा परेका शिवकुमार कडेंलले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।


    नेका झापा गाउँ समितिले आफूलाई योग्य सम्झी अध्यक्ष पदमा शिफारिस गरेकोमा गाउँ समिति लगायत समस्त कांग्रेसी नेता तथा कार्यकर्ताप्रति कृतज्ञता व्यक्त गर्दै कडेंलले आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् । लोकतन्त्रमा विश्वास गर्नेले पद लिन मात्र होइन, त्याग गर्न र दिन पनि सक्नुपर्ने उनको विचार छ । कडेंलले जेसीज र रोटरी अभियानले आफूलाई अरुको सम्मान प्राप्त गर्न अरुलाई सम्मान गर्न पनि सक्नुपर्ने महान विचार दिएकाले सोही अनुरूप आफूले पार्टीको हितमा, जनताको हितमा र समग्र कार्यकर्ताको एकतामा बल पुगोस् भनी उम्मेदवारी फिर्ता लिएको बताए । आफूभन्दा अनुभवी र अगुवालाई समर्थन गर्दै पार्टीको जीत सुनिश्चित गर्न उम्मेदवारी फिर्ता गरेको कडेंलको तर्क छ ।


    जिल्ला, प्रदेश र केन्द्रीय नेतृत्वलाई पार्टीभित्रको शक्तिसन्तुलन र आकांक्षीको मनोभावनालाई मिलाउन अप्ठेरो परिरहेको पेचिलो अवस्थामा कडेंलले उम्मेदवारी फिर्ता लिएर पार्टी नेतृत्वलाई सहजता प्रदान गरेका छन् । शिफारिसमा परेका सबै आकांक्षीहरू निर्णयको व्यग्र प्रतीक्षामा बसिरहेका अवस्थामा कडेंलले पार्टी भित्र ठूलो त्याग देखाएका छन् ।


    नेपाली कांग्रेस झापा गाउँ समितिले अध्यक्ष पदका लागि बहालवाला अध्यक्ष एवम् नेका झापा क्षेत्र नं. ४ सभापति जयनारायण शाह, झापा गाउँ सभापति सागिरथ गणेश र युवा नेता शिवकुमार कडेंलको नाम शिफारिस गरिएको थियो । विद्यार्थी जीवनमा २०४८ साल देखि नेपाल विद्यार्थी संघ शिवगन्ज माविको सभापति हुँदै क्षेत्र जिल्ला ने. वि. संघ सचिव भएर नेकाको पार्टी राजनीतिमा प्रवेश गरेका कडेल स्पष्ट वक्ता मानिन्छन् । नेपाली कांग्रेसको ११ औ माहाधिवेशनदेखि निरन्तर क्षेत्रीय प्रतिनिधि हुँदै उनले झापा क्षेत्र नं. ४ को सचिव भई राजनीतिक जीवन अघि बढाइरहेका छन् ।

    हाल नेकाको जिल्ला प्रतिनिधि रहेका कडेंलले २०४९ सालमा विद्यार्थी हकहितका लागि शैक्षिक आन्दोलन गर्दा केही दिन बन्दी जीवन बिताएका थिए । जेसीज र रोटरी क्लबको अभियानमा पनि जोडिएका कडेंल विभिन्न सहकारी तथा वित्तीय संस्थामा आबद्ध रहेका छन् । निम्न मध्यम वर्गीय परिवारको खेतीकिसानी पृष्ठभूमिबाट राजनीतिमा उदाएका कडेंल राजनीतिका साथै सामाजिक क्षेत्रमा पनि उत्तिकै सक्रियताका साथ क्रियाशील रहेका छन् । निरन्तर राजनीतिक तथा सामाजिक क्षेत्रमा इमान्दारीका साथ लागीरहने उनले बताए । ।

    कमेन्टस्

    Author

    • admin
      admin

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.